Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

रुनु न हास्नु मा गच्छदार

\"\"काठमाडौ । प्रत्यक्षमा सिट जित्न नसकेपछि गच्छदारपक्षले समानुपातिकमा आफ्ना नेताहरु समावेश हुनपर्ने माग गरिरहेका छन् । तत्कालिन फोरम लोकतान्त्रिकका महासचिव रहिसकेका भर्तेन्दु मल्लिकले भने, ‘पार्टी एकीकरण हुँदा सातजना समानुपातिकमा दिने सहमति भएको थियो त्यसमध्ये दुईजनाको नाम मात्र हालिए पछि गच्छदारलाई छटपटि भएको छ । यी दुईजनालाई पनि दिएन भने पार्टी एकीकरणको कुनै अर्थ रहदैन ।’ भन्दै उनले दुई जनालाई जसरी पनि समानुपातिक सांसद बनाउनुपर्ने दवाव दिएका छन् । ‘पार्टी एकीकरण गरेर घाटा लागेको छ,’ मल्लिकले भने, ‘हामीले काङ्ग्रेससँग एकीकरण नगरि कुनै अरु दलसँग तालमेल गरेर चुनाव लडेको भए यो भन्दा बढी सीट ल्याउथ्यौँ । तर काङ्ग्रेससँग एकीकरण गर्दा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक गरि दुईजना मात्र जितेका छौँ । यो हाम्रो लागि घातक भयौ । यो त ‘गहुँसँग घुन पिसिनु’ जस्तै भयो ।’ मधेशवादी दल वा वामगठबन्धनसँग तालमेल गरेर चुनावमा गएको भए आफूहरुको पार्टी राष्ट्रिय पार्टीमा पनि कायम रहनको साथै सातदेखि आठवटा सीट जित्ने दावी उनको छ । पार्टी एकीकरण गर्ने समयमा केन्द्रीय समितिमा १५ जना राख्ने सहमति भएको हो तर हालसम्म त्यो पनि कार्यान्वयन नभएको मल्लिकले गुनासो गरे । कपलेश्वर यादवले पनि काङ्ग्रेससँग एकीकरण गरेर पार्टीले ठूलो मूल्य चुकाएको टिप्पणी गरे । ‘हाम्रो पार्टीको अवस्था त्यति खराब थिएन । एक्लै पनि चुनाव लडेको भए पाँच–सातवटा सीट जित्थ्यौं तर काङ्ग्रेससँग एकीकरण गरेर जित्न सक्ने नेताहरु हार्नुभएको भएको छ,’ उनले भने, ‘अब समानुपातिक सीट तथा पार्टीको समायोजनमा हामीप्रति अन्याय नहोस् भनि चाहन्छौ ।’ दोस्रो सविधानसभा चुनावमा गच्छदारले फोरम लोकतान्त्रिकलाई मधेशको पहिलो पार्टी बनाएका थिए । तर, पछिल्लो समय सत्ताको नजिक रहेका कारण थुप्रैजनाले उनको पार्टी छाडेर हिँडेका थिए । यता, सधै सत्ताको नजिक रहेका गच्छदार काङ्ग्रेस पार्टीमा गएपछि उनी आफ्नो अनुकुल चलखेल गर्न पनि नपाउने भएका छन् । उनको आफ्नै पार्टी हुँदा जोसँग पनि सत्ताको बार्गेनिङ्ग गरेर सरकारमा सहभागि हुने गरेका थिए । गच्छदारको अहिलेको प्रयास पनि काङ्ग्रेस सरकारमा जाओस्  भन्ने नै छे । संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले मधेशवादी दल र माओवादी केन्द्रसँग मिलेर काङ्ग्रेसले सरकार बनाउनुपर्छ भन्ने गृहकार्यमा लागेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy