Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

मेरुदण्ड पीडित बम्जनको सहयोगार्थ युएर्इमा सांस्कृतिक कार्यक्रम

\"\"युएई । प्रगतिशील कलाकार संघ युएईको आयोजनामा सिन्धुलीका सुरेन्द्रकुमार बम्जनको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम तथा तामाङ कथानक चलचित्र देन्बा मायाको विशेष च्यारीटि शो सम्पन्न भएको छ । युएईको विकसित शहर दुबई स्थित कार्ल्टन टावरमा सम्पन्न भएको उक्त कार्यक्रम कार्यक्रम संयोजक शम्भु वाइबाको सभापतित्व रहेको थियो भने गैरआवासीय नेपाली संघ (एन आर एन ए )आइसिसि सदस्य एवं युवा व्यवसायी ठाकुर प्रसाद ढुंगानाको प्रमुख अतिथि रहेको थियो । विशेष अतिथिहरुमा नेपालबाट आएका कलाकारहरु नबिन खड्का, अमिर दोङ , स्मारिका थिङ, नेपाली जन प्रगतिशील मंच युएईका कार्यबाहक अध्यक्ष बाबुराम विक, नेपाली प्रवासी मंच युएईका श्याम कंडेल, जन सम्पर्क समिति युएईका अध्याक्ष खेमराज बस्नेत नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाल आदिबासी जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ, नेपाल पत्रकार महासंघ युएईका सचिब मेघराज सापकोटालगायत उपस्थिति रहेकाे थियाे । \"\" अतिथिहरुमा ब्यबसायी तथा कार्यक्रमका स्पोन्सर ओम उप्रेती, मोहन सिवाकोटी, दिनेश पराजुली, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा, तामाङ समाजका अध्यक्ष महेश मोक्तान, भोजपुर सेवा समाजका सचिब राजेश पाण्डेलगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अतिथी रहेका थिए । साथै पत्रकार, बुद्धिजिबी, समाजसेवी, लगायत झन्डै ५ सय युएईबासी नेपालीहरुको भब्य उपस्थिती रहेको थियो । प्रगतिशील कलाकार संघका अध्यक्ष नबिन दोङ तामाङको स्वगत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सभापति तथा प्रमुख अतिथी र बिशेष अतिथीले मैनबती बालेर नेपालको राष्ट्रिय गानको साथमा कार्यक्रमको उदघाटन गरेका थिए । नेपालदेखि आएका अथिति कलाकारहरुको बेजोड प्रस्तुतिका साथमा स्थानीय कलाकारले गित ,नृत्य तथा विभिन्न हास्यब्यङका प्रस्तुति हरु देखाउदै उपस्थित सबैलाई भरपुर मनोरंजन दिएका थिए । \"\" कार्यक्रममा कलाकारहरुको प्रस्तुती संगै तामाङ कथानाक चलचित्र देन्बा मायाको च्यारिटी शो समेत देखाईएको थियो । झन्डै ४ घन्टा लामो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिने आयोजक टिम, कलाकार, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया पार्टनर, उपस्थिति जनाएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै कार्यक्रम आयोजक समितिका संयोजक तथा कार्यक्रमका सभापति शम्भु वाईबाले कार्यक्रमको समापन गरेका थिए । थप उपचारको लागि सहयोग गर्न उदेश्यसहित आयोजित कार्यक्रमबाट सङ्कलित रकम एकमुष्ट केहि दिनभित्रै सुरेन्द्र बम्जोनलाई हस्तान्तरण गरिने जानकारी कार्यक्रमका ब्यबस्थापक सुरेन्द्र थिङले खबरडबलीलार्इ दिए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies