Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

उड्डयन प्राधिकरणमा सिलबन्दी

\"\"भक्तपुर । नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालिम भवनमा मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- मध्यपुर थिमि–२ गठ्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को तालिम भवन निर्माण गर्दा नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सा पाससमेत नगरी निर्माण थालेको भन्दै सिलबन्दी गरेको हो । प्राधिकरणले करिब ७ करोड रुपैयाँ लागतमा साढे २ तलाको (एटीसी) तालिम भवनको निर्माण एक महिनाअघि थालेको थियो । नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, नगरपालिकाका इन्जिनियर, २ नम्बरका वडाध्यक्ष राम थापा, ३ नम्बरका वडाध्यक्ष प्रेम कुटु, नगरपालिका कर्मचारीलगायतको टोलीले बुधबार सिलबन्दी गरेपछि प्राधिकरणको (एटीसी) भवन निर्माण कार्य रोकिएको छ । साबिक हवाई विभाग तथा हालको नागरिक उड्डयन प्राधिकरणले जुन प्रयोजनका लागि स्थानीयको जग्गा अधिग्रहण गरेको हो, त्यसविपरीत कार्य गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकासँग स्वीकृति नलिई भवन निर्माण थालिएकाले सिलबन्दी गर्न बाध्य भएको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । प्राधिकरणले स्थानीयको जग्गा अधिग्रहण गरी बिचौलियाको चंगुलमा डुबाएको समेत नगरप्रमुख श्रेष्ठको आरोप छ । ‘प्राधिकरणले अधिग्रहण गरेको जग्गा आइचर कम्पनी, एग्रोभेट खाद्यान्न भण्डारण, ग्रिल कारखाना, हाइड्रोपावर कम्पनीको हेभी सामग्री भण्डारणका लागि भाडामा दिएको छ,’ उनले भने । आइचर कम्पनीले मात्र १ सय ७५ रोपनी जग्गामो क्षेत्रफल ओगटेको नगरपालिकाले जनाएको छ । आइचर कम्पनीले नगरपालिकालाई ४ करोड ३४ लाख कर तिर्नुपर्ने र बिहीबारभित्र कर नतिरे कम्पनीमा सिलबन्दी गर्नेसमेत नगरपालिकाले जनाएको छ । प्राधिकरणको जग्गामा सञ्चालित अधिकांश कम्पनीले नगरपालिकालाई कर तिरेका छैनन् । प्राधिकरणले यस क्षेत्रको करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ दफा २७ र २८ मा भवन वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था भएकाले सोही ऐनमा टेकेर सिलबन्दी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । सरकारी निकायले नै लत्याएर भवन निर्माण सुरु गरेकाले नगरपालिका सिलबन्दी गर्न बाध्य हुनुपरेको समेत उनी बताउँछन् । स्थानीयको जग्गा अधिग्रहण गरी दुरुपयोग गर्दै जाने हो भने नगरपालिकाले जग्गाको स्वामित्व ग्रहण गर्ने नगरप्रमुख श्रेष्ठले बताए । ‘प्राधिकरणले स्थानीयको जग्गा अधिग्रहण गरे पनि कतिपयको मुआब्जा लिन बाँकी भएको र लगत कट्टासमेत गर्न बाँकी छ,’ उनले भने । २०७२ वैशाखको भूकम्पपछि सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्डअनुसार जानुपर्ने व्यवस्था हुँदा पनि ‘एयर ट्राफिक कन्ट्रोलर’ जस्तो संवेदनशील भवन निर्माण गर्दा प्राधिकरणले सरकारको नियम मिच्न खोजेको नगरपालिकाको आरोप छ । यता नागरिक उड्डयन प्राधिकरण (एटीसी) तालिम भवन निर्माणका प्रोजेक्ट म्यानेजर नरविक्रम थापाले भने प्राधिकरणलाई कुनै पनि जानकारी नै नदिई नगरपालिकाले आफूखुसी सिलबन्दी गरेको बताए । ‘प्राधिकरणले एटीसी तालिम केन्द्रका लागि अस्थायी भवन निर्माण गर्न लागेको हो,’ उनले भने, ‘अस्थायी संरचना निर्माणका लागि नक्सा पास आवश्यक छैन ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy