Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

नारायणकाजी श्रेष्ठ भन्छन्-यस्ता योग्यता भएका मात्रै माअोवादीबाट मन्त्री हुन्छन

[caption id=\"attachment_167774\" align=\"alignleft\" width=\"720\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । नेकपा माओवादी केन्द्रले शनिबारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने भएको छ । आकांक्षी धेरै भएपछि बिहीबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर बैठकले प्रचण्ड, रामबहादुर थापा बादल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्रीको नाम फाइनल गर्ने जिम्मा दिएको थियो । नेता श्रेष्ठले शनिबारसम्ममा आफूहरुले प्रत्येक प्रदेशबाट योग्यता र क्षमताको आधारमा मन्त्रीहरु छान्ने जानकारी दिए । ‘भोलिसम्ममा माओवादी केन्द्रबाट को को सरकारमा सहभागी हुने भनेर टुङ्गो लगाउँछौं । छलफल चलिरहेको छ । प्रत्येक प्रदेशबाट स्वच्छ छवि भएका, योग्यता र क्षमताको आधारमा मन्त्रीहरु छान्दैछौं,’ श्रेष्ठले भने । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेको भन्दै उनले दुवै पार्टीका नेतादेखि कार्यकर्तामा उत्साह छाएको पनि बताए । नेता श्रेष्ठले २५ गतेभित्रमा प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आफ्नो रिपोर्ट बुझाउने र चैतको पहिलो हप्तामा पार्टी एकताकवो घोषणा हुनसक्ने सम्भावना व्यक्त गरे । एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने गरी भागवण्डा भइसकेको छ । एमालेको भागमा अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन, शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । त्यस्तै माओवादी केन्द्रको भागमा गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending