Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

किम जोनले गरे वार्ताको आह्वान स्वीकार

\"\"दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले सोलसँग अर्को हप्ता वार्ता गर्न सहमति जनाउँदै एउटा पत्र पठाएको जानकारी दिएका छन् ।

उक्त वार्ता आगामी मंगलवार हुनेछ । एकजना सरकारी प्रवक्ताले पियोङचाङ हिउँदे ओलिम्पिक्स र अरु आपसी स्वार्थका विषयमा वार्ताको एजेण्डा हुने बताएका छन् । ज्यानुअरी ९ मा हुने वार्तामा उत्तर कोरियाली खेलाडीहरुलाई आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्समा कसरी सहभागी गराउने भन्नेबारे छलफल हुनेछ । यसै हप्ता उत्तर कोरियाली नेता किम जङ अनले उक्त प्रतियोगितामा प्रतिनिधिमण्डल पठाउने विषय दुई देशको जनस्तरमा रहेको एकता देखाउने उपयुक्त अवसर भएको बताएका थिए । उक्त बैठक सीमावर्ती क्षेत्र पाममुनजोममा हुने अपेक्षा गरिएको छ । शान्ति गाउँ पनि भनिने उक्त स्थान कडा सुरक्षा घेरा भएको गैरसैनिक क्षेत्रमा अवस्थित छ र त्यहाँ ऐतिहासिक रुपमा दुई देशबीच वार्ताहरु हुने गरेको छ । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले हिउँदे ओलिम्पिक्स दुई देशबीचको सम्बन्ध सुधार गर्ने ऐतिहासिक अवसर भएको बताएका थिए । दुई देश अहिले पनि प्राविधिक रुपमा युद्धकै अवस्थामा छन् तर यसै हप्ताको शुरुमा प्रगति जस्तो देखिने एउटा सानो साङ्केतिक कदममा उत्तर कोरियाले दक्षिण कोरियासँग टेलिफोन हटलाइन पुन: स्थापित गरेको थियो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले एएफपी समाचार संस्थालाई वार्ता स्वीकार गरिएको पत्र शुक्रवार बिहान फ्याक्स मार्फत प्राप्त भएको जानकारी दिएको छ । अमेरिका र उत्तर कोरियाबीच महिनौँ यता तनावपूर्ण वक्त्वयबाजीका माझ ओलिम्पिक्स सहभागिता सम्बन्धी प्रारम्भिक कुराकानी अघि बढेको हो । ती दुई देशले एकअर्कालाई परमाणू अस्त्रले हमला गरेर विनाश गरिदिने चेतावनी दिने गरेका छन् । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र र परमाणु अस्त्रको परीक्षण गरेपछि कडा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु सामना गरिरहेको छ । ओलिम्पिक्स सहभागिताको वातावरण बनाउन दक्षिण कोरियाको आग्रह अनुसार उक्त खेलको समयमा हुने भनिएको दुईपक्षीय सैन्य अभ्यासलाई स्थगित गर्न अमेरिका सहमत भएको छ । उत्तर कोरिया त्यस्ता सैन्य अभ्यासबाट आक्रोशित हुने गरेको छ र उसले त्यसलाई लडाइँको तयारीका रुपमा चित्रण गर्ने गरेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending