Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै उपप्रधानमन्त्री बर्खास्त

ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ । सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन् ।

आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो । ग्रीनले आफूले गल्ति नगरेको बताएका छन् । डेमियन ग्रीन र प्रधानमन्त्री टरिजा मेको मित्रता अक्सफर्ड विश्वाविद्यालयमा उनीहरु सँगै अध्ययन गर्ने बेलादेखि सुरु भएको थियो । ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहितका कैयौं चुनौतीका माझ एक जना नजिकका मित्र र साझेदार गुमाउनु मेका लागि कठीन हुनेछ । मे र ग्रीन दुवैका लागि यो गम्भिर धक्का भएपनि यसले राजनीतिज्ञहरुको व्यवहारबारे सवालहरु उठाएको छ । बर्खास्तीले सरकारको स्थिरतालाई भने कुनै चुनौती दिने देखिदैँन । बीबीसीकी राजनीतिक सम्पादक लउरा कुन्सवर्ग भन्छिन, डेमियन ग्रीन सार्वजनिक छवि भएका र एकदमै परिचित खालका नेता होइनन् । तर उनी प्रधानमन्त्री मेका लागि एकदमै महत्वपूर्ण साझेदार थिए । राजनीतिक मात्र नभइ सच्चा साथी जो एकअर्कासँग दशकौँदेखि परिचित थिए । कुन्सवर्गका अनुसार प्रधानमन्त्री मेले केहि मुद्दाहरुमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरेपछि सरकार कमजोर तर स्थिर भएको भनेर ठट्टा गर्न थालिएको छ । प्रधानमन्त्री मेले यो निर्णय गम्भिर भएर लिएको बुझिन्छ किनभने आफ्ना मान्यता र व्यक्तित्वसँग सम्झौता नगर्ने छवि उनको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies