Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

रातो मासु खानुको ५ बेफाइदा

\"\"अल्जाइमर्स रोगको खतरा वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिकरूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् । मुटु रोगको खतरा वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन । बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ । गुदद्वारको क्यान्सर रातो मासुले गुदद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा पछिल्लो पटक गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुदद्वारको क्यान्सर भएको पाइएको थियो । सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् । चिनी रोगको कारक रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् । युरिक एसिडको खानी रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । (खसि, बोका, रांगा, बोका, भेंडा आदि जनावरको मासुलाई रातो मासु भनिन्छ ।) एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending