Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

कांग्रेस केन्द्रीय समितिको बैठक जारी

\"\"काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्ररी पराजित कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा २९ सदस्यीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सूचीका साथै आगामी केन्द्रीय कार्यसमिति बैठकबारे समेत छलफल गर्ने बताइएकाे छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडैलसँग छलफल गरेपछि शुक्रबार बैठक बोलाएका थिए। निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक सूचीबाट विजेता उम्मेदवारको सूची पठाउन दलहरूलाई पत्र पठाएपछि कांग्रेस सभापति देउवाले समितिको बैठक बोलाएको कांग्रेस नेताहरूले बताएका छन्। निर्वाचनमा पार्टीको लज्जास्पद पराजयसँगै कांग्रेसभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउनेदेखि विशेष महाधिवेशन गर्नुपर्नेसम्मका आवाज उठिरहेका छन्। सभापति देउवा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची टुंगो लगाइसकेपछि केन्द्रीय कार्यसमिति बैठक बोलाउने मनस्थितिमा रहेको कांग्रेस नेताहरूले बताएका छन्। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार बस्ने कार्यसम्पादन समितिको बैठकमा समानुपातिकतर्फको विजेता सूची, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र समसामयिक राजनीतिक अवस्थामाथि छलफल हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा कांग्रेसले प्रत्यक्षतर्फका १ सय ६५ सिट मध्ये २३ सिट मात्र जितेको छ। कांग्रेसको कार्यसम्पादन समितिमा रहेका अधिकांश नेताहरू चुनावमा पराजित भएका छन्। समितिमा रहेका प्रकाशमान सिंहदेखि शेखर कोइरालासम्म केन्द्रीय नेताहरूले समेत पार्टी नेतृत्वको आलोचना गर्दै सार्वजनिक रूपमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका थिए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: