चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ ।
चितवनबाट राजधानी काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा हेरिएको यो सडक २०६६ सालमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यकालमा ट्र्याक खोलिएको थियो । नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा विस्तार गर्ने उद्देश्यले ट्र्याक खोलिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा विस्तारसँगै कालोपत्रे कार्यले अपेक्षित गति लिन सकेको छैन ।
चितवनतर्फ साढे १२ किलोमिटर र धादिङतर्फ १३ किलोमिटर सडक कालोपत्रे भएको छ । अब करिब ४० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेको छ । दुई जिल्ला समेटिएको यो सडकलाई चेपाङ मार्ग भनेर पनि चिनिन्छ । कुनै वर्ष कालोपत्रेका लागि बजेट आउने, कुनै वर्ष सामान्य मर्मतका लागि मात्र बजेट आउने भएकाले प्रगति सुस्त भएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर मिलन घतानीले बताए।
“भण्डाराबाट उत्तरतर्फ यस ट्र्याकमा पटक–पटक गरेर साढे १२ किलोमिटर कालोपत्रे भएको छ । यसै चालु आर्थिक वर्षमा मात्रै एक हजार चार सय मिटर कालोपत्रे थपिएको हो,” उनले भने। गत वर्षसम्म ११ किलोमिटर १०० मिटर मात्र कालोपत्रे भएको थियो । चालु आर्थिक वर्षमा दुई करोड २७ लाख रुपियाँ बजेटमा थप एक हजार चार सय मिटर कालोपत्रे भएपछि कुल साढे १२ किलोमिटर पुगेको हो । भण्डारादेखि मलेखुसम्म सडकको कुल लम्बाइ ६६ किलोमिटर छ । चितवनतर्फ ३६ र धादिङतर्फ ३० किलोमिटर पर्छ । दुवै जिल्लाको सिमाना तान्द्राङगढी हो ।
चितवनतर्फको ३६ किलोमिटरमध्ये १२.५ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको र बाँकी २३.५ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको इन्जिनियर घतानीले बताए। कालोपत्रे भएको खण्डमा सडकको चौडाइ सात मिटर रहेको छ । सडक राम्रो भएका स्थानमा सवारी साधन सञ्चालन भइरहेको छ ।
यस्तै, पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुबाट १३ किलोमिटर सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी सुदिप कार्कीले जानकारी दिए। उनका अनुसार कार्यालय क्षेत्रभित्र पर्ने ३० किलोमिटरमध्ये मलेखुबाट ताल्चीसम्मको १३ किलोमिटर कालोपत्रे भई सवारी सञ्चालनमा आएको छ ।
दक्षिणी ग्रामीण क्षेत्रमा साना सवारी साधनमार्फत यात्रु तथा सामग्री ढुवानी भइरहेको सूचना अधिकारी कार्कीले बताए। यस खण्डको सडक चौडाइ करिब ५।५ मिटर रहेको छ भने दायाँबायाँ नाला समेत निर्माण गरिएको छ । “पर्याप्त बजेटको अभावमा काम छिटो अघि बढ्न सकेको छैन,” उनले भने, “हरेक वर्ष आवश्यक बजेट माग गर्दै आएका छौँ, तर पर्याप्त निकासा हुन सकेको छैन ।”
काठमाडौँलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भए पनि अपेक्षित रूपमा काम अघि बढ्न नसकेको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए। यो मार्ग निर्माण सम्पन्न भए यस क्षेत्रका चेपाङ समुदायको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।
निर्वाचन क्षेत्र नं. १ का सांसद हरि ढकालले सडक विस्तारका लागि बजेट व्यवस्थापन गरी काम अघि बढाउने तयारी भइरहेको जानकारी दिए। उनले लामो समयदेखि बजेट अभावका कारण काम सुस्त भएको उल्लेख गर्दै आगामी बजेटमा विस्तार तथा कालोपत्रे दुवै कार्य समेटिने बताए।
तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि चेपाङ समुदायको जीवनस्तर सुधार र काठमाडौँसँग छोटो दूरीमा जोड्ने उद्देश्यले सडक ट्र्याक खोलिएको स्मरण गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - ११:५१
राजविराज। राजविराजको हनुमान मन्दिरदेखि चनौरा पडरियासम्मको अलपत्र हुलाकी सडक निर्माण कार्य सम्पन्न गर्न दबाब दिँदै स्थानीयवासीले थालेको सडक अवरोध शनिबा...
जेष्ठ ९ गते, २०८३ - ११:१५
चितवन। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । चितवनबाट राजधानी काठमाडौं...
जेष्ठ ९ गते, २०८३ - १०:४०
ताप्लेजुङ। निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश ...
जेष्ठ ८ गते, २०८३ - १७:४९
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ ...
जेष्ठ ८ गते, २०८३ - १७:४०
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहर...
जेष्ठ ८ गते, २०८३ - १७:२४
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था को रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछाने लगायतविरुद्ध लगाइएको ‘स...
जेष्ठ ८ गते, २०८३ - १७:०६
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट सुझाव संकलन गर्ने भएको छ । असिम शाह को नेतृत्वमा रहेको ...
जेष्ठ ८ गते, २०८३ - १६:५८
काठमाडौं । राष्ट्रिय सभा बाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा खडकराज पौडेल ले उ...
जेष्ठ ८ गते, २०८३ - १६:४३
गुल्मी। गुल्मीमा हुलाक कार्यालयमार्फत चार स्थानीय तहका २१० जनालाई राहदानी वितरण गरिएको छ। यस जिल्लामा हालसम्म रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, ग...
जेष्ठ ८ गते, २०८३ - १६:३१
काठमाडौँ। परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्...



प्रतिकृया लेख्नुहोस्: