Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

उद्धारकार्य : भारतीयहरुको काम कम, प्रचार बढी

काठमाडौं, महाभूकम्पबाट पीडितहरुलाई उद्धारका लागि भनेर भारत सरकारले लिएको पहलको प्रारम्भिक दिनहरुमा जति प्रशंसा गरियो, त्यसको विपरीत पछिल्ला दिनहरुमा भारतका गतिविधिहरु त्यति नै विरोधाभाषी र शंकास्पद देखिँदै गएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंह तथा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुप, जहाँ भारतले आफ्ना नागरिकको उद्धार गर्न उत्तर प्रदेशबाट ‘उत्तर प्रदेश परिवहन’ का ‘रोडवेज बस’ हरु पठाएको बताउँछन्, त्यहीँ भारतीय मिडिया तथा नेपालस्थित भारतीय दूतावास ती बसहरु नेपालीहरुको उद्धारमा आएको बताउँछन् । भारतीय वायुसेनाका ४ वटा सी– १७ विमान तथा ८ वटा एम– १७ विमान नेपालमा आफ्ना नागरिक लिन पठाएको छ तर भारती अधिकारीहरु नेपालीको उद्धारमा ठूलो गुन लगाइएको भन्दै भारतीय सञ्चार माध्यमबाट प्रचार गरिरहेका छन् । तर, नेपाली प्रसाशन तथा राज्य भने मूकदर्शक बनेर बसिरहेका छन् । भारतद्वारा झन्डै तीन सयको संख्यामा भारतीय पत्रकारहरुलाई प्रत्यक्ष प्रशारण गर्न लगाएर ‘नेपाल भारतको प्रान्त’ भएको र भारतले नेपाललाई सहयोग जारी नराखे नेपालले आफुलाई ‘सर्भाइभ’ गर्न नसक्ने मानसिकता विकास गर्नमा भूमिका खेल्न लगाइएको छ । यति मात्र नभएर भारतीय सेनाका एम– १७ विमानहरु उद्धारकार्यमाभन्दा भारतीय पत्रकार बोकेर रसुवाको चीनसँग जोडिएको सीमाना हुँदै सगरमाथा आधार शिविरसम्म पु¥याइरहेका छन् । तर, प्रचारमा भने आफ्ना सेनाले अमेरिका, पोल्यान्ड, स्पेन, चेक रिपब्लिकलगायतका १५ मुलुकका १ सय ७० जना विदेशीलाई उद्धार गर्न भ्याएको प्रचार गरिरहेका छन् । बीबीसी हिन्दी सेवाले भारतका विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले गरेको ट्वीटलाई आधार बनाएर समाचार लेखेको छ, जसमा भारतले १ सय ७० जनाको उद्धार गरेको उल्लेख गरेका छन् । भारतीय मिडियाहरुले उद्धारको नाममा नेपाल भारतको प्रान्त भएको मानसिकतालाई बलियो गरी स्थापित गर्न भूमिका खेलिरहेका छन् । जसका उदाहरण भारतीय समाचार च्यानलहरुमा स्पष्ट देख्न सकिन्छ । \"BBC\"जबकि वास्तविकता भारतीय वायुसेनाका विमानहरु भारतीय पत्रकारहरु लिएर गृह मन्त्रालय तथा नेपाली सेनासँग विनासमन्वय भूकम्पबाट प्रभावित ठाँउहरुभन्दा अन्यत्रै गई आफू अनुकूलका काम गरिरहेका छन् । नेपालको पूरै राज्यसंयन्त्र अहिले भूकम्पद्वारा सिर्जित क्षतिको उद्धार कार्यमा लागिरहेको समयमा भारतीय सरकारले उद्धारको नाममा आफ्ना ‘हिडेन एजेन्डा’ पूरा गर्दैछ भन्ने आशंकालाई थप बल प्रदान गरेको छ । नेपाली सेनाको उच्च स्रोतका अनुसार भारतीय सेनालाई रोक्ने विषयमा कुनै ठोस कदम चाल्न सकिएको छैन । भारतीय सरकार अहिले कुनै पनि हालतमा विदेशी सहयोग भारतभन्दा धेरै नहोस् भन्ने चाहन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा लामो समयदेखि काम गरिरहेका विज्ञहरुका अनुसार भारतले नेपालमा मुख्यतः चीनको बढ्दो प्रभावलाई रोक्न चाहन्छ र उद्धारका नाममा भारतले यसलाई धेरै उपयोग गरेको उनीहरुको बुझाइ छ । उद्धार कार्यमा सहयोग गर्नु बेठीक होइन तर यसको आडमा आफ्ना निहित स्वार्थ पूरा गर्ने विदेशीको अभिस्टलाई बेलैमा रोक्ने सक्षमता नदेखाउनु आफ्नो कमजोरी भएको नेपालका उच्च सुरक्षा अधिकारीहरु औल्याउँछन् । भारतीय सरकार र सेनाका गतिविधिहरुलाई नियन्त्रित र रेगुलेट गर्ने विधिको विकास गर्नुमा नै नेपालको भलाइ रहेको उनीहरुको बुझाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy