किन आए भारतीय उच्चाधिकारी सहितकाे टाेली काठमाडौं ?
बैशाख १८ गते, २०७२ शुक्रवार 1st May, 2015 Fri११:३६:२१ मा प्रकाशित
काठमाडौं, शनिबार गएको महाभूकम्पको विपत्तिबाट नेपाली नागरिक पीडित रहेकै बेला शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अत्यन्तै निकट सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव एस. जयशंकर काठमाडौं आइपुगेका छन् ।
सल्लाहकार डोभाल र सचिव जयशंकर नेपाल आएका हुन् वा होइनन् भनी खबरडबलीले जिज्ञासा राख्दा नेपालस्थित भारतीय राजदूतावासले यसबारे जानकारी दिन अस्वीकार ग¥यो । ‘उहाँहरु नेपाल आएकोबारे मलाई कुनै जानकारी छैन’, भारतीय दूतावासका मिडिया कोअर्डिनेटर अभयकुमारले भने– ‘म कार्यकक्षमा छैन, बाहिरै व्यस्तु छु त्यसैले अपडेट हुनै नपाएकाले पनि मलाई थाहा नभएको हुन सक्छ ।’
उनीहरुको नेपाल आगमनबारे भारतीय टिभी च्यानल ‘आज तक’ बाट समाचार प्रशारित भइसक्यो र नेपालका सुरक्षा अधिकारीले समेत पुष्टि गरिसके, तपाईंले अस्वीकार गर्न मिल्छ र ? भन्ने खबरडबलीको प्रश्नमा अभयकुमारले भने– ‘आज तकमै समाचार आइसकेको हो भने त उहाँहरु नेपाल आउनुभएको कुरा साँचो नै होला ।’
त्रिभुवन विमानस्थलका डीआईजी विजयलाल कायस्थले एक घन्टाअघि (पौने दस बजे) नै डोभाल र जयशंकरलगायतका अधिकारीहरु नेपाली विमानस्थल हुँदै काठमाडौं प्रवेश गरिसकेको पुष्टि गरेका छन् ।
भूकम्पपीडितको उद्धार तथा राहतका सन्दर्भमा भारतीय सेनाले भारतीय मिडियामार्फत चलाइरहेको प्रोपोगान्डा, चीनप्रतिको सन्देहास्पद भूमिका र भारतीय सैनिकले नेपालमै रहेर गरिरहेको आफु अनुकुलको गतिविधि (गुप्तचरी)बारे विवाद चलिरहकैबीच भारतीय सुरक्षा निकाय तथा विदेश मन्त्रालयका उच्चाधिकारीहरुको नेपाल आगमनलाई सर्वत्र चासोका साथ हेरिँदै छ ।
उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार उद्धारका नाममा भारतबाट नेपाल भित्रिएका सादा पोशाकवाला तथा वर्दीधारी ‘एसएसबी’ का अधिकारीहरुले नेपालमा रहेर संकलन गरिरहेको चीनसम्बन्धी सूचनाबारे भारतीय सुरक्षा सल्लाहकार डोभाललाई ब्रिफिङ गर्ने छन् ।
यतिबेला नेपालमा उद्धार तथा राहत वितरणका लागि भनेर भारतीय सेनाका ‘नेशनल डिजास्टर रेस्पोन्स फोर्स’का महानिर्देशक मेजर जनरल ओपी सिंहको नेतृत्वमा सैन्य चिकित्सक एकाईका लेफ्टिनेन्ट जनरल सहितको ‘एनडीआरएफ’का १६ वटा टोली खटिएको छ ।
यसका साथै साधा पोसाक तथा बर्दी सहित विभिन्न नाका तथा हवाई मार्ग हुँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का लेफ्टिनेन्ट जनरललगायतका सुरक्षा अधिकारीहरु उद्धार तथा राहतको नाममा नेपालमा सक्रिय रहेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार उनीहरुले नेपालबाट चिनका गतिविधि नियाली रहेका छन् ।
यस्ता गतिविधिलाई लुकाउनका लागि उनीहरुले सरकारका विभिन्न सहयोगी अंगहरुलाई परिचालन गरी यस विषयलाई पाकिस्तानी गतिविधिसँग जोडेर भारतीय मिडियमा मार्फत प्रोपोगान्डा गर्ने सुरक्षा निकायको बुझाई छ ।
यहाँ ध्यान दिनु पर्ने के छ भने बिहीबार मात्र भारतका योग गुरु रामदेवले पाकिस्तानले नेपालमा राहतको नाममा ‘गाईको मसला’ पठाएको भनेर विरोध जनाएका थिए । जसलाई भारतीय मिडियाहरुले बढाई चढाईका साथ नेपालमा पाकिस्तानी राहत सामाग्रीले ‘बबाल’ मच्चीएकाे प्रचारित गरेका छन् ।
अहिले मुलुकमा उद्धार र राहतको नाममा अन्य कुनै मुलुकमा सिमा सुरक्षाबलका जवान तथा अधिकारीहरु जान मिल्छ कि मिल्दैन भन्ने गम्भिर प्रश्न पनि उब्जिएको छ ।
यसैबीच सिमा सुरक्षा बल तथा अन्य सुरक्षा निकायले संकलन गरेको सुचना डोभाललाई ब्रिफिङ हुनु राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका हिसावले अत्यन्त सम्बेदनशिल भएको सुरक्षा निकायको बुझाई छ । दुवै उच्च भारतीय अधिकारी कहिलेसम्म नेपालमा रहने हुन भन्नेबारे सुचना गोप्य राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: