Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नाम परिवर्तन गर्न नारावाजी

\"\"रोल्पा। चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो। पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो। दोस्रो गाउँसभाले बहुमतबाट नाम परिवर्तन गरेको हो। नाम परिवर्तनमा विरोध हुने भएपछि बिहानैदेखि गाउँपालिकाको परिसरमा प्रहरीले सुरक्षा दिएका थिए। ४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन्। बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडा अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वको जनप्रतिनिधिले दिनभर विरोध जनाइरहे। अाजकाे अन्नपूर्णमा खवर छ । बहुमतबाट नाम परिवर्तन गरिएपछि सभा कक्षमै विमती राख्ने जनप्रनिधिले नारा लगाएका थिए। ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए। नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए। असन्तुष्ट बजारवासी र माओवादी केन्द्र इतर दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए। विरोध भइरहेकै समयमा बहुमतबाट नाम परिवर्तनको प्रस्ताव पारित गरिएपछि विपक्षमा रहेका जनप्रतिनिधि सभाबाट बाहिरिएका छन्। स्थानीय तहको नाम र केन्द्र निर्धारण जिल्ला प्राविधिक समितिले सिफारिस गरेपछि सुवर्णावती गाउँपालिका रहेको थियो। स्थानीय तहका जनप्रतिनिधिको पहिलो बैठकको ६ महिनाभित्र आवश्यक ठानेमा नाम र केन्द्र बहुमतबाट परिवर्तन गर्न सकिने प्रावधान छ। सोही प्रावधानलाई टेकेर नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जनाए। सुवर्णावती नामको ऐतिहासिकता नभएकाले नाम परिवर्तन जायज भएको उनले बताए। गजुलका किमबहादुर थापा ‘सुनिल’ लडाकु कमाण्डर थिए। रोल्पाकै जिनाबाङको मुनिमारेमा तत्कालीन शाही सेनाको हेलिकोप्टरबाट गरिएको आक्रमणबाट मारिएका थिए। ‘उच्च तहका कमाण्डरको सम्मान हुने’ भन्दै सहिद सुनिल स्मृति गाउँपालिका नामाकरण गरिएको बताइएको छ। विपक्षीले धेरै सहिद भएको गाउँपालिकामा एक जनाको नामबाट मात्र नामाकरण गलत हुने तर्क गरेका छन्। नाम परिवर्तन नै आवश्क भए प्रयाप्त बहस र छलफल गर्न सकिने भन्दाभन्दै जबरजस्ती नाम परिवर्तन गरेकोले विरोध गरिएको महिला सदस्य तेजु विष्टले बताइन्। एक नगरपालिका र नौ गाउँपालिकामा सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन हुँदा पनि विरोध भएको थियो। गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी भएको थियो। सहिदको नाममा भन्दै गंगादेव गाउँपालिका नामाकरण गरिएपछि विरोध चर्किएको हो। नाम र केन्द्र परिवर्तनको निर्णय र साविककै केन्द्र र नाम राख्ने माग दुवै मन्त्रालयमा पेश गर्ने सहमति भएको छ। दुईखोली गाउँपालिकाको सहिदको नामबाट नामाकरण गर्ने चर्चा सेलाएको छ। त्रिवेणी गाउँपालिको केन्द्र सार्ने माग चर्किदै गएको थियो। स्थानीय तहको केही संरचना र कार्यालय नुवागाउँमा स्थापना गर्ने सहमतिपछि विवाद साम्य भएको छ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: