Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

दशौँ लाखको राहत सङ्कलनः गोर्खा र सिन्धुपाल्चोकमा सहयोग पठाइँदै

चितवन, चितवनका व्यवसायी, विभिन्न सङ्घ संस्थाले राहत सङ्कलन तीव्र पारेका छन् । १० औँ लाख रुपैयाँका राहत सामग्री र नगद सङ्कलन भइरहेको छ । चितवनको नारायणगढका युवा होटल व्यवसायी, उद्योगी तथा फेन्सी व्यवसायीले आज ठूलो परिमाणमा खाद्य सामग्री र टेन्ट गोर्खाका भूकम्प पीडितको सहयोगका लागि गोर्खा पठाएका छन् । युवा व्यवसायीले स्थानीयस्तरमै स्वतस्फूर्त  रुपमा सङ्कलन गरेर करिब रु चार लाख बराबरको खाद्य सामग्री आज गोर्खा पठाइएको व्यवसायी विनोद सुवेदीले बताए । उनीहरुले १५ क्वीन्टल चिउरा, तीन क्वीन्टल दालमोठ, पाँच क्वीन्टल भुजा तथा १५० पिस त्रिपाल गोर्खाका भूकम्प पीडितका लागि पठाएका हुन् । यस्तै, बिस्कुट र चाउचाउ गरी १२ हजार प्याकेट तथा पानी ५०० बोतल पठाइएको राम मिष्ठान्न भण्डारका सञ्चालक रामप्रसाद सुवेदीले बताए । उद्योग वाणिज्य सङ्घ चितवनले आजसम्म कुल रु पाँच लाख सहयोग रकम सङ्कलन गरेको सङ्घका कार्यकारी निर्देशक रसिक प्रधानले बताए । आज पनि लाखौँको सहयोग सङ्कलन हुने उनको भनाई छ । यस्तै चितवनको केरा व्यवसायी समितिले रु एक लाख रकम सहयोग गरेको सङ्घका निवर्तमान अध्यक्ष यज्ञ सुवेदीले जानकारी दिए । चितवनमा क्षति कम भएकाले सङ्कलित राहत सामग्री गोर्खा र सिन्धुपाल्चोक पठाउने क्रम पनि जिल्लामा जारी छ । हक्स बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य गुणचन्द्र विष्टले रु चार लाख ५० हजार रकमको राहत सामग्री सिन्धुपाल्चोकका भूकम्प पीडितको सहयोग गर्ने घोषणा गरेको अध्यक्ष दिनेशकुमार चुकेले बताए । यस्तै, कुखुरा व्यवसायी मञ्चले पनि आज एक विज्ञप्ति जारी गरी रु पाँच लाख ५५ हजार राहत सहयोगको घोषणा गरेको छ । अण्डा उत्पादक सङ्घले पनि रु ११ लाख भन्दा बढी रकम सहयोगको घोषणा गरेको कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले बताए । यस्तै, निर्माण व्यवसायी सङ्घले करिब रु चार लाख मूल्य बराबरको राहत सामग्री जिल्ला विपद व्यवस्थापन समिति चितवनमार्फत सहयोग गरेको समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy