वाम गठबन्धनको समृद्धिका वाचा केवल मत तान्ने अस्त्र थिए वा यथार्थमै परिवर्तन ल्याउने दृढ इच्छाशक्तिको उपज थिए भन्ने कसीमा ओलीको परीक्षण हुनेछ । त्यसमा उनी जति खरो उत्रिए त्यति नै उनको राजनीतिक कद बढ्नेछ र उनको पार्टी वा एकीकृत पार्टी जे भएपनि वर्षौंसम्म उसलाई चुनावी लाभ हुनेछ ।सत्ता गठबन्धनको सहयात्री नेकपा माओवादी केन्द्रले साथ छाडेपछि डेढवर्षअघि सिंहदबारबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई अहिले उसकै समर्थनमा देशको प्रमुख कार्यकारी पदमा पुग्ने संयोग जुरेको छ । माअोवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यस्ता व्यक्ति हुन् जसले अोलीलार्इ सत्तामा पुर्याउनेदेखि सत्ताबाट अोराल्नेसमेत रोल खेलेका छन् । यसलार्इ अझ यसरी पनि बुझाैं अोलीलार्इ अविश्वासको प्रस्ताव लैजाने पनि उहि प्रचण्ड हुन् अनि अहिले विश्वासको प्रस्ताव लैजाने पनि उनै प्रचण्ड हुन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर लडेका एमाले र माअोवादीबीच एकताको प्रक्रियाले गति लिइरहेका बेला ओलीलाई उसको समर्थन अपेक्षित नै थियो । तर ओलीको सत्तारोहणको तयारी हुँदै गर्दा एकता प्रक्रियालाई लिएर माओवादी केन्द्र असन्तुष्ट रहेको छर्लङ्गै देखिएको छ । पहिलो चरणको मन्त्रिपरिषद्मा माअोवादीले नेता नपठाएर त्यस्तो असन्तोषको प्रष्ट सन्देश दिएको हुनसक्छ । माओवादी मन कुन तहमा कुँडिएको हो भन्ने ढिलोचाँडो प्रष्ट होला । तर प्रधानमन्त्री ओलीका लागि सुखद संकेत चाहिँ पटक्कै होइनन् समृद्धि र स्थायित्वको पूर्व वाचासहितको उनको सिंहदरबार बसाइका लागि न पार्टी एकताको यात्राका लागि नै । गठबन्धनको व्यवस्थापननै ओलीसामुको पहिलो चुनौती जस्तो प्रतीत हुन्छ । समृद्धिका वाचा केवल मत तान्ने अस्त्र थिए वा यथार्थमै परिवर्तन ल्याउने दृढ इच्छाशक्तिको उपज थिए भन्ने कसीमा ओलीको परीक्षण हुनेछ । त्यसमा उनी जति खरो उत्रिए त्यति नै उनको राजनीतिक कद बढ्नेछ र उनको पार्टी वा एकीकृत पार्टी जे भएपनि वर्षौंसम्म उसलाई चुनावी लाभ हुनेछ । नाकाबन्दी ताका ओलीले प्रधानमन्त्रीका रुपमा लिएको अडानले उनलाई धेरैको नजरमा राष्ट्रवादी नेताको कित्तामा पुर्यायो जुन छविले एमालेलाई हालैका चुनावमा लाभ दिएको कैयौंको बुझाइ पाइन्छ । एकातिर विगतमा रुष्ट भएपनि अहिले नरम देखिएको भारतले चीनतिर उनी नढल्किऊन् भन्ने आशय दर्साएको छ भने अर्कोतिर दिल्लीको त्यस्तो सन्देशका कारण नाकाबन्दी ताका उत्तरी छिमेकीसँग भएका पारवहन तथा इन्धन लगायतका सम्झौता कार्यान्वयनमा ओलीको गति सुस्त होलान् कि भन्ने चिन्ता नेपालमा पाइन्छ । राष्ट्रिय स्वार्थलाई हेर्दै दुई छिमेकीसँगको सम्बन्ध सन्तुलनमा राख्ने चुनावी वाचामा उनी कति खरो उत्रन्छन्, त्यसलाई पनि धेरैले नजिकबाट नियाल्नेछन् । ओलीले सामना गर्नुपर्ने पाँचवटा चुनौतीहरू माओवादीसँगको सम्बन्ध मन्त्रिपरिषद्को प्रारम्भिक स्वरूप हेर्दा पहिलो गाँसमै ढुङ्गा जस्तै देखियो । प्रधानमन्त्री ओलीका चुनौतीमध्येको एउटा चुनावी सहयात्री माओवादी केन्द्र र प्रचण्डलाई कसरी सम्मानजनक व्यवस्थापन गर्ने भन्ने हो । पहिलो दिन नै उनीहरूबीच सैद्धान्तिक विमति छ भन्ने देखियो । माओवादीले आफ्नो जनयुद्धलाई उपलब्धिमूलक राजनीतिक अभ्यासको रूपमा हेर्छ । त्यस्तै समावेशी, सीमान्तकृत समुदाय, महिला, दलित, जनजातिलाई राष्ट्रिय मूलधारमा ल्याउन आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उसले ठान्दछ । पार्टी एकीकरणमा देखिएका गाँठाहरूको प्रभाव सरकार गठनमा परेको हो । माओवादीले के ठान्छ भने एमालेले हतार गरेर सरकार गठनका लागि उसको सहयोग लिन चाहन्छ । तर विगतदेखि रहेका सैद्धान्तिक मतभेदहरू निर्क्यौल नगरी हतार गरेर सरकारमा गइयो भने पछि गएर विसङ्गति आउँछ र अहिलेको गठबन्धन अघि जाँदैन भन्ने माओवादीलाई लागेको छ । सन्तुलित विदेश नीति राजनीतिमा कुनै नेतालाई कुनै एक समयमा राष्ट्रिय मूलधारलाई डोर्याउन एउटा अडान लिनैपर्छ । त्यसरी हेर्दा ओलीले राष्ट्रवादी अडान लिएकै हुन् । भारतले खासगरी विनाशकारी भूकम्पपछि नाकाबन्दीको समयमा कठोर नीति लियो। पुनर्निर्माण कार्य रोकियो, इन्धन आपूर्ति भएन । त्यसपछि ओलीले चीनमा गएर जुन व्यापार र पारवहनसम्बन्धी सम्झौता गरे त्यसबाट तेल ल्याउन सम्भव भयो । नेपाल सिद्धान्तत: चीनसँगका बन्दरगाहहरू प्रयोग गर्न सक्ने भयो । त्यसले ओलीलाई भारतका अगाडि झुक्नुको सट्टा एउटा जुझारू, राष्ट्रवादी र स्वाभिमानी नेताका रूपमा देशमा स्थापित गरायो । तर ओलीको नयाँ दिल्लीसँग विगतमा राम्रो सम्बन्ध रहेको थियो । यस पटक पनि उनी प्रधानमन्त्री नबन्दै भारतीय प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाललाई आइन् । ओलीले भारतको गणतन्त्र दिवसका अवसरमा भारतीय प्रधानमन्त्रीलाई व्यक्तिगत चिट्ठी लेखे। यी सबै राम्रा दिनका संकेत हुन् । उनले दुवै देशसँगको सम्बन्ध सन्तुलित रुपमा बढाउँछन् जस्तो लाग्छ । तर नेपालका कुनै पनि शासकले या त धेरै भारतपरस्त या त चीनपरस्त भएर स्वाभिमान गुमाएको स्थित पनि छ । भारत र चीनसँग कसरी समान हिसाबले सम्बन्ध स्थापित गर्ने र तीव्र रूपमा विकास गरिरहेका दुवै देशबाट लाभ लिने भन्ने विषय ओली सरकारको विदेश नीति सञ्चालनको सबैभन्दा ठूलो चुनौती । संक्रमणकालीन न्याय सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिपन आयोगको विषय राजनीतिक रूपमा ओझेलमा परेको छ । तीन वर्षमा ती आयोगले खासै काम गर्न सकेका छैनन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय कानून र क्षेत्राधिकार हुने गर्छ र कतिपय अवस्थामा विदेशमा समेत पक्राउ पुर्जीहरू जारी गरिन्छन् । प्रधानमन्त्री ओलीसहित माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सबैले यी आयोगहरूले आगामी एक वर्षमा विश्वसनीय रुपमा काम अघि बढाउने कुरा सुनिश्चित गर्नुपर्छ । कम्बोडियामा सन् १९७० को दशकमा भएका हिंसाबारे अझै छलफल चलिरहेको छ । त्यही भएर संक्रमणकालीन न्यायलाई उच्च प्राथमिक्ता दिनुपर्छ । पार्टीभित्रको सन्तुलन आफ्नो पार्टीभित्रको सन्तुलन ओलीले कसरी मिलाउँछन् त्यो हेर्न बाँकी छ । तर नेपाली कांग्रेसमा जस्तो एमालेमा समस्या छैन । ओलीले कुनै अडान लिए भने पार्टीभित्र त्यसलाई स्वीकार गराउन सक्छन् ।चुनावअघि र चुनावपछि दुवै समयमा उनको त्यो क्षमता देखिएको छ । उनी पार्टीका नेता माधवकुमार नेपालसहितको खेमालाई विश्वासमा लिएर अघि बढ्न सक्ने देखेको छु । सुशासन र भ्रष्टाचार नियन्त्रण चुनावका बेला एमाले र माओवादीसहितको वाम गठबन्धनले मतदातालाई \'तपाईँहरू हामीलाई स्थिर सरकार बनाउन दिनुस् हामी समृद्धि दिन्छौँ भनेका थिए।\' भन्नलाई जे भन्दा पनि सजिलो हुन्छ । तर देशमा खर्च बढ्दो छ, राष्ट्रिय ढुकुटी रित्तिने क्रममा छ, अम्दानी कसरी गर्ने त्यो निर्क्यौल गर्नुपर्यो । र, यो पनि
प्रतिकृया लेख्नुहोस्: