Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एमाले, माअाेवादी युवा नेताले दिए नेतृत्वलार्इ दवाब

\"\"काठमाडौँ । ‘पछिल्लो केही दिनयता पार्टी एकता र सरकार गठनबारे विभिन्न कोणबाट आएका क्रिया प्रतिकृयाका कारण जनमानसमा भ्रम पैदा भएको छ । त्यो भ्रम चिर्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्न दवाबकारी भूमिका दुइ पार्टीका युवा नेताहरुले खेलेका छन । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले दुवै पार्टीका युवाहरु पार्टी एकता दायाँबायाँ हुन नदिन अग्रसर भएको भन्दै पार्टी एकता गर्दा अपनाउनुपर्ने विधिका बारेमा पनि सुझाव दिने तयारीमा लागेको बताए । ‘हाम्रो शीर्ष नेतृत्वलाई पहिला पार्टी एकता टुङ्ग्याउ त्यसपछि सरकार निर्माण गरौ भन्ने सुझाव हो । यदि त्यसो हुन सकेन भने दुवै काम सँगसँगै लैजाउ भनेका छौ, त्यसमा शीर्ष नेताहरु पनि लगभग सहमतजस्तै देखिनुभएको छ,’ पौडेलले भने । एमाले युवा नेता ठकुर गैरेले पार्टी एकतामा भएको ढिलाई, चुनावमा अघि सारेको संयुक्त घोषणापत्रको कार्यन्वयन लगायतका विषयमा नेतृत्वलाई सघाउन युवाहरुले पहल थालेको भन्दै त्यसका लागि पहिला दुवै पार्टीभित्रका केन्द्रीय सदस्य लेवलका नेताहरुसँग छलफल गरेर नेतृत्वलाई सुझाव दिने तयारी भैरहेको बताए । ‘पार्टी एकता र सरकार गठनको विषयमा पछिल्लो समय बामपन्थीको विकल्पमा आएका धारणाका बारेमा हामीले नेतृत्वलाई ध्यानाकर्षण गराउन खोजेका हौँ, जसले चुनावअघि दुवै पार्टीले गरेको सम्झौता कार्यान्वयनमा सहयोग पुग्नेछ,’ नेता गैरेले बताए । उनका अनुसार पार्टी एकताका लागि मुख्य चुनौती बनेको शीर्ष नेताको व्यवस्थापनका बारेमा पनि युवा नेताहरुले खाका तयार गर्नेछन् । ‘मुख्य कुरा चार पुर्व प्रधानमन्त्रीको व्यवस्थापन कसरुी गर्ने भन्ने नै हो । एकजना प्रधानमन्त्री, एकजना पार्टी अध्यक्ष, बाकी दुई जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामीले सुत्र खोज्दैछौ त्यसका लागि हाम्रोतर्फको गृहकार्य भइरहेको छ । हिजोमात्रै त्यसबारे हामी केही युवा नेताहरुबीच छलफल पनि भएको छ । छिट्टै त्यसवारे खाका तयार गरेर दुवै पार्टीका केन्द्रीयसदस्य लेवलमा छलफल गरि शीर्षलाई दिन्छौँ,’ गैरेले बताए । उनले भने, ‘पार्टी एकता लगभग भैसकेको छ अव समाजबादको मोडल के हुने र संगठानात्मक स्वरुप र कार्यविभाजन कसरी गर्ने भन्ने मात्रै बाँकी छ त्यो विषय पनि चाँडै टुङग्याउनुपर्छ भनेका छौ बाँकी विषय त माहाधिवेशनले नै टुङगो लगाउँछ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy