Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सिन्धुपाल्चोकका दर्जनभन्दा बढी गाविसमा अझै कोही पुगेन

सिन्धुपाल्चोक, महाकुभम्पको सबैभन्दा ठुलो मारमा परेको सिन्धुपाल्चोकका दर्जन बढी गाविसमा आजसम्म कोही पुगेको छैन । जिल्लाका उत्तरी भेग अन्तर्गतका गुम्बा, पाङताङ, गोल्चे, बराम्चे, इचोक, भोताङ लगायतका गाविसहरुका बारेमा अझै स्थिति बेखबर जस्तै छ । बाटाघाटाहरु भत्किएको र मानिसहरुको सहज पहुँच समेत नरहेपश्चात काठमाडौंका रहेका आफन्तहरु मात्रै ति गाविसमा बल्लतल्ल पुगेका छन् । गुम्बा पुगेर काठमाडौं फर्किएका फुलमान तामांगले गुम्बा गाविसमा मात्रै दर्जनौंको हतातहती भएको खबरडबलीलाई बताए । खबरडबलीले माथि उल्लेखित गाविसहरुका बारेमा सदरमुकाम सिन्धुपाल्चोकको प्रहरीमा सम्पर्क गर्दा थाहा नभएको जवाफ आयो । केही गाविसहरुमा प्रहरी चौकीका प्रहरीहरुसँग भुकम्पको दोस्रो दिनसम्म सम्पर्क भएपनि त्यसपछि अवस्था थाहा हुन सकेको छैन । उद्धार कार्यमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु लागेपनि एकिकृत नेकपा माओवादीका अग्नी सापकोटाले बाहेक अरु दलका नेताहरु आआफ्ना क्षेत्र र गाउँमा मात्रै केन्द्रित छन् । एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष माधव सापकोटा, जिल्लाका एमाओवादी नेताहरु युवराज दुलाल, सरल सहयात्री लगायतका युवा नेताहरु उद्धारमा सक्रिय रहेपनि साधन स्रोतको अभावमा प्रभावकारी हुन सकेको छैन । जिल्ला अध्यक्ष माधव सापकोटाका अनुसार एमाओवादीको पहल मात्रै करिब २ सयपटक अति प्रभावित क्षेत्रहरुबाट हेलीपक्टरले घाइतेहरुलाई ओसारी सकेपनि कयौंन गाविसहरुमा अझै पूग्न नसकेको बताए । सापकोटाका अनुसार दुर्गम गाविसहरुमा आफ्ना कार्यकर्ता उद्धारमा पठाइएको छ । तर टेलिफोन नचलेका कारण ति क्षेत्रहरुमा के भइरहेको छ भन्ने कुराको जानकारी आएको छैन । सिन्धुपाल्चोकमा आजसम्म पनि टेलिफोन तथा बिजुलि छैन । जसका कारण कहाँ कति क्षति भएको हो र अवस्था कस्तो छ भनेर एकिन गर्न सकिने अवस्था छैन । जिल्लामा जिल्ला प्रशासन अधिकृतले आफ्नो जिम्मेवारी निर्वाहा नगर्दा अर्को समस्या देखिएको हो । उनलाई अहिले काठमाडौं तानिइसकिएपनि अर्का अधिकृत पठाइसकिएको छैन । जिल्लाको १ नं. क्षेत्रमा सडक यातायात अवरुद्ध छ भने व्यापारिक नाका तातोपानि लगायतका क्षेत्रमा सबैभन्दा ठुलो क्षति भएको छ । ति क्षेत्रहरुमा सडक खुलाउन सहयोग गर्ने बताएकोे मित्रराष्ट चिनलाई नेपाल सरकारका तर्फबाट आजसम्म पनि अनुमति नदिएका कारण झन सम्स्या बढ्दो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: