Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

राजाकाे दरवारमा मिसाइल प्रहार

\"\"मंगलबार साउदी अरबको राजधानी रियादमा एउटा मिसाइल हानियो । मिसाइल हमलाको निशानामा थियो, साउदी अरबको राजमहल । जहाँ साउदी राजा सलमान बजेट पेश गरिरहेका थिए । मिसाइल आफ्नो निसानामा खस्नु अघि नै, त्यसलाई हावामै विष्फोट गराइयो । मिसाइल साउदी अरबको छिमेकी मुलुक यमनका हुथी विद्रोहीहरुले प्रहार गरेका थिए । तर साउदीको बुझाई छ, मिसाइलको रिमोट यमनभन्दा धेरै पर इरानको राजधानी तेहरानमा थियो । साउदी अरब  इरानको दशकौँदेखि सबै भन्दा ठूलो दुश्मन हो । साउदीसहित अरबका अन्य देशहरुको पनि यमनको शिया हुथी विद्रोहीहरुको साँचो ईरानको हातमा छ भन्ने मान्दछन् । रियादमा हानिएको यो मिसाइल, साउदी अरब र ईरानका बीच करिब एक शताब्दीदेखि जारी तनाबको सबैभन्दा ताजा कडी हो । हुथी विद्रोहीहरुले साउदी अरबमा मिसाइल हमला गरेको यो वर्षको तेस्रो घटना हो । सामरिक शक्ति पछिल्ला दिनहरुमा पश्चिम एशियामा बढ्दै गरेको राजनीतिक घटनाक्रम हेर्दा लाग्छ साउदी अरब र ईरानबीच युद्ध नै हुन लागेको छ । यदि त्यसो हो भने, साउदी अरब र ईरानका बीच युद्ध भएमा के हुन्छ ? बीबीसीको रेडियो सिरिज छानविनमा यस प्रश्नको जवाफ खोज्ने प्रयत्न गरिएको छ । साउदी अरब र ईरान पश्चिम एशियाका दुई ठूला सामरिक र शासनसत्ताले युक्त देश हुन् । साथै दुबै ठूला तेल उत्पादक देश पनि हुन् । यदि दुबै मुलुकका बीच युद्ध भयो भने यसको असर समग्र विश्वमै पर्नेछ । बेलयातका माईकल नाईट अरब मामिलाका जानकार हुन् । साथै उनी ब्रिटिश सरकारको अरब मामिलाका सल्लाहाकार पनि थिए । उनका अनुसार– ‘ईरान ऐतिहासिक रुपमा निकै प्रभावशाली मुलुक हो । कयौँ शताब्दीसम्म उसले अरब मुलुकहरुमा शासन गरेको छ । त्यतिबेला ईरानलाई पर्सिया भनेर चिन्ने गरिन्थ्यो । अर्को तर्फ अरब र अन्य अरब मुलुकहरुले पछिल्लो एक शताब्दीमा तेलका कारण निकै उन्नति गरेका छन् । यतिबेला अरबका यी देशहरु निकै शक्तिशाली भएर सतहमा देखा परेका छन् । यहि नै मुख्य कारण हो कि हालका दिनहरुमा ईरानको यो क्षेत्रमा प्रभाव घट्दै गइरहेको छ ।’ माइकल नाईट भन्छन्– ‘साउदी अरब र ईरानका बीच रस्साकस्सीको मूल कारण उनीहरुको धार्मिक रुझान हो । साउदी अरब सुन्नी बहुल मुलुक हो भने ईरान शिया बहुल मुलुक । त्यसैले दुबै मुलुकले आफ्ना धार्मिक साथीहरुबीच एक अर्कामा सहयोग आदानप्रदान गर्ने गर्छन् । उनीहरुले आफ्नो अनुकुलतामा त्यहाँको राज्यसत्तालाई सघाइरहेका हुन्छन् । यसको मुल कारण विरोधीहरुका बीच आफ्नो दबाब कायम राख्नु हो । यो कुरा ईरान र साउदी अरबका बीच तिक्तताको एउटा महत्वपूर्ण कारक हो ।’ पछिल्ला केही बर्षहरुमा ईरान, साउदी अरबमाथि केही हावी भएको देखिन्छ । अन्य कई अरब देशहरुमा ईरानको प्रभाव बढी रहेको छ । ईरानले ईराकमा आफ्नो प्रभाव विस्तार गरिसकेको छ । सीरिया र लेबनानमा पनि ऊ निकै बलियो देखिएको छ । त्यसैगरी यमनका हुथी विद्रोहीहरुलाई पनि उसले सहयोग गरिरहेको साउदीको आरोप छ । त्यसो त अमेरिकी सरकारको नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले साउदी अरबसहितका मुलुकहरुमा आफ्नो सैन्य सहयोग जारी राखेको छ । जस्तै, ईराकमा अमेरिकी सरकारको नेतृत्वमा नेटोले हमला गरेर छतविच्छद् पारेपछि ईरान त्यहाँ प्रभावशाली भयो । त्यस्तै सीरियामा बसर अल असदको सरकार ढाल्न आर्थिक र सैन्य सहयोग गर्दै गरेको अमेरिकी सरकारको विकल्पमा ईरानले त्यहाँको असद सरकारलाई सहयोग गरि रह्यो जुन अहिले पनि जारी छ । माईकल नाईटका अनुसार अरब क्षेत्रमा ईरानको प्रभाव घटाउँदै अमेरिकी सरकार आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ । तर ऊ विभिन्न ठाउँमा आफै अल्झिएकाले मित्र राष्ट्रहरु जस्तै फ्रान्स, ब्रिटेन आदिको सहयोग हुँदाहुँदै पनि उसले त्यस क्षेत्रमा आफूलाई व्यवस्थित गर्न सकेको छैन । त्यसो त ईरानलाई रसियाको साथ रहेको पनि विश्वास गर्ने गरिन्छ । अर्को तर्फ अरब देशहरुले ईरानको शिया रेबुलुस्नरी गार्डस् जसलाई ईरानको विशेष सैन्य दस्ताको रुपमा बुझ्ने गरिन्छ आफ्नो सेनाझैँ ठान्छन् । ईरानको यो सैन्य दस्तासँग सुन्नी अरब डराउने गर्छ । शिया, सुन्नी र रिभल्युसनरी गार्डस् माईकल नाईटका अनुसार– ‘साउदी अरब र ईरानका बीच भलै औपचारिक युद्ध नभएको होस् तर पनि दुबै देश कयौँ मोर्चामा युद्धरत छन् । यसको सबैभन्दा ठूलो उदाहरण हो यमन । जहाँ साउदी अरबको अगुवाईमा अन्य कयौँ मुलुकहरुका सेना हुथी विद्रोहीहरुसँग युद्धरत छन् । त्यसका विरुद्ध हुथी विद्रोहीहरुलाई ईरानको सहयोग जारी छ । साउदी अरब, यमनमा लगातार हवाई हमला गरिरहेको छ । तर उसले निर्णायक जीत हासिल गर्न सकिरहेको छैन् । यमन युद्धको मुख्य कारण भने त्यहाँ कसलाई सत्तामा बसाउने भन्ने दुई देशको होड हो । साउदीको पछाडि अमेरिकी नेतृत्वको नेटो छ भने ईरानको पछाडि रसिया रहेको विश्वास गरिन्छ ।’ यमनसँग सँगै सीरियामा पनि साउदी अरब र ईरान भिन्दाभिन्दै गुटहरुमा विभाजित छन् । लेबनानमा ईरान समर्थित हिजबुल्लाह गुट निकै शक्तिशाली छ । त्यहाँ पनि साउदी अरबले सुन्नीहरुलाई साथ दिन्छ । ईराकमा पनि ईरान र साउदी अरबका बीच कसले आफ्नो प्रभाव बढाउने भन्नेमा होडवाजी छ । ईराकको सरकारले ईस्लामिक स्टेटमाथि विषय हासिल गर्नुमा ईरानको रेभल्युसनरी गार्डस्को निकै ठुलो हात भएको मानिन्छ । तर ईराकको ईस्लामिक स्टेटलाई फेरी साउदी अरेवियाले साथ दिइरहेको विश्वास गरिन्छ । यसैगरी सानो मुलुकका रुपमा रहेको बहराइनमा पनि साउदी अरब र ईरान एक अर्काको आमुन्ने सामुन्ने छन् । बहराइन शिया बहुल मुलुक हो । तर यहाँका शेखहरु भने सुन्नी सम्प्रदायका रहेका छन् । साउदी अरब त्यहाँका राजाहरुसँगको साथमा छ भने ईरान बहराईनको सरकार विरोधी विद्रोही समूहसँग साथमा उभिएको छ । माईकल नाईटको कुरालाई आधार मान्ने हो भने यी दुबै मुलुकको बीचमा शीत युद्धको अवस्था रहेको छ । जसले कुनै पनि बेला विष्फोटको रुप लिन सक्नेछ । एन्थनी कोडिसमन अमेरिका र नेटोको अरब मामिलाका सल्लाहाकार रहिसकेका व्यक्ति हुन् । उनको बुझाईमा ईरान र साउदी अरबका बीच एउटा सानो झिल्को पनि युद्धका लागि प्रेरक हुन सक्छ, जुन आगामी दिनहरुमा ठूलो युद्धमा परिणत हुन सक्ने हुन्छ । उनी केमा पनि विश्वास गर्छन् भने यदि युद्ध भयो भने यो युद्ध निकै लामो समयसम्म चल्न सक्छ । यतिभन्दा भन्दै पनि एन्थनीको बुझाईमा यी दुबै मुलुकहरु भुई युद्धमा निकै कम आमुन्ने सामुन्ने देखापरेका छन् । तर, हवाई युद्ध भने भयंकर हुनसक्छ । यस्तोमा हवाई हमलामा हालका लागि साउदी अरब ईरानभन्दा बलियो देखिएको छ । उनी भन्छन्– ‘ईरानसँग ७० र ८० को दशकको लडाकु विमान छ । ईरानले यसको निकै राम्रो हेरविचार गरेर राखेको छ । साथै ईरानसँग केही रुसी लडाकु विमानहरु पनि छन् जुन ८० को दशकमा खरिद गरिएको थियो । यीनै विमान नै ईरानको एयरफोर्सको प्रमुख शक्ति हो ।’ उता साउदी अरबको वायुसेनासँग भने अमेरिकामा खरिद गरिएको जैसे एफ–१५ र एफ–१६, बैल्याक टोरनेडो जस्ता विमानहरु छन् । भन्नुको अर्थ हवाई हमलामा साउदी अरब निकै हावी भएको देखिन्छ । जबकी ईरानसँग साउदीको भन्दा निकै शक्तिशाली मिसाईल र ड्रोन रहेका छन् । जसले साउदी अरबको महत्वपूर्ण शहरलाई त्यसको निशाना बनाउन सक्छ । युद्ध भएमा तेल आपूर्ति के हुन्छ ? एन्थनीका अनुसार यदि दुई देशका बीच युद्ध भयो भने इजराईल पनि ईरान विरोधी खेमामा गएर मिसिनेछ । अरब युद्धमा ईजराईल र ईरानको सहभागिताले रुसलाई पनि आकर्षित गर्नेछ । साउदी र ईरानको युद्धमा अमेरिकी र नेटोले पनि स्थान पाउनेछ । मेरी कोलिन्स अमेरिकाकी जोन हापकिंस इन्सटीट्यूटमा जोडिएर काम गर्ने गर्छिन् । उनले कयौँ बर्षसम्म अमेरिकी रक्षा मन्त्रालयमा काम गरेको अनुभव संगालेकी छन् । मेरीका अनुसार ईरान र साउदी अरबका बीच युद्धमा अमेरिका निश्चितरुपमा युद्धमा सामेल हुन्छ । फारसको खाडीमा अवस्थित होर्मुज जल सन्धीबाट विश्वको तेलको कारोबार हुने गर्छ । युद्ध भएमा यहाँबाट हुने सप्लाई रोकिनेछ । जसको प्रभाव पुरै विश्वलाई पर्नेछ । विज्ञहरुका अनुसार यदि ईरान र साउदी अरब युद्धमा होमिए भने, यसले अमेरिका, रुसलाई पनि युद्धमा निम्त्याउने र सँगसँगै समग्र विश्वमै संकटमा पर्ने अनुमान गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy