Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, विश्वमा चिन्ता

\"\"सोल । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो । विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङ्यानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ । सो क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको पनि जनाइएको छ । उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो । यो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो । यो क्षेप्यास्त्र यसअघि जस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । उक्त क्षेप्यास्त्रले पार गरेको दूरीको बारेमा केही बताइएको छैन । तर पनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास उसले गरिरहेकोले यस पटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् । यसअघि गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो । उसले यो वर्षको जुलाई महिनामा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापी रुपमा नै तनाव बढिरहँदा यो फेरि अर्को क्षेप्यास्त्र हानेको छ । यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् । यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । उक्त घटनाको विश्वव्यापी रुपमा नै विरोध भएको थियो । त्यस लगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परिक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो । विश्वमा चिन्ता उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वब्यापी रुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ । केही समयमात्र अघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनी समेत दिप्स्फ़ थिए । एकातार्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ भने तर चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन । चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ । यसरी आणविक परीक्षणहरुको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ । विश्लेषकहरुले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies