बैशाख १९ गते, २०७२ शनिवार 2nd May, 2015 Sat१४:३६:०२ मा प्रकाशित
गोरखा, विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बसेका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुगे ।
श्रीमतीको पनि उस्तै हालत गरायो गत शनिबारको प्राकृतिक विपत्तिले । आफ्नै कारणले छुट्टाछुट्टै बस्दै आएका थापा दम्पतीलाई भूकम्पले खुला आकाशमुनि नै भए पनि एकैठाउँमा बस्ने वातावरण मिलाइदिएको छ । अढाइ दशकदेखि छुट्टिएका बूढाबूढी अहिले भत्किएको घर अगाडि बसेर दुःख सुखको बात गर्न थालेका छन् ।
भूकम्पले घरबास खोसिदिएपछि भग्नावशेष अगाडि २५ वर्षपछि सँगै भेटिएका राना मगर दम्पतीले एकै स्वरमा भने– ‘विपत्तिले धेरैको ज्यान लगे पनि हाम्रो भने मिलन गराइदिएको छ । दुःखले खुसी ल्याए पनि घर छैन, खानेबस्ने चिन्तामा छौँ ।’
भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लाका अधिकांश घर, गोठ भत्किएका छन् । बस्नेखाने ठाउँ छैन । अन्नपात, धन सम्पत्ति भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । मर्ने त मरिगए बाँच्नेहरुका लागि श्वास धान्न यतिखेर मुस्किल परेको छ ।
बुङ्कोटका ५०० घरमध्ये एकाध घरमात्रै बचेका छन् । बस्नका लागि पाल छैन । दिनभरि घाम लाग्दा रुखमुनि बस्न सकिन्छ तर राति पानी पर्दा बासको ठेगान छैन बुङ्कोटवासीको । सरकारी निकायले राहत सामग्रीका नाममा चारोमात्रै छरेको उनीहरुको आरोप छ । पहुँच भएकाहरुले सहज रुपमा राहत सामग्री पाए पनि निमुखाहरुले केही पाएका छैनन् ।
गाउँका अधिकांश युवा विदेश गएका छन् । भत्केका घर र तिनको संरचना पन्छाउने र पुनःनिर्माण गर्ने जनशक्तिको अभाव छ । राहतस्वरुप प्राप्त पाल दर्के पानी झेल्न नसक्ने खालका छन् भने एउटा वडालाई तीन वटा पाल दिइएको जानकारी दिँदै स्थानीय मधुकरराज वन्त मागअनुसारको पाल नआएका कारण वितरणमा समस्या भएको बताउँछन् ।
राहतको नाममा विभिन्न सङ्घसंस्थाले केही चाउचाउ र बिस्कुट ल्याएर तमासा गरिरहेको आरोप स्थानीयवासीको छ । ‘चाउचाउ र बिस्कुटले पेट भरिँदैन, पहिले बस्नका लागि त्रिपालको व्यवस्था गरियोस्, त्यसपछि खाद्यान्नको व्यवस्था होस् । राहतको नाममा प्रचार गराउनेहरु बुङ्कोट नआए हुन्छ ।’ स्थानीय शुक्र श्रेष्ठले आक्रोश पोख्दै भने । पीडितले पैसा तिरेर पनि २० किलोभन्दा बढी चामल पाएका छैनन् । पिउने पानीको समस्या छ, पोल ढलेका र प्रसारण लाइनमा समस्या आएकाले मोबाइल चार्ज गर्न नसक्दा उद्धारका लागि आफन्तलाई बोलाउन नपाएको गुनासो गर्छन् अर्का पीडित लीला खनाल ।
गाउँघरमा विकासको लहर फैलिइसकेको थियो भूकम्पले त्यसलाई २० वर्ष पछाडि धकेलिदिएको छ । पुनःनिर्माण गर्न कम्तीमा पनि १० वर्ष बढी लाग्ने स्थानीयवासीको भनाइ छ ।
राहत सामग्री लिएर जानेहरु गाउँमा कुटिने समस्या बढेको छ भने मरेका चौपायाका कारण गाउँमा दुर्गन्ध फैलिएको छ । घर भत्किए पनि शौचालय भने बाँकी रहेकाले सरसफाइमा भने खासै समस्या छैन बुङ्कोटमा ।
प्रहरी प्रशासनको भवन पनि भूकम्पले भत्काइदिएको छ । प्रहरीको भवन नहुँदा सरकारले प्रदान गरेको राहत सामग्री वितरणमा थप समस्या भएको छ । बुङ्कोट प्रहरी चौकीका प्रमुख होमनाथ अधिकारी स्थानीय जनतासँगै समस्यामा परेको गुनासो गर्छन् ।
सरकारी निकायका रुपमा गाउँमा उपस्थित प्रहरी चौकी भत्किएपछि प्रहरीको नै उद्धार कसले गरिदिने हो प्रश्न खडा भएको छ । काठमाडौँमा महामारी फैलिन्छ भन्दै गाउँ पुगेकालाई स्थानीयले ‘पर्यटक गाउँ आए’ भन्दै व्यङ्ग्यसमेत गर्ने गरेका छन् ।
सदरमुकामबाट १० किलोमिटरको दूरीमा मात्रै रहेको बुङ्कोटमा दलित तथा अशिक्षितलाई भने राहत तथा उद्धारमा भेदभाव गरिएको साने नेपाली गुनासो गर्छन् । दलित भएकै कारण आफूले राहत सामग्री नपाएको उनी बताउँछन् ।
राहत सामग्रीका लागि दिनभरि प्रहरी चौकीमा धाउँदा पनि राहत नपाएको बताउँदै नेत्रमाया थापा मगरले भनिन्– ‘घरमा बूढाबूढीमात्रै छन् । श्रीमान् विदेशमा हुनुहुन्छ । विपद् सबैलाई परेको छ, तर महिला र कोही पनि घरमा नहुनेहरुका लागि भने समस्या परेको छ ।’
जिल्लाको नामजुङ, घैरुङ, ताप्ले, आश्राङ, बोर्लाङ, ताप्लेका ९० प्रतिशत घर भत्किएका छन् । बारपाकलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण महामारी फैलने जोखिम पनि बढेको छ । मरेका चौपाया जथाभावी फालिएका कारण गाउँ दुर्गन्धित भएको छ । मरेका चौपायाको व्यवस्थापन समस्या बनेकै छ त्योभन्दा बढी बाँचेकालाई बचाउन मुस्किल परेको स्थानीयको भनाइ छ ।
बूढीगण्डकीमा मरेका पशु चौपाया फालिएका कारण उक्त नदीको पानी पिउन अयोग्य भएको छ । भूकम्पपछि कतिपय पुराना पानीका मूल सुकेका छन् भने कतै नयाँ मूल फुटेका छन् ।
भग्नावशेष उत्खनन गर्न र नयाँ घर बनाउनका लागि पनि श्रमिक नपाइँदा थप समस्या भएको तथा गाउँमा सामाजिक भावना हराएको छ । खुला आकाशमुनि बसिरहेकाको एउटै माग छ– बस्नका लागि पाल र खानका लागि चामल ।
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: