Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

यातायात व्यवसायीको लुटः रत्नपार्कदेखि जोरपाटीसम्मको भाडा ५० रुपैयाँ !

काठमाडौँ, भूकम्पले राष्ट्रिय शोक परिरहेका बेला केही यातायात व्यवसायीले भने यसलाई लुट्ने अवसरका रुपमा उपयोग गरेको भन्दै यात्रुले यस्ता क्रियाकलाप रोक्न सरकारसँग माग गरेका छन् । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भूकम्पबाट घाइते भई उपचार गराइरहेका बिरामीलाई भेट्न जाँदा जोरपाटी माइक्रो बस व्यवसायी सङ्घबाट सञ्चालित यातायातले मनपरी भाडा असुल गरेको पीडित यात्रुले गुनासो गरेका छन् । ‘कलेजमा उपचाररत आफन्तलाई भेट्न आएको थिएँ, यस मार्गमा चल्ने बा१ज ८६८६ नं को माइक्रो बसले रत्नपार्कदेखि कलेजसम्म रु ५० भाडा माग्यो, यसअघि रु २५ मा माइक्रोमा यात्रा गर्न सकिन्थ्यो’– पीडित यात्रु रामकुमार बजगाईंले भने । कलेजमा भूकम्पपीडित करिब ३०० घाइते उपचार गराइरहेका छन् । घाइतेलाई भेट्न आफन्तको आवतजावत बढ्ने अवसरलाई उपयोग गर्दै सवारी साधनले मनपरी भाडा लिएका हुन् । सरकारले सार्वजनिक सञ्चारमाध्यममार्फत बढी भाडा लिने सवारी साधनका विषयमा १०३ नं फोनमा जानकारी गराउन सूचित गरे यो नम्बरको फोन नउठेको अर्का पीडित यात्रु मनिता महर्जनले गुनासो गरिन् । यता सुन्दरीजल मार्गमा चल्ने सिटी यातायातले भने जहाँ पनि चलाउन पाइने गरी सरकारले सवारी सञ्चालन अनुमति खारेज गरेकाले आफूलाई मन लागेका ठाउँमा चलाउन थालेका छन् । सुन्दरीजल–रत्नपार्क मार्गमा १५ मिनेटको फरकमा सवारी साधन चल्ने भए पनि अहिले सङ्कटका समयमा चाबहिल गएपछि गाडी रत्नपार्क अथवा बालाजुतिर जता पनि जानसक्छ भनी अन्योलमा पार्ने गरेको यात्रु राजेन्द्र श्रेष्ठले गुनासो गरे । ‘यस मार्गको बा१ज ७१९८ नं को गाडीले गुन्डा राखेर मन लागेको स्थानमा मन लागेजति भाडा लिएर चलाउने गरेका छन्’–उनले भने । महानगरीय ट्राफिक प्रहरी महाशाखामा भूकम्पपछिको समयमा धेरै यातायातले बढी भाडा लिएको गुनासो आएको जनाएको छ । महाशाखामा भूकम्पपछिको समयमा बढी भाडा लिएका धेरै गुनासो आएकाले कुनै फोन कहिले नउठेका पनि हुनसक्ने प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई सार्वजनिक अपराधको मुद्दा लगाइएकोसमेत उनले जानकारी दिए । “धेरै सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था विभागमा लेखी पठाएका छौँ”– उनले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला केही सवारी साधनले सङ्कटको यो घडीमा समेत यात्रु ठगेको अनुगमनका क्रममा प्रत्यक्ष फेला पारेकाले विभागलाई यस्तो कुकृत्य दोहो¥याउने सवारी साधनको सवारी सञ्चालन अनुमति खारेज गर्न माग गरिएको बताउँछन् । विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीसँग यस सम्बन्धमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा प्रवक्ता वसन्त अधिकारीको ९८४१२२३८८३ मा सम्पर्क गर्न भनेकोमा यस नम्बरमा पटक–पटक सम्पर्क गर्दा पनि फोन सम्पर्क हुन सकेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy