Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

भूकम्पमा परी मृत्यु हुनेको संख्या ५ हजार २६ पुग्यो

काठमाडौँ, प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी समाचार कक्षले बुधबार अपराह्न ४ बजे प्रेषित गरेको विवरणअनुसार विनाशकारी महाभूकम्पका कारण ५०२६ जनाको ज्यान गुम्नुका साथै १०२२७ जना घाइते भएकाे जनाएकाे छ । प्रहरी प्रधान कार्यालयले जनाएअनुसार बुधबार अपराह्न ४ बजेसम्म उपत्यकाको काठमाडौंमा १०३४, भक्तपुरमा २५६ र ललितपुरमा १६८ जनाको ज्यान गुमेको छ भने काठमाडौंमा २४००, भक्तपुरमा १८८६ र ललितपुरमा १०९० जना घाइते भएका छन् । यसैगरी पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३१०२, पश्चिम क्षेत्रमा ४१३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २१६, मध्यक्षेत्रमा ३४८४, पश्चिम क्षेत्रमा ११३० र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् । साथै उल्लेखित संख्यामा काठमाडौंमा ९, सोलुखुम्बुमा ७, मकवानपुरमा १ जना गरी १७ जना ज्यान गुमाएका तथा २२ जना घाइते भएका पर्यटकको संख्यासमेत समावेश गरिएको छ । हालसम्म काठमाडौंमा ९५२, भक्तपुरमा २५०, ललितपुरमा १५९, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा २९८८, पश्चिम क्षेत्रमा २२९ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ४६०९ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ ।भूकम्पबाट भएको यसअघि २०७२ वैशाख १६ गते दिउँसाे १२ बजेसम्म प्राप्त मानवीय क्षतिकाे जिल्लागत विवरणः मृतक - ५,०२० , घाइते ७,६२४ उपत्यका - मृतक - १४५६ घाइते - २४३८ (अन्य डिस्चार्ज गरिएको) काठमाडौ - १०३४ ललितपुर - १६९ भक्तपुर - २५३ पूर्व क्षेत्र - मृतक - ५१ घाइते - २५८ भोजपुर - २ सुनसरी - ७ सोलु - २२ ओखलढुंगा - १७ ताप्लेजुंग - १ मोरङ् - २ मध्य क्षेत्र - मृतक ३०९८ घाइते ३७७७ रामेछाप - २४ सिन्धुपाल्चोक - १३७६ धनुषा - १ मकवानपुर - ३४ रसुवा - ३०२ दोलखा - ५४ चितवन - ६ नुवाकोट - ६३८ धादिङ - ३६९ सिन्धुली - ९ बारा - ५ पर्सा - ५ सर्लाही - १ रौतहट - १ काभ्रे - २७३ पश्चिम क्षेत्र - मृतक ४१३ घाइते ११३० गोरखा - ४०५ कास्की - २ नवलपरासी - १ तनहु - १ लमजुङ्ग - ४ मध्य पश्चिम क्षेत्र - मृतक २ घाइते २१ रोल्पा - १ रुकुम - १
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: