Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भूकम्पपछि संक्रमणको खतरा

बनेपा, नगरपालिकसँगै जोडिएको देवीटार गाविसमा संक्रमण फैलन थालेको छ । भूकम्पमा परी मरेका वस्तुभाउ राम्रोसँग नपुरिएका कारण दुर्गन्ध फेलिएर संक्रमण बढ्न थालेको स्थानीयले बताएका छन् । संक्रमणकै कारण देवीटार– १ का दोर्जे लामा ३ दिनदेखि औषधी सेवा गरिरहेका छन् । उनले भने– ‘रुघाखोकीका कारण मैले ३ दिनदेखि औषधी खाँदै आएको छु ।’ अहिले पनि उनी बनेपास्थित शिर मेमोरियल अस्पतालबाट औषधी लिएर खाइरहेका छन् । उनका अनुसार सोही टोलमा रोना लामा र खसलमाया तामाङले पनि रुघाखोकी लागेर औषधी सेवन गरिरहेका छन् । भूकम्पमा परी मरेका वस्तुभाउ कुहिन थालेपछि गाउँमा दुर्गन्ध फैलँदै गएको स्थानीय ज्ञानबहादुर तामाङले बताए । क्षतिको विवरण संकलनको क्रममा पशुको पनि विवरण टिप्न जिल्ला पसुसेवा कार्यालयबाट टोली पुगेको भए पनि दुर्गन्ध फैलिन सक्ने विषयमा खासै चासो नदिएको तामाङले बताए । उनका अनुसार दुर्गन्धबाट बालबालिका पनि बिरामी पर्न थालेका छन् । प्रायः घरहरु पूर्ण रुपमा क्षति भएका कारण गाउँलेहरु बाहिर त्रिपालमा बस्दै आएका र त्यही क्रममा पटकपटक आइरहेको भूकम्पीय धक्काले बालबालिकामा मानसिक सन्त्रास भएकाले राति सुताउन समेत कठिन भएको ज्ञानबहादुरले बताए । बालबालिकामा मानसिक सन्त्रास झन् बढ्दै गएकाले त्यसलाई कम गर्न सम्बन्धित निकायले आवश्यक पलह गर्नुपर्र्ने उनको आग्रह छ । गाउँमा संक्रमण फैलिएकोबारे आफुलाई थाहा नभएको उपस्वाथ्यचौकी देवीटारकी अनमी सीता ढकालले बताइन् । ‘दुर्गन्धकै कारण बिरामी भएको भन्ने त जानकारी आएको छैन’, उनले भनिन्– हामीले बिहानदेखि बेलुकासम्म सेवा दिइरहेका छौं । यस क्रममा भूकम्पमा परेका सामान निकाल्ने क्रममा हातखुट्टामा घाउ भएकाहरुलाई, झाडापखाला र रुघाखोकी लागेकाहरुलाई उपचार गरिरहेका छौं ।’ भूकम्पका कारण स्वास्थ्यचौकीको भवन पूर्ण क्षति भएकाले बाहिरै बसेर सेवा दिइरहेको ढकालले बताइन् । गर्मी बढ्दै आएकाले धूलो, घाम र खानेपानीको समस्याका कारण आफुहरुलाई समेत समस्या भइरहेको उनले बताइन् । भवन पूर्ण क्षति भएपछि उपस्वाथ्य चौकीका कुनै पनि सामान निकाल्न नपाएकाले उपचार सामग्रीको समेत अभाव भएको उनले बताइन् । भूकम्पको त्राससँगै चोरीको बिगबिगी समेत बढेकाले पनि गाउँलेमा थप सन्त्रास फैलिएको दोर्जे तामाङले बताए । घर पूरै क्षति भएका देवीटारवासी बाहिर त्रिपाल हालेर बसेको र त्यसमाथि चोरको बिगबिगी बढ्न थालेपछि सुरक्षाका लागि गाउँमा संरक्षण समिति समेत गठन गरिएको उनले बताए । गाउँलेले ज्ञानबहादुर तामाङको संयोजकत्वमा ९ सदस्यीय संरक्षण समिति गठन गरेका छन् । समस्यैसमस्यामा परेका देवीटारवासीलाई भूकम्पको कारण गाउँमा जाने मोटरबाटो समेत भत्केपछि उपचार र राहतका सामग्री लान र आवतजावत गर्न पनि समस्या भएको छ । गाउँमा बसाइ व्यवस्थित गर्न नसक्दा वस्तुभाउ बाँध्ने र खाना पकाई खाने काम एकै ठाउँमा गरिरहेकाले थप संक्रमण हुन सक्ने खतरा स्थानीयवासीले औंल्याए । सो सम्बन्धमा जिज्ञासा राख्दा जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख डा. राजेन्द्रप्रसाद साहले आफूकहाँ जानकारी नआएको बताए । ‘त्यस विषयमा के–कस्तो रहेछ, बुझेर जानकारी लिने छु’ डा. साहले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending