Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

प्रचण्ड साँच्चै अलमलमा परेकै हुन्त ?

\"\"काठमाडौँ । राष्ट्रिय सभा गठन विवाद मिलाउने प्रयासस्वरूप गत शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकपछि एमाले नेताहरू स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैंसेपाटीतर्फ लागे । तर वाम गठबन्धनका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने चितवनतर्फ हिँडे । प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, दाहाललाई यो कुरा राम्ररी थाहा थियो । त्यसैले एमाले बैठकपछि त्यसै दिन साँझ अध्यादेशदेखि पार्टी एकतासम्मका विषयमा छलफल गर्न एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने कुरा थियो । अाजकाे कान्तिपुरमा खवर छ । तर बालुवाटार बैठकपछि चितवन हिँडेका दाहाल चार दिनदेखि त्यतै अलमलिएका छन् । उनको गृहजिल्ला अलमलले दुई पार्टीको औपचारिक बैठकसमेत हुन सकेको छैन । राष्ट्रिय सभा गठन विवादले राजनीतिक गतिरोध चुलिइरहेको छ । विशेषगरी एमाले र कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचन प्रणालीका विषयलाई लिएर रस्साकसी छ । नयाँ सरकार गठन र दुई पार्टीबीच एकता प्रक्रिया कसरी अघि बढाउने स्पष्ट खाका आएको छैन, त्यसलाई छिटो टुंग्याउनुपर्ने जिम्मेवारी पनि उत्तिकै छ । बालुवाटार बैठकपछि चितवन पुगेका दाहालको त्यस दिन खासै कार्यक्रम थिएन । तर पत्रकार सम्मेलन गरेर साँझ उनी नारायणी किनारमा परिवारसहित घुमे । शनिबार बिहान नारायणगढदेखि गैंडाकोट थुम्सीको जंगलसम्म झन्डै पाँच किलोमिटर मर्निङवाक गर्दै नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न भैरहवा पुगे । त्यसपछि भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । कपिलवस्तुबाट निर्वाचित सांसद चक्रपाणि खनाल र अध्यक्ष दाहालका लागि त्यहाँको स्थानीय पार्टी कमिटीले सम्मान आयोजना गरेको थियो । त्यसपछि दाहाल भैरहवाबाट जहाजमा काठमाडांै आउन सक्थे । तर फर्किएनन्, चितवनतर्फै सोझिए । आइतबार पनि चितवनमा स–साना पाँच कार्यक्रममा सहभागी भए । मतदातालाई धन्यवाद दिने र उद्घाटन/शिलान्यासमा उनको समय बित्यो । आइतबार बिहान एमाले–माओवादी निकट बुद्धिजीवीको कार्यक्रममा सहभागी भए, त्यसपछि शुक्रनगरमा प्रगति माविको वार्षिकोत्सव कार्यक्रममा पुगे, पार्वतीपुरमा भेटघाट गरे, गीतानगरमा रेडक्रस भवन शिलान्यास गरे अनि चितवन उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन पुगे । सोमबार उनी चितवनको बाँदरझुुलामा मतदातालाई धन्यवाद दिँदै पर्साको ठोरी पुगे । चार दिनयता उनले राष्ट्रिय राजनीतिमा अल्झेका मुद्दाबारे केही बोलेका छन् । उनले दिएका अभिव्यक्तिले खास उनको मनमा अहिले के खेलिरहेको छ भन्ने संकेत मिल्छ । उनले वाम एकता कसरी हुन सक्छ भन्नेबारे पहिलो पटक मुख खोले । प्रधानमन्त्री पदमा आलोपालो गर्ने भन्ने दाहालको अभिव्यक्ति चितवन झरेपछि आयो, जबकि राजधानीमा हुँदा उनले एकताको मोडलबारे केही भनेका थिएनन् । नयाँ सरकार गठनका सन्दर्भमा एमाले र संघीय समाजवादी फोरमबीच कुराकानी भइरहेको सूचना पनि दाहालले नै बाहिर चुहाए ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy