Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

‘शनिबारको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अबका दिन जाँदैन’

काठमाडौँ, भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् । सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्ने उन्ीहरुको मत छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावना नरहेको विज्ञहरुले जानकारी दिए । नास्टका सहप्राज्ञ डा रञ्जनकुमार दाहालले नास्टले अन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारी दिए । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबार अपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएको उनले जानकारी दिए । सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहन पनि आग्रह गरे । भूकम्पले घिचिक घिचिक पार्नसक्छ यस्तो अवस्थामा नआत्तिई बस्न उनले सुझाव दिए । चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिए । भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएका ठाउँमा नजान सुझाव दिँदै उनले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावना नरहेको स्पष्ट पारे । अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पको सम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताए । उनका अनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो । चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारी आउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिए । उनले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेर पिउन र खाना खानुअघि हात धुन सुझाव दिए । चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिए । सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्म दिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोले पुर्न सुझाव दिए । उनले पानी र खानाका कारण रोग आउने हुँदा ती दुई वस्तुमा विशेष ध्यान दिनुपर्छ भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy