Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

च्छो रोल्पा हिमताल फुट्ने त्रासले स्थानीय त्रसित

दाेलखा, दोलखाको गौरीशंकर वडा १, रोल्वालिङको नागाउँमा भूकम्प र हिउँका कारण स्थानीय त्रसित भएका छन् । भूकम्पका कारण घर, गुम्बा भत्किएको, माथिबाट पहिरो आएपछि र हिउँ परिरहेकोले गुम्बामा पढ्ने विद्यार्थी र स्थानीय समस्यामा परेका हुन् । भूकम्प र पहिरोका कारण एक घण्टामाथि रहेको च्छो रोल्पा हिमताल फुट्ने डरले पनि स्थानीय त्रसित भएको रोल्वालिङ गुम्बा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नउन तेन्जिङ लामाले जानकारी दिए । ‘पहाड टुटेर बस्ने अवस्था छैन । पहिलो आइरहेको छ । हिउँ पनि परिरहेको छ । एक घण्टा पैदल दुरीमा रहेको च्छो रोल्पा हिमताल फुट्ला भन्ने पीर पनि उत्तिकै छ ।’ डरले स्थानीय र विद्यार्थी डाँडामा पाल हालेर बसेको उनले बताए । तर, निरन्तरको हिउँको कारण जनजीवन कष्टकर रहेको छ । \"Chorolpa-400\"   ६० घर धुरी रहेको सो क्षेत्रमा रहेको गुम्बा विद्यालय चर्किएपछि १७ विद्यार्थी दुई शिक्षक, एक गार्ड र एक पहिरो आउने डरले डाडोमा त्रिपाल टागेर बसको उनले बताए । गुम्बा ५ सय वर्ष अगाडि बनेको हो । बस्ने ठाउँ पनि नभएको, हिउँ परिरहेको ले तत्काल विद्यार्थीसहित स्थानीय उद्दार हुनुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयले उद्दारका लागि कुनै पहल नगरेको उनले बताए । स्थानीय युवाहरु भरियाका रुपमा ट्रेकिङ र एभरेस्टतिर गएपछि सो क्षेत्रमा विद्यार्थी र बुढापाका मात्र छन् । भुकम्पको त्रास, हिउँ परिरहेकोले सुरक्षित स्थानमा जान नसकिने अवस्थाले पनि विद्यार्थी र स्थानीयलाई अहिले उद्दार गर्नुपर्ने लामाले बताए । ‘युवाहरु एभरेष्टतिर गएका छन् । उता कति क्षति भयो जानकारी छैन । गाउँमा विद्यार्थी र बुढापाका मात्र छन् । हिउ परिरहेको छ ।’ लामाले भने, ‘स्थानीय मान्छे कसरी बाँच्ने ? खाना के खाने ? गाडी छोडेर दुई दिन हिडेर मात्र पुग्न सकिने ठाउँ छ तर, हिउँ परेकाले जान सकिने स्थिति नै छैन । हेलिकप्टरबाट उद्दार गर्नुपर्ने अवस्था छ ।चार वटा गाविसका विद्यार्थी सुरक्षित छन् तर, कसरी जिम्मा लगाउने समस्या भइरहेको छ ।’ लामाबगर, सिमिमगाउँ, गौरीशंकर, खारे गाविसका विद्यार्थी गुम्बामा रहेको भन्दै उनले विद्यार्थी सुरक्षित रहे पनि तत्काल उद्दार आवश्यक भएको बताए । पिक चढ्ने, टेकिङका लागि यो क्षेत्रका युवाहरु वर्षेनी रोजगारका लागि विदेशीहरुको भरिया र सहयोगीको काम गर्ने गर्दै आएका छन् । वर्षेनी स्थानीय ३०÷ ४० जना यसरी काममा जाने गरेको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: