Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

च्छो रोल्पा हिमताल फुट्ने त्रासले स्थानीय त्रसित

दाेलखा, दोलखाको गौरीशंकर वडा १, रोल्वालिङको नागाउँमा भूकम्प र हिउँका कारण स्थानीय त्रसित भएका छन् । भूकम्पका कारण घर, गुम्बा भत्किएको, माथिबाट पहिरो आएपछि र हिउँ परिरहेकोले गुम्बामा पढ्ने विद्यार्थी र स्थानीय समस्यामा परेका हुन् । भूकम्प र पहिरोका कारण एक घण्टामाथि रहेको च्छो रोल्पा हिमताल फुट्ने डरले पनि स्थानीय त्रसित भएको रोल्वालिङ गुम्बा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नउन तेन्जिङ लामाले जानकारी दिए । ‘पहाड टुटेर बस्ने अवस्था छैन । पहिलो आइरहेको छ । हिउँ पनि परिरहेको छ । एक घण्टा पैदल दुरीमा रहेको च्छो रोल्पा हिमताल फुट्ला भन्ने पीर पनि उत्तिकै छ ।’ डरले स्थानीय र विद्यार्थी डाँडामा पाल हालेर बसेको उनले बताए । तर, निरन्तरको हिउँको कारण जनजीवन कष्टकर रहेको छ । \"Chorolpa-400\"   ६० घर धुरी रहेको सो क्षेत्रमा रहेको गुम्बा विद्यालय चर्किएपछि १७ विद्यार्थी दुई शिक्षक, एक गार्ड र एक पहिरो आउने डरले डाडोमा त्रिपाल टागेर बसको उनले बताए । गुम्बा ५ सय वर्ष अगाडि बनेको हो । बस्ने ठाउँ पनि नभएको, हिउँ परिरहेको ले तत्काल विद्यार्थीसहित स्थानीय उद्दार हुनुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयले उद्दारका लागि कुनै पहल नगरेको उनले बताए । स्थानीय युवाहरु भरियाका रुपमा ट्रेकिङ र एभरेस्टतिर गएपछि सो क्षेत्रमा विद्यार्थी र बुढापाका मात्र छन् । भुकम्पको त्रास, हिउँ परिरहेकोले सुरक्षित स्थानमा जान नसकिने अवस्थाले पनि विद्यार्थी र स्थानीयलाई अहिले उद्दार गर्नुपर्ने लामाले बताए । ‘युवाहरु एभरेष्टतिर गएका छन् । उता कति क्षति भयो जानकारी छैन । गाउँमा विद्यार्थी र बुढापाका मात्र छन् । हिउ परिरहेको छ ।’ लामाले भने, ‘स्थानीय मान्छे कसरी बाँच्ने ? खाना के खाने ? गाडी छोडेर दुई दिन हिडेर मात्र पुग्न सकिने ठाउँ छ तर, हिउँ परेकाले जान सकिने स्थिति नै छैन । हेलिकप्टरबाट उद्दार गर्नुपर्ने अवस्था छ ।चार वटा गाविसका विद्यार्थी सुरक्षित छन् तर, कसरी जिम्मा लगाउने समस्या भइरहेको छ ।’ लामाबगर, सिमिमगाउँ, गौरीशंकर, खारे गाविसका विद्यार्थी गुम्बामा रहेको भन्दै उनले विद्यार्थी सुरक्षित रहे पनि तत्काल उद्दार आवश्यक भएको बताए । पिक चढ्ने, टेकिङका लागि यो क्षेत्रका युवाहरु वर्षेनी रोजगारका लागि विदेशीहरुको भरिया र सहयोगीको काम गर्ने गर्दै आएका छन् । वर्षेनी स्थानीय ३०÷ ४० जना यसरी काममा जाने गरेको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending