Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

  [caption id=\"attachment_30280\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

चितवन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रहेको लजालु जनावर सालकको अध्ययन गरिँदै छ । सालकको अवस्था पत्ता लगाई यसको संरक्षण क्षेत्र बनाउने लक्ष्यसहित यहाँ अध्ययन गर्न लागिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टराईका अनुसार चितवनबाट अध्ययन शुरु गरिने र त्यसपछि मकवानपुर तथा गोरखामा समेत अध्ययन हुने जानकारी दिनुभयो । त्यसका लागि आजै क्यामेरा ट्रयापिङ टोली जंगल पठाइने उनले बताए । जिल्ला वन कार्यालय, हरियो वन कार्यक्रमको सहयोग र समन्वयमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सालकको अध्ययन गर्न लागेको हो । चितवनको कयरखोलादेखि भण्डारा ब्लकमा अध्ययन हुने भट्टराईले जानकारी दिए । मुख्यगरी सालकको अवस्था पत्ता लगाई यसको संरक्षित क्षेत्र बनाउने योजनाका साथ अध्ययन हुन थालेको जिल्ला वन अधिकृत केदार पौडेलले बताए । नेपालमा सालकको राम्ररी अध्ययन हुन सकेको छैन । स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । यसको खबटा गहनाको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । विश्वमा आठवटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक मात्रै पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले जैविक विविधतामा पारिस्थितिक प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्ने वन्यजन्तु विज्ञले बताएका छन् । सालकको अवस्थासँगै कुन प्वालमा सालक बस्छ, कस्तो प्रकृतिको माटोमा यसको वासस्थान हुँदो रहेछ भन्ने कुरा पनि अध्ययन गरिने कोषका अनुसन्धान अधिकृत भट्टराई बताउँछन् । स्याल दुम्सीले पनि प्वाल खनेको हुन्छ । सालकको र अन्य जनावरको प्वालमा के फरक छ भन्ने पनि अध्ययन हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending