Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

महाभूकम्पपछि बालुवाटारमा उद्दार र राहतबारे शीर्ष नेता

प्रधानमन्त्री सुशील काेइराला : मुुलुकमा अकल्पनीय प्राकृतिक विपद् आइपरेकोले यसबाट जनतालाई जोगाउन सबैको कर्तव्य भएको छ र एकताबद्ध भएर यस्ता चुनौतिको सामना गर्न सकिन्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड : सरकारले आफ्नो समग्र प्रयास लगाए पनि पीडित र प्रभावित क्षेत्रमा औषधोपचार र राहत सामग्री पुग्न सकेन । सबै राजनीतिक शक्तिलाई केन्द्रदेखि जिल्लातहसम्म राहत र पुनस्थापना कार्यमा लगाउनुपर्छ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य : विपद्को घडीमा सरकारले संविधानसभा भित्र र बाहिर रहेका सबैदलहरुको साथ र सहयोग लिएर जनताको उद्धार,राहत र पुनस्थापना तथा पुननिर्माणमा जानका लागि चालेको कदम उचित छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा : सरकारले थालेको प्रयास राम्रो भए पनि जनताले हालसम्म तदारुकतासाथ उद्धार भएको र राहत सामान पाएको अनुभूति गर्न पाएनन् । राहत कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी राख्न हुन्न । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल : राष्ट्रिय विपत्तिको घडीमा सबै पार्टीका बीचमा देखिएको एकता नेपालको राजनीतिको सबल पक्ष हो । सरकारले थालेको उद्धार राहत कार्य प्रशंसनीय छ तर, त्यसलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री दीपक बोहोरा: राहत कार्यलाई प्रभावकारी बनाउन भूकम्पबाट अतिप्रभावित संकटग्रस्त १४ जिल्लामा १४ जना मन्त्रीलाई खटाउनु पर्छ । मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार : सरकारी र गैरसरकारी दुवै क्षेत्रवाट संयुक्तप्रयास गरी राहत ,पुनस्थापना र पुनर्निर्माण कार्यलाई गति दिन आवश्यक छ । तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर : भूकम्प पीडितलाई राहत,पुनस्थापना र पुनर्निर्माणको लागि राष्ट्रिय र अन्तराष्ट्रिय प्रयास जरुरी छ । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, संघीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई : सरकारले थालेका उद्धार राहत प्रकृया राम्रो भएपनि त्यो पर्याप्त भएन । यसलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलका कार्यकर्ताहरुलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending