Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चीनले गर्यो अमेरिकालाई यस्तो आग्रह

\"\"चीन सरकारले आफ्नो देशका फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ ।

उत्तर कोरियासँग व्यापार गर्ने भनिएका चिनियाँ फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथि वाशिङटनले प्रतिबन्ध लगाएको हो । तर त्यस्ता कम्पनीहरूमाथि अनुसन्धान गर्ने र तिनीहरूलाई दण्डित गर्ने जिम्मेवारी आफ्नो भएको बेइजिङले बताउने गरेको छ । शुक्रवार अमेरिकाले घोषणा गरेका नयाँ प्रतिबन्धहरू चीन, सिंगापुर र पनामासहित कैयौँ मुलुकका व्यापार र कम्पनीहरूप्रति लक्षित छन् । गत हप्ताको शुरूतिर जापानी सैनिकले एउटा उत्तर कोरियाली पानीजहाजले चिनियाँ अक्षर लेखिएको जहाजबाट सामानहरू ओसार्दै गरेको फोटो खिचेका थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध \'अहिलेसम्मकै सबैभन्दा कडा\' नाकाबन्दीहरु लगाइने घोषणा गरेका थिए । उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा प्रतिबन्धहरू लगाउनुपरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घण्टाभित्रै प्रतिबन्धको घोषणा गरिएको थियो । उनले त्यहाँ उत्तर कोरियाविरूद्ध अत्यधिक दबाव दिन आह्वान गरेकी थिइन् । गत डिसेम्बरमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न प्रतिबन्धहरू लगाएको थियो । अमेरिकाले गत एक दशकदेखि नै उत्तर कोरियाविरुद्ध विभिन्न प्रतिबन्धहरू लगाउँदै आएको छ । हालै उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आए पनि अमेरिकी अधिकारीहरू प्योङयाङ्को पारमाणविक खतरा कायमै रहेको बताउँछन् । गत वर्ष उत्तर कोरियाले ‌ वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको ‌ भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारबाजीको एउटा हिस्सा हुन सक्ने बताएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: