Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

नेपालको चाहना: अझै ३ वर्ष अल्पविकसित सूचीमै रहने

\"\"काठमाडाैं । सरकारले थप ३ वर्षका लागि नेपाल अल्पविकसित देशको सूचीमै रहने जानकारी संयुक्त राष्ट्र संघलाई गराउने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीको प्रति व्यक्ति आम्दानीमा अझै सुधार नभएको भन्दै यस्तो जानकारी गराउने निर्णय गरेको बताइएको छ । विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुनका लागि आवश्यक पर्ने तीनवटा मध्ये दुईवटा सूचकाङ्कमा नेपालले प्रगति गरेको भन्दै राष्ट्र संघले नेपाललाई स्तरोन्नति हुनका लागि आग्रह गरेको थियो । संयुक्त राष्ट्र संघले आउने मार्च महिनामा अति कम विकसित राष्ट्रहरूको समीक्षा गरेर ती देशहरुको स्तरका बारेमा निर्णय गर्ने तयारी गरिरहँदा सरकारले यस्तो निर्णय गरेको हो । विकासोन्मुख राष्ट्रको दर्जामा उक्लनका लागि शर्त मानिएका प्रति व्यक्ति आय, मानवीय संशाधनको विकास र आर्थिक जोखिमको अवस्था मध्ये दुईवटा सूचकाङ्कमा नेपालले आवश्यक प्रगति गरिसकेको भन्दै राष्ट्र संघले स्तरोन्नतिका लागि आग्रह गरेको थियो । तर सरकारले मुख्य सूचक आय स्तरमा सुधार नभएकाले अल्पविकसित देशको सूचीमै रहिरहने निर्णय गरेको बताएको छ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले भने \'प्रति व्यक्ति आम्दानी १२ सय ४२ डलर हुनुपर्ने हो । तर अहिले हाम्रो ८ सय डलरमात्र पुगेको छ। त्यसैले अझै विकास गरेपछि मात्रै विकासोन्मुख राष्ट्रको सूचीमा उक्लनुपर्छ। त्यसैले अहिले अल्पविकसित देशको सूचीमै रहन्छौं ।\' कमजोर मानवीय संशाधन र आर्थिक जोखिमको अवस्था पनि कायमै रहेको ठहर मन्त्रिपरिषद्ले गरेको छ । बरु सन् २०२१ मा हुने अर्को समीक्षाका लागि नेपाल तयार रहने जानकारी राष्ट्रसंघलाई गराउने बताइएको छ । यो निर्णय नेपालका लागी फाइदाजनक नै हुने अर्थविद्हरुको भनाइ छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, \'अहिलेलाई हेर्दा व्यापार र वैदेशिक सहायतामा लाभ हुने छ। अल्पविकसित देशको सूचीबाट निस्कनासाथ अहिले पाएका सुविधाको कटौती हुने प्रकृयामा जान्थ्यौं। अब २०२१ मा पदोन्नति भयौं भने पनि सहायता र अवसरको कटौतीको विन्दु सन् २०२४ सम्म धकेलिनेछ ।\' सन् २०२१ मा हुने समीक्षासम्ममा कूल राष्ट्रिय आयमा सुधार हुने अपेक्षा गरिएको छ । सन् १९७१ देखि अल्पविकसित राष्ट्रहरूको सूचीमा रहेको नेपालले सन् २०१५ देखि पोषण, शिक्षा, स्वास्थ्यजस्ता सामाजिक र कृषि, व्यापार जस्ता आर्थिक सूचकाङ्कहरूमा उल्लेखनीय प्रगति हासिल गरिसकेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending