Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भिमसेन गाउँपालिकाका वासिन्दा अान्दाेलित

\"\"गाेरखा । गोरखा जिल्लाको भिमसेन गाउँपालिका लगाएत देश भरका ४८ स्थानिय निकायको केन्द्र र नाम परिवर्तन मन्त्रिपरिषद् बैठकबाट गर्ने अन्तिम तयारी गरे संगै  स्थानिय आन्दोलित भएका छन् ।  भिमसेन गाउँपालिकाका सम्पूर्ण वडाहरुमा विरोध स्वरुप मशाल जुलुस भएको छ । भिमसेन गाउँपालिकाको केन्द्र भौगालिक दुरी र स्रोत साधनको तवरवाट उपयुक्त साथै जिल्लामा क्रियाशिल राजनितिक दलहरुको सहमतीमा विज्ञ टोलीको सुझाव अनुसार तोकिएको र हाल सम्म गाउँपालिकाको सम्पूर्ण कामकारर्वाही संचालन भइरहेको केन्द्र बगुवा नै कायम गरिनुपर्ने माग छ । संघिय र प्रादेशिक निर्वाचनको आचारसंहिता लागु भैसकेपछि मिति २०७४ कार्तिक १९ गते बोलाइएको गाउँसभाको प्रथम बैठकबाट भिमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेसाल परिवर्तन गर्ने निर्णय गराउन खोज्दा झडपको अवस्था सिर्जना भई वैठक अवरुद्ध भएको थियो । उक्त झडपमा ३ जना स्थानिय यूवाहरु घाइते समेत भएका थिए । बैठकबाट आधिकारीक रुपमा केन्द्र सार्ने निर्णय नभएको र गाउँपालिका प्रमुख इश्वर पाण्डेले किर्ते कागजात बनाई मन्त्रिपरिषद्मा प्रस्ताब लगेको आरोप आन्दोलित स्थानीयहरुले लगाएका छन् । स्वतन्त्र आम बगुवाली बासीहरुको आयोजना भएको विरोध कार्यक्रममा कथित गाउँपालिकाको केन्द्र सार्ने निर्णय खारेज गर, समानान्तर गाउँपालिका गठन गरौं, किर्ते कागजात निच हो बगुवा सबको विच हो, गाउँपालिका प्रमुख इश्वर पाण्डे राजीनामा दे भन्दै नारा लगाएका थिए । भिमसेन गाउँपालिकाको केन्द्र बगुवामा सयौंको संख्यामा सहभागी रहेकोे मशाल जुलुस पश्चात कोणसभा गरी सम्पन्न भएको थियो । कोणसभाका क्रममा आन्दोलित स्थानियहरुले केन्द्र परिवर्तनको प्रक्रिया नरोके थप सशक्त चरणवद्ध आन्दोलनको घोषणा गरेर जाने समेत चेतावनी दिएका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: