Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

फेसबुक र ट्वीटरमा भारतीय मीडियाप्रती आक्रोश

 ‘#GoHomeIndianMedia’ ट्रेन्डिङ सञ्चालनमा काठमाडौ, महाविपतको बेला समाचार संकलन गर्न आएको भारतीय सञ्चारमाध्यम प्रती सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका प्रयोगकर्ताहरुले तिव्र आक्रोश व्यक्त गरेका छन् । ‘काम कम प्रचार बढी’ र ‘उद्धारका लागि खटाइएका नेपाली तथा विदेशि हेलिकप्टर र विमानहरुमा जबर्जस्ती प्रवेश गरेर उद्धार टोलीलाई समस्या उत्पन्न गर्न थाले पछि’ यो आक्रोश व्यक्त भएको हो । बैशाख १२ गते आएको भुकम्पले प्रभावितहरुका लागि सहयोग मागका लागि नेपाल सरकारको आपतकालिन बैठक नबस्दै भारतीय सेना जहाज मार्फत नेपालको धर्तिमा टेक्यो । आपतकालिन अवस्थामा सबैको ध्यान उद्धार र राहत तिर भएकोले कसैले पनि त्यसको विरोध या समर्थनमा समय खर्चिएनन् । तर त्यो सँगै आएको भारतीय मीडियाले सम्प्रेषण गरेको समाचार प्रति सबैभन्दा पहिले भारतकै महंगा सम्पादक मध्यका एक वरिष्ठ पत्रकार शेखर गुप्ताले आफ्नो ट्वीटर मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।‘प्रधानमन्त्री मोदीले नेपाललाई यसरी बचाए जसरी भगवान कृष्णले द्रौपतीलाई बचाए’ जस्ता सनसनी पुर्ण समाचार हरु भारतीय मिडियाले प्रसारण गरेका थिए । त्यसपछि नेपालका विभिन्न सञ्चारमाध्यमहरु तथा सामाजिक सञ्जालमा भारतीय सञ्चार माध्यमहरुले देखाएको रवैयाको आलोचना एकपछि अर्काे हुँदै सुरु भएको थियो । भारतीय सञ्चार माध्यमको व्यवहार प्रती नेपाली प्रयोगकर्ताहरु मात्रै असन्तुष्ट छैनन्, भारतीय प्रयोगकर्ताहरुले भारतीय सञ्चार माध्यमलाई भारत नपठाउन भन्दै झनै आक्रोश व्यक्त गरेका छन् । भारतीय सञ्चार माध्यमलाई कटाक्ष गर्दै विभिन्न कार्टुन, स्टिकर, मोन्टाज र एनिमेटेड तस्विरहरु बनाएर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा राखि रहेका छन् । भारतले विपतको बेलामा नेपाललाई गरेको उद्धार कार्यको सम्मान गर्दै उनिहरुले गरेको झुठो प्रचारको आलोचना भएको हो । पत्रकार शेखर गुप्ताले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले गरेको आलोचनालाई इंगित गर्दै ‘नेपाल भारतको कुनै राज्य होइन यो भारतीय मिडियाले बिर्सिए’ भने र ट्वीट गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy