Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार २६ पुग्यो

काठमाडौँ, प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार अपराह्न ४ बजे प्रेषित गरेको विवरणअनुसार विनाशकारी महाभूकम्पका कारण ५०२६ जनाको ज्यान गुम्नुका साथै १०२२७ जना घाइते भएकाे जनाएकाे छ । प्रहरी प्रधान कार्यालयले जनाएअनुसार बुधबार अपराह्न ४ बजेसम्म उपत्यकाको काठमाडौंमा १०३४, भक्तपुरमा २५६ र ललितपुरमा १६८ जनाको ज्यान गुमेको छ भने काठमाडौंमा २४००, भक्तपुरमा १८८६ र ललितपुरमा १०९० जना घाइते भएका छन् । यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३१०२, पश्चिम क्षेत्रमा ४१३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३४८४, पश्चिम क्षेत्रमा ११३० र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् । साथै उल्लेखित संख्यामा काठमाडौंमा ९, सोलुखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना ज्यान गुमाएका तथा २२ जना घाइते भएका पर्यटकको संख्यासमेत समावेश गरिएको छ । हालसम्म काठमाडौंमा ९५२, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २९८८, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ४६०९ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।भूकम्पबाट भएको यसअघि २०७२ वैशाख १६ गते दिउँसाे १२ बजेसम्म प्राप्त मानवीय क्षतिकाे जिल्लागत विवरणः मृतक - ५,०२० , घाइते ७,६२४ उपत्यका - मृतक - १४५६ घाइते - २४३८ (अन्य डिस्चार्ज गरिएको) काठमाडौ - १०३४ ललितपुर - १६९ भक्तपुर - २५३ पूर्व क्षेत्र - मृतक - ५१ घाइते - २५८ भोजपुर - २ सुनसरी - ७ सोलु - २२ ओखलढुंगा - १७ ताप्लेजुंग - १ मोरङ् - २ मध्य क्षेत्र - मृतक ३०९८ घाइते ३७७७ रामेछाप - २४ सिन्धुपाल्चोक - १३७६ धनुषा - १ मकवानपुर - ३४ रसुवा - ३०२ दोलखा - ५४ चितवन - ६ नुवाकोट - ६३८ धादिङ - ३६९ सिन्धुली - ९ बारा - ५ पर्सा - ५ सर्लाही - १ रौतहट - १ काभ्रे - २७३ पश्चिम क्षेत्र - मृतक ४१३ घाइते ११३० गोरखा - ४०५ कास्की - २ नवलपरासी - १ तनहु - १ लमजुङ्ग - ४ मध्य पश्चिम क्षेत्र - मृतक २ घाइते २१ रोल्पा - १ रुकुम - १
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy