Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

क्रान्तिकारीले जनयुद्धका प्रथम सहिदलाई जन्मस्थानमै पुगेर सम्झियो

\"\"पन्द्रुङ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको जन्मस्थलमै पुगेर २३औं स्मृति दिवस मनाएको छ । क्रान्तिकारीले सोही अवसरमा सहिद रम्तेलका पिता सेते रम्तेल सहितका स्थानीय सहिद परिवारलाई सम्मान गरेको छ। सहिद रम्तेलको सम्झनामा क्रान्तिकारीले बृहत् स्वास्थ शिविर समेत संचालन गरेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार डा. अच्युत भट्ट नेतृत्वमा आएको स्वास्थ्य टोलीले रम्तेलका गाउँका स्थानीय जनताको निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण समेत गरिएको छ। सहिद रम्तेलको स्मृति सभामा वोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले सहिदको सपना पूरा गर्नकै लागि वाम एकता हुन लागेको धारणा राखे। कार्यक्रममा माओवादी नेता एवम् सांसद हरि अधिकारीले नयाँ नेपाल निरेमाणका निम्ति गोर्खाली जनताले अतुलनीय वलिदान गरेको बताए। सोही कार्यक्रममा सहिद रम्तेलका पिता सेते रम्तेलले आफ्ना छोराको वलिदानले मुलुकमा गणतन्त्र आएकाले छोरा माथि गर्व लागेको वताए। आजभन्दा २३ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलवहादुर रम्तेललाई विद्यालय हातामै हत्या गरिएको थियोे। माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending