Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेताकाे सक्रियतामा एक दम्पतीलाई कुटपिटपछि गाउँ निकाला

\"\"मोरङ । रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रंगेली नगर कमिटीका अध्यक्ष हुन् । ६ पक्राउ,  ठाकुर फरार विवाहित जोडीलाई चरम अमानवीय यातना दिएको अरोपमा प्रहरीले रंगेली–५ आँपगाछीका कुलानन्द, गोवद्र्धन, जयप्रकाश, रञ्जितकुमार, सतिश र मायानन्द ठाकुरलाई शुक्रबारै पक्राउ गरेको छ । कुटपिटको अगुवाइ गर्ने एमाले नेता ठाकुर भने फरार भएका छन् । ठाकुरदम्पतीलाई गाउँ निकाला गरेको सूचना पाउनासाथ ६ जनालाई पक्राउ गरेको, तर नेता ठाकुर भने फरार रहेको इप्रका रंगेलीका इन्स्पेक्टर सन्दीपबाबु खड्काले बताए । पक्राउ परेका सबैलाई कुटपिट र सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिने उनको भनाइ छ । । कुटपिटबाट गम्भीर घाइते भएका राजकुमारलाई आफन्तले उपचारका लागि भारत लगेका छन् । विवाहित महिला भने स्थानीय अस्पतालमा उपचारपछि प्रहरीको सुरक्षामा माइतमै बसेकी छिन् । घटना रंगेली नगरपालिका–५ आँपगाछीस्थित ठाकुर टोलका गुलावचन्द सरदारकी ३० वर्षीया पत्नी र सोही ठाउँका विवाहित ३२ वर्षीय राजकुमार ठाकुरबीच प्रेम थियो । सरदार वैदेशिक रोजगारका क्रममा विदेशमा छन् । चार महिनादेखि ठाकुर र सरदारपत्नी प्रेमविवाह गरेर वीरगन्जमा बस्दै आएका थिए । केही दिनअघि मात्रै राजकुमारकी दोस्री पत्नी माइतमा आएर बस्न थालेकी थिइन् । गाउँ–समाजले भने समस्या सुल्झाउन भन्दै वीरगन्जमा सैलुन सञ्चालन गरेर बसेका राजकुमारलाई गाउँमै बोलायो । शुक्रबार ठाकुरदम्पतीलाई बोलाएर एमाले नेता दिनेश ठाकुरको रोहबरमा छलफल सुरु भयो । छलफलमा सबैले अर्काकी श्रीमतीसँग प्रेमविवाह गरेर राजकुमारले गाउँको थिति बिगारेको निष्कर्ष निकालियो । त्यसपछि नेता ठाकुरकै अगुवाइमा दुवैलाई मोसो दलेर जुत्ताको माला लगाएर लखेट्दै गाउँ निकालिएको थियो । विवाहित जोडीलाई मोसो दलेर एक किलोमिटरजति लखेटेर गाउँ निकाला गरेको देखेपछि अन्य गाउँलेले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले तुरुन्त घटनास्थलमा पुगेर पीडितको उद्धार गरेको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending