Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

चीनको उद्धार प्रस्ताव किन मानेनन् गृहमन्त्रीले ?

काठमाडौं, नेपाल सरकारले महाभूकम्पमा चीनको अत्यावश्यक सहयोग पनि लिन नचाहेको तथ्य एकपछि अर्कोगरी खुल्दै जान थालेको छ । मित्रराष्ट्र चीनले भुकम्पले सबैभन्दा ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकमाको अबरुद्ध अरनीकाे राजमार्ग २४ घण्टाभित्र खुलाउने र छिमेकी जिल्लाका विकट गाविसहरुबाट साना हेलिकप्टर प्रयोग गरी घाइतेहरुको उद्धार गर्ने प्रस्तावलाई गृहमन्त्री वामदेब गौतमले सुनेको नसुन्यै गरेको तीनदिन बितेपछि यस्तो रहस्य सार्वजनिक भएको हो । भारतीय हेलि तथा एयरफोर्स बिना अनुमति नेपाल भित्रिएको र भारतीय पत्रकार बोक्न हेलिकप्टर दुरुपयोग भइरहेको सन्दर्भमा चीनले गरेको प्रस्तावलाई सरकार तथा गृहले वेवास्ता गर्नुको रहस्य एकपछि अर्को गरी खुल्दै जानेछ । तर सिन्धुपाल्चोकका राजनीतिक दलका नेताहरुले भने यस्तो वेवास्ताप्रति गृहमन्त्री वामदेवलाई भेटेर आपत्ति जनाएका छन् । स्रोतहरुका अनुसार चीनलाई प्रभावकारी काम गर्न नदिन भारतीयहरुको भुमिका छ । भारत नेपालमाथिको आफ्नो एकपक्षीय वर्चश्व चीनतिर नबाँडियोस् भन्नेमा छ । यहि भारतीय चासो र दबाबमा परेर चीनको प्रस्तावलाई सरकार तथा गृहले वेवास्ता गरेको सिन्धुपाल्चोकका राजनीतिक नेताहरुको बुझाई छ । अरनीको राजमार्ग मात्रै सुचारु हुँदासमेत सिन्धुपाल्चोकका अति प्रभावित तातोपानी, फुल्पिङकट्टी, लिस्ती, घुम्थाङ लगायतका १५ गाविसहरुमा यातायत सुचारु हुन्थ्यो । जसले गर्दा त्यहाँका घाइते काठमाडौं ल्याउनसमेत यातायात प्रयोगमा आउथ्यो र राहत सामाग्री सहजै ती स्थानहरुमा पुर्याउन तथा खासाबाट त्रिपाल, कम्मललगायतका अति आवश्यक राहत साम्रागी ढुवानी गर्न सकिन्थ्यो । ती सामाग्रीहरु देशव्यापी पठाउन तथा वितरणमा सहयोग हुन्थ्यो । अहिले काठमाडौं लगायतका मुख्य सहरहरुमा त्रिपाल तथा कम्मलहरु सकिएका छन् । आउने मुख्य नाका खासा बन्द छ । माथि र सरकारी निकायमा जे जस्ता चासो र भुमिका भएपनि सरकार तथा गृहको लापरवाहीका कारण सिन्धुपाल्चोकले बेलैमा राहत तथा उद्धार पाएन र थप केही घाइतेहरुको जीवन जोखिममा पर्न गयो । सरकार तथा गृहले छिमेकीको चासो र स्वार्थभन्दा पनि हाम्रा जनता र घाइतेहरुको हितमा किन नसोचेको ? यसको जवाफ गृहले एकदिन दिनै पर्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE