Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

३४९ किलोकी युवतीलाई बाहिर निकाल्न लाग्यो २ क्रेन, ७ कार, २ दमकलहरु

बेलायतकी सबैभन्दा मोटी महिलालाई यदि घरबाट अस्पताल लानुपरेमा के गर्ने ? उनलाई सजिलैसँग एम्बुलेन्सबाट अस्पतालसम्म पुर्याउन सकिन्छ तर सबैभन्दा ठूलो समस्या भनेको उनलाई घरभन्दा बाहिर निकालेर अस्पतालसम्म पुर्याउनु हो किनभने उनको भारी शरिरलाई सिधै ढोकाबाट बाहिर निकाल्न मुश्किल छ । २२ वर्षीया जोर्जिया डेविसको तौल करिब ३४९.२७ किलोको छ । ५ फिट ६ इन्च उचाई जोर्जियाको तौलमा कमी ल्याउन गरिएका सबै प्रयास असफल भइरहेका छन् । स्रोतका अनुसार उनलाइ बाल्यकालदेखि नै खानपिनमा विशेष रुची थियो । अहिले उनको तौल यति बढेको छ कि उनी केहि गर्न नसकेर सुतेको सुत्यै हुन्छिन् । जब उनलाई केहि गम्भीर प्रकारको समस्या देखिन्छ तब उनलाई निकै तामझामका साथ घरबाट अस्पताल लैजानुपर्छ । पछिल्लो तीन वर्षमा उनलाई तीन पटक अस्पताल लगिएको छ । पहिलो पटक उनलाई अस्पताल लैजाँदा घरको केहि भाग फुटाएर नै बाहिर निकाल्नु परेको थियो । अब अहिले उनको लागि घरको पहिलो तल्लामा बन्दोबस्त मिलाइएको छ । जहाँको ढोका निकै ठूलो बनाइएको छ । यसपटक जर्जियालाई विगत १५ दिनदेखि संक्रमण भएको थियो । उनलाई अस्पताल लैजान बिहानको ९ बजेदेखि सुरु गरिएको थियो र यो सिलसिला करिब ७ घण्टासम्म चल्यो । बिहान ९ बजेदेखि उनलाई दुईजना नर्सले तयार गर्न सुरु गरेका थिए । यहि बिचमा अस्पतालका स्टाफ, पुलिस र दमकल विभागका कर्मचाीहरु तैनाथ गराइयो । जब दिउँसो करिब २.३० बजे जर्जियालाई क्रेनबाट उठाएर एम्बुलेन्ससम्म लान कोसिस गरियो तब क्रेनले उनको तौल थाम्न नसकेर अर्को क्रेन बोलाउनु परेको थियो । बिहान ९ बजेदेखि जोर्जियालाई अस्पताल नपुर्याउन्जेलसम्म नजिकको इलाकामा ट्राफिक बन्द गरियो । मानिसहरुलाई त्यहाँ नजिकै आउनमा रोक लगाइयो । यहाँसम्म कि कसैले यो क्रियाकलापलाई नदेखोस् भन्दै पर्दा पनि लगाइयो । बेलुकासम्म अर्को क्रेन आयो र जोर्जियाको पलङसमेत उठाएर एम्बुलेन्समा सेट गरिदियो । अन्त्यसमा ७ घण्टा पछि जोर्जियालाई अस्पताल पुर्याइयो । उनलाई अस्पतालमा करिब एक हप्तासम्म राखिनुपर्ने बताइएको छ । छिमेकीहरुका अनुसार जोर्जियाले आफ्नो तौल कम गर्नका लागि सलाद खान सुरु गरेकी थिइन्, अन्य कोहीले उनलाई सलाद खानुका साथै उनले खाने गरेको फास्ट फुड पनि बन्द गर्नुपर्ने बताएका छन् । जोर्जियाको नाम सबैभन्दा पहिले त्यतिबेला सार्वजनिक भयो जब उनी १५ वर्षकी थिइन् । त्यतिबेला उनको कम्मर ६४ इन्चको थियो र उनको तौल २०९.५६ किलो थियो । त्यतिबेला उनले भनेकी थिइन्, ‘यस्तो हुनुमा मेरो पनि गल्ती छ तर म खाना खान बन्द गर्न सक्दिनँ । यो नशाको रुपमा छ । कोही मानिसहरु नशाको लागि लागुपदार्थ लिने गर्दछन् तर मैले खाना खान मन पराएँ र यसले मलाई दिनदिनै खाँदै छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies