Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

महाविपत्तिमा सेलिब्रिटी, कसले के गरे ?

महाभूकम्पमा परि हज्जारौँको ज्यान गुमेको छ । करोडौंको धनजन क्षती भएको छ । देश क्षत विक्षत बनेको छ । यतिबेला अन्तर्राष्ट्रिय बजारका चर्चित सेलिब्रिटीहरु पनि नेपालका भूकम्पपीडितहरुका लागि केहि गरौँ भन्दै लागि परेका छन् । मेस्सी, रुनी, मार्क जुकरवर्ग, अमिताभ बच्चन, डेभिड बेकह्याम, अक्षय कुमार, रोनाल्डो, लुम्ले, गोब्जेलगायतका अन्तर्राष्ट्रिय स्तरका सेलिब्रिटी समाचार बनिरहँदा नेपाली सेलिब्रिटीको चर्चा उनीहरुको तुलनामा पक्कै कम छ । तर बिस्तारै उनीहरुको सक्रियता बढ्दो छ । सेलिब्रिटी सबैका परिचित व्यक्तित्व हुन् । उनीहरुको सानो कदमले पनि समाजमा ठूलो प्रभाव पारेको हुन्छ । विपत लगत्तै आफ्नो अस्तित्व देखाउन नसकेका नेपाली सेलिब्रिटीहरु अहिले बिस्तारै राहत कार्यक्रममा सरिक भइरहेको देख्न सकिन्छ । नेपाली मनलाई आफन्तको अभाव भइरहेको बेला हाम्रा सेलिब्रिटीहरुले आफ्नो सामाजिक उत्तरदायित्व वहन गरे कि गरेनन् ? हज्जारौँ मानिसलाई चोट  लाग्दा उनीहरुलाई चहर्‍यायो कि चहर्‍याएन ? उनीहरु रिल लाइफमा मात्र हिरो/ हिरोइन हुन् कि रियल लाइफमा पनि, यसको पुष्टि हुने बेला यहि हो  । देश महाविपतमा छट्पटिरहेको बेला सेलिब्रिटिहरु के गर्दैछन् । \"rajesh-hamal\"अभिनेता राजेश हमालले नेदरल्याण्डमा संकलन गरे १ करोड हाल नेदरल्याण्डमा रहेका महानायक राजेश हमालले १ करोड रुपैयाँ राहत रकम संकलन गरेका छन् । उनले त्यहाँ हालसम्म एक करोड राहत संकलन भएको जानकारी दिएका छन् । यो रकमलाई विभिन्न फाउन्डेशनमार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्या इने बताएका छन्  फेसबुकमार्फत  सो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल फर्कने बताएका छन् । \"Haribansha,मदनकृष्ण श्रेष्ठ, हरिवंश अाचार्यद्वारा सिन्धुपाल्चोकका पीडितलाई राहत सामग्री प्रदान अभिनेता तथा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मह संचार तथा सि एन आइ द्वारा स्थापित नागरिक राहत कोषमार्फत  दुई ट्रक राहत सामग्रीसहित सिन्धुपाल्चोक र चौताराका पीडितहरुलाई ४० हजार प्याकेट चाउचाउ, ७९ थान पाल, २०० थान बाक्लो ब्ल्याङ्केट, ५०० थान पातलो ब्ल्याङ्केट, १५० कार्टून मिनरल वाटर, २५० केजीको पाँच बोरा सत्तु र अन्य विभिन्न सामान नेपाली सेना र जिल्ला सिडिओलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । आज राहतसामग्रीसहित नुवाकोट जान लागेको हरिवंशको फेसबुकमा जानकारी दिइएको छ  । \"Munaमुना थापामगरले गृहजिल्लाका १२९ घरलाई दिइन् राहत सामग्री मुना थापामगरले गोरखाको मनकामना गा.वि.स – ९ बासीलाई गत बिहिबार आफैँ मनकामना पुगेर ३६ पीडित घरका १२९ लाई राहत प्रदान गरेकी थिइन् । आफ्नो जन्मथलो मनकामनामा उनले २५ बोरा चामल, २ बोरा नून, १०० मिटर म्याट्रेस, २० कार्टुन बिस्कुट र २० कार्टुन पानी सहयोग गरेको फेसबुकमार्फत जानकारी दिएकी छिन् । उनले आफू नथाकेसम्म निरन्तर सहयोगमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरेकी छिन् । सुनिता दुलाल राहत बोक्दै गृह जिल्लामा, जस्तापाताको खोजीमा सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएकी लोकगायिका सुनिता दुलालले आफू र आफ्नो परिवारको तर्फबाट एक लाख छुट्टाउँदै सहयोग थालनी गरेकी छिन् । उनले आफ्नो खाता नम्बर दिँदै सबैमाझ सहयोगको अपिल गरेकी छिन् । सुनिताले आफ्नो पहलमा इजराइलबाट ४५ हजार रकम, जापानबाट ३ लाख ३ हजार ९५ र अमेरिकाबाट २६ हजार रुपैयाँ संकलन गरि  सिन्धुपाल्चोकको जलबिरे, सागिने, हिले, पैरे, धुस्कोट, फुल्पिनङकोट, फलमसागुलगायत केहि ठाउँमा सहयोग गरेकी छिन् । भूकम्पपीडितलाई त्रिपाल र टेन्ट आवश्यक रहेको हुँदा पैसा तिरेर पनि किन्न नपाएको उनले दुखेसो पोखेकी छिन् । उनी अहिले जस्तापाताको खोजीमा रहेकी फेसबुकमार्फत जानकारी दिएकी छिन् । \"REkhaरेखा थापा पशुपतीमा शव जलाउने कार्यमा सहयोग गर्दै नायिका रेखा थापा निर्देशक हिमग्याप लामासँगै महाभूकम्पका पीडितहरुलाई सान्त्वना दिन पशुपती आर्यघाटमा पुग्ने गरेकी छिन् । आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई उनी शव जलाउने कार्यमा सहयोग गरिरहेकी छिन् । यसका साथै उनले खोकनालगायतका विभिन्न ठाउँहरुमा आफूले सक्नेजति सहयोग गरिरहेको समेत फेसबुकमार्फत जानकारी दिएकी छिन् । धुर्मुस, सुन्तली अमेरिका छोडेर काभ्रे, कोसीपारिको माझीगाउँका स्थानीयलाई राहत सामग्री प्रदान गर्दै साँढे दुई महिनाका लागि अमेरिका हानिएका हास्य अभिनेता दम्पती सीताराम कट्टेल (धुर्मुस)  कुञ्जना घिमिरे (सुन्तली) महाभूकम्पका कारण एक महिनामा नै राजधानी उत्रिए । १८ लाखसहित भूकम्प गएको भोलीपल्ट राजधानी उत्रेलगत्तै उनीहरु राहत सामग्री जुटाउन आवश्यक तयारीमा जुटे । सोमबार नुवाकोटको ओखरपौवा पुगेका  धुर्मुस दम्पत्तीले त्यहाँको ८ र ९ वडाका भूकम्पपीडितलाई ६१ टेन्ट, सय बोरा चामल, चाउचाउ लगायतका सामग्री आफ्नै हातले बितरण गरेको बताएका छन् । पत्नी कुञ्जना, भद्रगोलका जिक्री (कुमार कट्टेल), पाँडे (अर्जुन घिमिरे), कक्रोच (हरि निरौला), मेरी बास्सैका सुरेश दर्शने संलग्न रहेको बताएका छन्  । मंगलबार पनि यो समूहले काभ्रे, कोसीपारिको माझीगाउँका पीडितलाई राहत वितरण गर्दैछ । अझसम्म कोही पनि नपुगेको उक्त ठाउँमा आफूहरु गणेशमान मेमोरियल हस्पिटलका डाक्टर र नर्ससहित राहत सामग्री लिएर जान लागेको धुर्मुसले बताए । माल्भिका सुब्बा काठमाडौं बाहिरको लागि यातायातको चाँजोपाँजो मिलाउँदै   पहिलो सहयोग नुवाकोटबाट थालनी गरेकी माल्भिका सुब्बाले काठमाडौं बाहिर राहत रकम पठाउन चाहनेका लागि आफूसँग भण्डारण गर्ने ठूलो ठाउँ भएको जानकारी दिएकी छिन् । यसका लागि उनले आफ्नो फोन नंः ९८०१०६२५७२ समेत सार्वजनिक गरेकी छिन् । राजधानी भित्र धेरैले राम्रो गरिरहेकाले आफूले काठमाडौं बाहिरको क्षेत्रलाई बढि ध्यान दिएको उनले प्रस्ट पारिन् । आफ्नो समूहमा दैनिक रुपमा दुईवटा ट्रक, दुईवटा टिप्पर, दुईवटा पिकअप स्ट्याण्डबाई रहेकोसमेत जानकारी दिएकी छिन् । पछिल्ला केहि दिनमा उनको समूहले नुवाकोट–गेर्कु र सामग्रीमा ट्रकहरु पठाइरहेको र केहि दिन अघिमात्र नुवाकोटको समुन्द्रटारमा राहतसहितको ट्रक पठाएको जानकारी दिइन् । आफ्नो समूहमा तीनजना डाक्टर भएको र डा. सुदेश्ना अझै पनि नुवाकोटमा नै रहेकोसमेत उनले बताएकी छिन् । उनको सहयोग टोलीले सिन्धुपाल्चोक, धादिङ र नुवाकोटमा पनि राहत सामग्रीको पठाइने बताएकी छिन् । गत अप्रिल ३० तारिकमा उनको समूहले नुवाकोटको समुन्द्रटारका ९ वटा गाविसमा सामानहरु बाँडेको फेसबुकमार्फत जानकारी दिएकी छिन् । \"Namrataनम्रता श्रेष्ठ कर्थलीमा राहत सामग्री प्रदान गर्दै आफ्नो अकाउन्टमा जम्मा भएको सबै पैसा प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरिदिने नायिका नम्रता श्रेष्ठले बताएकी छिन् ।  संकलित रकम कुनै पनि हालतमा दुरुपयोग नुहने आश्वासनसमेत उनले दिएकी छिन् । उनी  नेपालीहरुले अझै हार नमानेको बताउँछिन् । भूकम्पपीडितका लागि आफूले पहिलोपटक रक्तदान गरेको तस्बिर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् । बाह्रबिसेभन्दा केहि घण्टाको दूरीमा रहेको कर्थलीमा आफ्नो समूहले पीडितलाई औषधी, टेन्ट, खानेकुरा, लुगाफाटा, ब्ल्याङ्केटलगायतका सामग्री प्रदान गरेको उनले जानकारी दिएकी छिन् । \"Priyankaप्रियंका कार्की विदेशमा राहत रकम संकलन गर्दै नायिका प्रियंका कार्की पानी पिउन सहयोग गर्न पाएकोमा खुसी छिन् । सुरक्षित हुनेहरुले अब अरुलाई सहयोग गरि  सुरक्षित बनाउन सहयोगी हात अगाडि बढाउन उनको अपिल छ । आफ्नो घरमा ठूलो जारमा पानी बाँड्न आएको गाडीको दाइसँग कुरा गरेर उनले घरमा पानीको आवश्यक नभएको भन्दै त्यहि गाडीमा चढि मंगलबजार भित्र च्यासल र सुन्धारातिर पानी बाँड्दा पाएको खुसी व्यक्त गरिन् । न्यानो संसार नामक संस्थाले नुवाकोट पठाउन गरिरहेको तयारीमा उनले भरपुर साथ दिएको जानकारी दिइन् ।  पाटन पुगेर त्यहाँ चाहिएको वस्तुको लिष्ट बनाएर बीर अस्पतालको हेल्प डेस्कमा उनका साथी सुदनलाई दिएर त्यसको सबै चाँजोपाजो मिलाएर घ फर्किदाँ आफूलाई छुट्टै आनन्द आएको उनी बताउँछिन् । खोकनामा उनले खाना, पानी, औषधी र अरु चाहिने सामान पठाएको जानकारी दिएकी छिन् । भैंसीपाटीभन्दा अलि माथि रहेको यो बस्तीमा राहत अझै पुग्न नसकेकोमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छिन् । भूकम्प गएको तीन दिनसम्म सहयोग गरेकी प्रियंका अहिले कार्यक्रमको सिलसिलामा लण्डनमा छिन् । उनले त्यहाँस्थित नेपालीहरुबाट भूकम्पपीडितका लागि सहयोग रकम जुटाइरहेकी छिन् । २ घण्टाको एक कार्यक्रममा १ लाख ५० हजार उठेको बताउँदै आफू अझै धेरै कम्युनिटीहरुमा गएर अझै सहयोग बटुल्ने र जति पनि आर्थिक सहयोग लुगा फाटा, औषधी, खाना सामग्री उठ्नेछ, ती सबै लिएर नेपाल आएर आफैँ खट्ने उनले बताएकी छिन् । यी कुराहरुको जानकारी उनले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेकी हुन् । \"Kekiकेकी अधिकारी काभ्रेका लागि टेन्ट, पाल सहयोग गर्न आग्रह गर्दै नायिका केकी अधिकारी टिचिङ हस्पिटलको ‘हेल्प डेस्क’ मार्फत भूकम्पपीडितलाई सहयोग गर्दैछिन् । उनले गोरखामा डाक्टरसहितको राहत सामग्रीलाई गोरखा पुर्याउन निकै सहयोग गरेको उल्लेख गरेकी छिन् । काठमाडौंकै राहत नपुगेको ठाउँ झोरमा आवश्यक टेन्ट, ब्ल्याङ्केट, खानेकुरा, पानी जुटाउन उनले आह्वान गरेकी छिन्  । नुवाकोटमा राहत पुर्याएको र जति प्रयास गरेपनि त्रिपाल किन्न नपाएकोमा आफू दुखी भएकोसमेत गुनासो व्यक्त गरेकी छिन् । अब आफ्नो समूह चाँडै नै काभ्रे जाने हुँदा टेन्ट अथवा पाल सहयोग गर्न आग्रह गरेकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending