Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

नेपाली सेनाद्वारा उद्धार तथा राहत कार्य जारी

काठमाडौं, नेपाली सेनाले भूकम्पबाट प्रभावित १४ वटा जिल्लाका दुर्इ ८४ गाविसमा प्रभावकारी ढङ्गले फौजलाई परिचालन गरी आफूसँग उपलब्ध स्रोत, साधनको अधिकतम रुपमा सदुपयोग गर्दै मंगलबार पनि निरन्तररुपमा खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सोमबार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अबेर रातिसम्ममा काठमाडौं जिल्लाको गोंगबुबाट तीन जनाको शव र दोलखा जिल्लाको लामावगरबाट तीन जनाको शव उत्खनन गरी निकालेको थियो । त्यसैगरी, सोमबार नेपाली सेनासँग भएका विभिन्न किसिमका हेलिकप्टर भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, काठमाडौं, रामेछाप, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, रसुवा, ओखलढुङ्गा, दोलखा, मकवानपुर र सिन्धुलीमा उद्धार टोलीसहित राहत सामग्री लिई गएको थियो । सोही क्रममा सोमबार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, दोलखा, काभ्रेपलाञ्चोक र धादिङ जिल्लाका विभिन्न स्थानबाट स्वदेशी नागरिक दुर्इ सय सात जना र विदेशी नागरिक १८ जना गरी जम्मा दुर्इ सय २५ घाइते बिरामीलाई नेपाली सेनाको हवाई साधनद्वारा उद्धार गरिएको विज्ञप्तिमा जनाइएको छ । यसै क्रममा सोमबार अबेर रातिसम्ममा नेपाली सेनाले हवाई तथा यातायातको साधन प्रयोग गरी सिन्धुपाल्चोक जिल्लामा खाद्यान्न १९ टन र राहत सामग्री १७.५ टन, रामेछाप जिल्लामा खाद्यान्न २२ टन, त्रिपाल पाँच सय ८५ थान र कम्बल दुर्इ सय ३५ थान, दोलखा जिल्लामा खाद्यान्न १.५३ टन र राहत सामग्री १.५ टन, काभ्रेपलाञ्चोक जिल्लामा खाद्यान्न ३.०८ टन, पाल एक सय ४० थान र मन्डी एक सय थान पुर्‍याइएको थियो । त्यसैगरी, ओखलढुङ्गा जिल्लामा खाद्यान्न तीन टन, पाल २ सय ५७ थान र मन्डी ९० थान, मकवानपुर जिल्लामा खाद्यान्न ४०.२ टन, पाल १ सय ३ थान, त्रिपाल चार सय थान र म्याट्रेस ६ सय थान एवम् सिन्धुली जिल्लामा खाद्यान्न ३.५ टन, कम्बल ४ सय  थान, त्रिपाल तीन सय ११ थान र म्याट्रेस एक सय ३५ थान पुर्‍याइएको थियो । काठमाडौंमा खाद्यान्न चार हजार केजी, पाल २८३ थान र मन्डी ३ सय थान, भक्तपुरमा खाद्यान्न ५० टन र पाल ४ सय ९१ थान र ललितपुरमा खाद्यान्न पाँच टन पुर्‍याइएको थियो । नुवाकोटमा खाद्यान्न छ टन, पाल ५० थान र मन्डी ५० थान, धादिङमा राहत सामग्री ११ टन, रसुवामा खाद्यान्न ८१.४४ केजी, पाल २५ थान र मन्डी ४४ थान र गोरखामा खाद्यान्न १४.७ टन, राहत सामग्री १०.१ टन, त्रिपाल एक सय ५४ थान र कम्बल एक सय ८३ थान पु¥याइएको सेनाले जनाएको छ । यस राष्ट्रिय विपद्को कठिन घडीमा नेपाली सेनाले आफ्नो जनधनको क्षति भए तापनि कति पनि विचलित नभई देश र जनताप्रति समर्पित रही खोज, उद्धार र राहत सामग्री पुर्‍याइने कार्यमा अहोरात्र खटिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending