Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

उद्धार हुन नसक्दा बारपाकका सामान्य घाइतेको पनि मृत्यु हुने क्रम बढ्यो

गोरखा बजार, गोरखाको बारपाक भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर शनिबार गएको विनाशकारी भूकम्पका कारण गम्भीर घाइते भएका उत्तरी गोरखाका विभिन्न गाविसका घाइतेको अझै उद्धार हुन सकेको छैन । भूकम्प गएको चार दिन बितिसक्दा पनि सरकारले गम्भीर प्रकृतिका घाइतेहरुको उद्धार नगरेको हो । अधिकांश ठाउँमा मौसम प्रतिकूल (कुहिरो लागेको) हुँदा हेलिकप्टरबाट घाइतेको उद्धारमा कठिनाइ भएको छ । दुर्गम भेगका विभिन्न ठाउँ गरी २६ ठाउँबाट बुधबार घाइतेको उद्धार गर्ने तयारी गरिएको बताइएकाे छ । केरौंजा गाविसको रुन्चेत र दोभान, सिम्जुङ गाविसको पात्ले, आरुआर्वाङ गाविसको कल्लेरी, सौरपानी गाविसको रञ्चोक भञ्ज्याङ्, लापु गाविसको लापुवेशी र भीरुकुना, छेकम्पार गाविसस्थित चुम भ्याली, उहियाँ गाविसको खोर्ला र उहियाँ गाउँ, गुम्दा गाविसको माछाखोला र सिङ्ला गाउँमा रहेका घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न लागिएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । उत्तरी भेगका बिभिन्न गाउँमा अहिले करिब दुईसयजना घाइते हेलिकोप्टरको पर्खाइमा रहेको गोरखा क्षेत्र नं। ३ बाट जननिर्वाचित सभासद् छमबहादुर गुरुङले बताए । उत्तरी भेग पुग्ने पैदलमार्ग पहिरोले भत्काएकाले सामान्य प्रकृतिका घाइतेको उद्धार गर्न नसकिएको हो । भूकम्प गएको चार दिन वितिसक्दा पनि घाइतेको उद्धार नहुँदा सामान्य घाइतेको पनि मृत्यु हुन सुरु गरेको छ । भोकमरीले गर्दा घाइतेहरुको मृत्यु भएको छ । आरुआर्वाङ र सौरपानी गाविसका एकजनाको हिजो मृत्यु भएको थियो । उमाकुमारी खड्का र च्याङी गुरुङको मृत्यु भएको हो । उक्त क्षेत्रमा गोरखा जेसिजले राहत सामग्री पु¥याएर वितरण गरेको छ । त्यस्तै, बारपाक गाविस–१ स्थित गाउँमा झाडापखालाले गर्दा बालबालिका प्रभावित भएका छन् । उनीहरुलाई आवश्यक औषधि लगिएको छ । उत्तरी गोरखामा खानेपानीको पनि समस्या भएको छ । पानीका स्रोत दबिएपछि खानेपानीको अभाव भएको छ । हेलिकोप्टर पुगेका गाउँमा मिनरल वाटर पु¥याइएको छ । दालमोठ, चिउरा, त्रिपाललगायत सामग्री पठाइएको जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रेमराज गिरीले जानकारी दिए । त्रिपाल नहुँदा राहत वितरणमा समस्या देखिएको छ । गोरखा क्षेत्र नं. १ र २ का गाविसका स्थानीयवासीले त्रिपालको माग गरेका छन् । ६६ हजार घरधुरी रहेको गोरखामा करिब ५८ हजार घरधुरी भूकम्पले भत्काएको छ । घामपानीको सामना गर्दै भूकम्पपीडित खुला आकाशमुनि बसेका छन् । सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गलाई खुला आकाशमुनि बस्न असहज भएको छ । अहिलेसम्म गोरखामा भूकम्पबाट चारसय जनाले ज्यान गुमाएको जानकारी आएको छ । त्यसमध्ये ३९१ जनाको सनाखत भएको प्रहरी नायव उपरीक्षक अर्जुन चन्द ठकुरीले बताए । भूकम्पले एकसय भन्दा बढी विद्यालय भवन भत्काएको छ । त्यस्तै, २५ वटा प्रहरी चौकी पनि भूकम्पले ध्वस्त बनाएको छ । गोरखा दरबार, मनकामना मन्दिर जस्ता ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा ध्वस्त भएका छन् । मनास्लु पदमार्गको विभिन्न खण्डमा माथिबाट खसेको पहाडको ढिस्कोले पर्यटकहरुको मृत्यु भएको छ । लापुको भीरकुनामा छजना पर्यटकका शव भेटिएका छन् । ती शव व्यवस्थापनको काम भएको छैन । जिल्लाभर भूकम्पले गर्दा ज्यान गुमाएकाका शवलाई व्यवस्थापनमा ढिलाइ हुँदा महामारीको जोखिम बढेको छ । लाप्राक, केरौँजा, काशीगाउँ, मान्वु, बारपाकलगायत गाउँबाट अहिलेसम्म २५० जना घाइतेको उद्धार गरिएको छ । उनीहरुलाई जिल्ला अस्पताल गोरखा र पोखराका विभिन्न अस्पतालमा उपचार गरिएको छ । गोरखाको जिल्ला अस्पताल गोरखामा अहिले देशका विभिन्न ठाउँबाट आएका डाक्टरहरुले बिरामीको उपचार गरिरहेका छन् । ५० शैय्याको अस्पतालभित्र घाइते नअटेपछि अस्पताल प्राङ्गणमा राखेर घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ । राहत सङ्कलन अभियान तीव्र रुपमा अघि बढेको छ । व्यक्तिगत र संस्थागत रुपमा सङ्कलन भएको राहत गाउँगाउँमा पठाउने तयारी गरिएको छ । उत्तरका १८ गाविसमा राहत पठाउन नसकिएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । गोरखाको आरुघाट, बालुवाजस्ता ठाउँमा राहत सङ्कलन उपकेन्द्र विस्तार गरेर राहत वितरण गरिने तयारी गरिएको छ । साठी गाविसका सचिवलाई गाउँ पठाइएको छ । लाशको मुचुल्का गर्न र गाविसमा राहत वितरणका लागि सहज बनाउन भन्दै सचिवलाई गाउँ पठाइएको हो । उत्तरी भेगका सचिव राहत लिएर मात्रै गाउँ जाने भन्दै हेलिकोप्टरको पर्खाइमा छन् । सिर्दिवास, बिही, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत, सामागाउँलगायतका गाविसमा रहेका घाइते तथा भूकम्प प्रभावितलाई राहत पु¥याउन सकिएको छैन । गोरखा नगरपालिकाका विभिन्न वडाका लागि चिनियाँ सरकारले पठाएको राहत सामग्री बाँडिएको छ । गोरखा नगरपालिकाभित्र रहेका आठ हजार घरधुरीमध्ये चार हजार घरधुरी भूकम्पले भत्काएको छ । उनीहरुलाई त्रिपाल वितरण गर्न सकिएको छैन । राहत वितरणमा राजनीतिकरण गरिएको भन्दै भूकम्पपीडितले जिल्ला विकास समितिहलमा विरोध गरेका छन् । अहिले जिविस प्रवेशका लागि पास लगाइएको छ । भूकम्पपीडितलाई जिबिसको गेटबाहिर राखिएको छ । राहत सङ्कलन र वितरण अभियानमा सयौँको सङ्ख्यामा रहेका गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि खटिएका छन् । छोप्राक, बुङ्कोटलगायतका ठाउँमा राहत सामग्री पठाइएको छ । १० बोरा चिउरा, १०० थान त्रिपाल र चाउचाउ पठाएको समितिले जनाएको छ । राहत सङ्कलनसँगै औषधि पनि सङ्कलन गरिएको छ । विभिन्न जिल्लाबाट, भारतको उत्तर प्रदेश सरकारले पठाएको औषधिका तीनवटा गाडी सदरमुकाम आइपुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधि भण्डारण गरिएको छ । साठी गाविस र दुई नगरपालिकामा औषधि पठाउने तयारी गरिएको छ । सडक सञ्जाल पुगेका ठाउँमा गाडी मार्फत र दुर्गममा हेलिकोप्टरमार्फत् औषधि ढुवानी गर्न लागिएको हो । मनास्लु पदमार्गमा खसेका पहिरो हटाउने कार्य सुरु गरिएको छ । मुख्य सचिव लीलामणि पौडेलसँग समन्वय गरेर गोरखाका प्रमुख जिल्ला अधिकारी तिमल्सेनाले पदमार्ग खुलाउने प्रक्रिया अघि बढाएका छन् । खच्चडमार्फत् उत्तरी गोरखामा खाद्यान्न ढुवानीका लागि मनास्लु पदमार्गमा रहेको पहिरो हटाउन लागिएको हो । थुमी गाविसको आर्खेतबजारदेखि सामागाउँसम्म करिब एक हजार ठाउँमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । प्रारम्भिक जानकारीअनुसार सयौंको सङ्ख्यामा खच्चड मरेका छन् । खाद्यान्न लिएर उत्तरी गोरखा गएका खच्चड र गोठाला माथिबाट झरेको पहिरोले गर्दा बाटोमै मरेका छन् । मनलाग्दी हेलिकोप्टर उडान हुँदा घाइतेको उद्धारमा समस्या भएको छ । प्रजिअको नियन्त्रणमा हेलिकोप्टर नहुँदा समस्या भएको हो । गृह मन्त्रालयले केन्द्रबाट तोकेको ठाउँमा हेलिकोप्टर पठाउने र पठाएको गाउँमा घाइते नहुँदा रित्तै हेलिकोप्टर फर्केको छ । हेलिकोप्टरको दुरुपयोगसमेत भएको पाइएको छ । भारतीय वायुसेना निगमको हेलिकोप्टर सदरमुकामको ठूलो चौरमा पनि अवतरण गर्न सकेको छैन । १५/२० सिट भएको हेलिकोप्टर उपलब्ध भएमा उत्तरी भेगबाट घाइते ल्याउन सहज हुने अवस्था देखिएको छ । चारसिटे हेलिकोप्टरले घाइतेको उद्धारमा ढिलाइ भएको छ । ठूला हेलिकोप्टर उत्तरी भेगमा अवतरण गर्न सकेका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy