Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

‘उपचार हैन, विष देऊ’

बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको गैरीबिसौना देउपुर गाविसका ५० वर्षीय टोलप्रसाद न्यौपानेलाई अहिले पनि रातिमा ठूलै भूकम्प आएको अनुभूति हुन्छ । भूकम्पका कारण आफ्नी श्रीमती र नाति गुमाएका उनलाई राति सुतेको बेलामा झस्किरहने समस्या देखिएको छ । त्रिपालमुनि किरिया गरेका उनको मुहारमा अहिले पनि कुनै चमक त छैन नै, उनी परिवार गुमाउँदाको पीडाले हतास र त्रस्त देखिएका छन् । भूकम्पका कारण उनमा देखिएको लक्षणले मनोसामाजिक समस्या देखिएको त होइन भन्ने शङ्का जन्माएको छ । जिल्लामा उनी प्रतिनिधि पात्र मात्रै हुन् । भूकम्पका कारण यस्ता बिरामीको बाहुल्य बढेको छ । धुलिखेल अस्पताल काभ्रेपलाञ्चोकले भूकम्पपछि हतास र चिन्तित अवस्थाका झन्डै ५०० देखि ७०० को हाराहारीमा त्यस्ता बिरामी उपचारका लागि आएको बताएको छ । धुलिखेल अस्पतालका मनोचिकित्सक डा अजय रिसालले भूकम्पका कारणले तुरुन्तै देखिने मानसिक समस्या केही सातापछि हराएर जाने तर्क गर्दै खास गरी महिला, बालबालिका र वृद्धवृद्धामा वढी प्रभाव हुने बताउनुभयो । उहाँले अपत्यारिलो, आवेग, चिन्ता, उत्तेजना, व्यत्तिगत या समूहमा तुरुन्तै देखापर्ने लक्षण भएको उल्लेख गर्दै यीसँगै भोक, प्यास हराउने, डर लाग्ने, निद्रा नलाग्ने पनि लक्षण आउन सक्ने बताउनुभयो । डा रिसालले पहिले नै मानसिक रोग भएमा मनोसामाजिक समस्या, चिन्ता, उदासीनता, मानसिक आघातजस्ता दीर्घकालीन मानसिक रोग आउने भएकाले सचेत हुनुपर्ने बताए । भूकम्पबाट आफन्त गुमाएकालाई विभिन्न परामर्शका साथै परिवारका आफन्तसँगै बस्ने वातावरण दिनुपर्नेमा उनले जोड दिए । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा राजेन्द्र कोजुले आफ्ना परिवार गुमाएका केही बिरामीले त “मलाई उपचार हैन, विष देऊ” भनेको पनि सुनाए । बाबुआमा गुमाएका तथा भाइ पुरिएको अवस्थामा आत्तिएका बिरामीलाई सबैले सहयोग गर्नुपर्नेका जोड दिँदै उनले उपचार भएर पनि घर जान नमान्ने बिरामी अझै अस्पतालमा रहेको बताए । डा कोजुले भने–‘मानसिक समस्या औषधिले समाधान होला तर उनीहरुलाई आफन्त गुमाउँदाको पीडाले थप समस्या आउन सक्छ, आफन्त गुमाएका घाइतेलाई मानसिक तनाव बढी हुन सक्छ ।’ हइटीमा आएको भूकम्पपछिको अध्ययनमा देखिएको तथ्याङ्कअनुसार मानसिक समस्या पाँचदेखि १० प्रतिशत रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy