Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

चार बर्ष देखि साउदी जेलमा रहेका थानेश्वरलार्इ सहयोग गरिदिन परिवारको अपिल

\"\"ब्लडमनि तिर्न नसक्दा बिगत चार बर्ष देखि साउदि अरबको जेलमा जेल जिबन बिताइरहेका नवलपरासीका थानेश्वर भुसालको जीवन रक्षा गरिदिन परिवारले सबैलाई अपिल गरेका छन । रोजगारीका लागि चार बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिय । कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो । दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो । उनी आफै गम्भिर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल अहिले साउदीको जेलमा नारकीय जीवन बिताईरहेका छन् । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाए पछी सो अनुसारको रकम तिर्न नसक्दा भुसाल हाल सम्म जेलमा रहेका छन । २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घट्नामा परेका थिए । लामो समयदेखि साउदी जेलमा रहेका भुसाललाई सहयोग गरि जीवन बचाउन उनका परिवारले अनुरोध गरेका छन भने यता भुसालको जिवन रक्षाका लागी यूएईबाट नवलपरासी सेवा समाज यूएईले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । यस्तै भुसाललाई जेलमुक्त गर्ने अभियानमा साउदी अरबस्थित नवलपरासी प्रवासी मंचले रकम संकलन गरीरहेको र हाल सम्म १२ हजार ५०० साउदी रियल जम्मा भएको राज भण्डारीले जानकारी दिएका छन । जापानस्थित नवलपरासी समाजले पनी उक्त अभियान तिव्ररुपले संचालन गरीरहेको समाजका सल्लाहाकार नेत्र नारायण थनेतले बताए । केही समय अघि काठमाण्डौंमा सम्पन्न गैर आवासिय अंतराष्ट्रिय समन्वय समिती (एनआरएन) को बैठकले भुसालको जिवन रक्षाका लागी १२ लाख ५० हजार दिने निर्णय गरीसकेको एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन । नवलपरासीको मध्यबिन्दु नगरपालिकामा समेत भुसालको जीवन रक्षाका लागि रकम संकलन भैरहेको छ । नेपालमा प्रवासी नेपाली समन्वय समिति (पि एन सि सि )ले देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालीलाई सहयोगको अपील गरेको छ ।पिएनसीसीले बिश्वोभरका सहयोगीहरूलाई सहजताका लागि ग्लोबल आईएमी बैंक अनामनगर शाखा, काठमाण्डौं खाता न. ३९०१०१००००४०९ मा सिधा रकम जम्मा गर्न सकिने ब्यवस्था मिलाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy