Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

भारतमा तरंग: सलमान खानको शोविरुद्ध नेकपाको चेतावनी

\"\"काठमाडाै ।  ‘द ब्याङ्ग द टुर’काे सिलसिलामा फागुन २६ गते भारतीय सुपरस्टार सलमान खान नेपाल आउँने भएका छन् । उनी नेपाल अाउने समाचार वाहिर अाएसंगै विप्लव माओवादीनिकट संगठनले सलमानको शो रोक्न चेतावनी दिएकाे छ । विप्लवकाे विज्ञप्तिले शाे राेक्न भनेपछि नेपालमा मात्र हाेइन भारतमा समेत तरंग पैदा भएकाे छ ।चेतावनीस्वरूप विज्ञप्तिमा भनिएकाे छ, ‘जबरजस्तिरुपमा कार्यक्रम गरिए आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने’ उल्लेख छ । चर्चित भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन पोर्टलमा समेत यो समाचारलाई महत्वका साथ प्रकाशन गरिएको छ । यस्ताे छ विज्ञप्ति ? अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालीहरु राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना अन्तरगर्न हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तरगतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं ।’ कलाकार हिसाबले सलमान खान नेपाली जनतामा समेत लोकप्रिय रहेको तर त्यसो भन्दैमा उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य नरहेको विज्ञप्तिमा उल्लेख छ । कलाकारको हिसाबमा उनको नेपाल आउजाउमा कुनै अवरोधको नीति नरहेको भन्दै विज्ञप्तिमा प्रतिव्यक्ति ३० हजार रुपैयाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित पार्ने जिकिर गरिएको छ । ‘विनासकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रुपैयाँ खर्चिनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारको ठूलो अपमान पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यैए माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देहृय नेपालीको पैसा सोहोर्नु हो ।’ साथै नेपाली राजनीतिक दलहरुलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सँधै मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौं ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending