Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

आयातमा कर बढाउने राष्ट्रपति ट्रम्पको घोषणा

\"\"अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील तथा एल्युमिनियमको आयातमा करहरु बढाइने घोषणा गरेका छन् । ह्वाइट हाउसमा अमेरिकी धातु व्यवसायीहरुसंगको बैठक पछि बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको नाम त लिएनन्, तर विदेशी आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताए । उनले, उनकै शब्दमा, दशकौंसम्म अरु मुलुकहरुको अनुचित व्यवहार भोगिरहेका अमेरिकी इस्पात तथा एल्युमिनियम उद्योगहरुलाई फेरि पुनर्स्थापित गरिने बताए । उनले आउँदो साता इस्पातजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर लगाउने आदेशमा आउँदो साता आफुले सही गर्ने अपेक्षा गरेको पनि जनाए । विश्लेषकहरु भन्छन्, अमेरिकाले त्यस्तो निर्णय लिएमा चीनले पनि बदलामा अमेरिकी उत्पादनहरुमाथि कर बढाउने घोषणा गर्नसक्छ । त्यस्तै सो घोषणाले क्यानडाजस्ता अमेरिकाका निकट सहयोगीहरुसंगको संबन्ध पनि बिग्रन सक्छ । अमेरिकाले सबैभन्दा बढी इस्पात क्यानडाबाट किन्दछ। त्यस्तै ब्रजील, दक्षिण कोरिया, मेक्सिको र रुसले पनि अमेरिकालाई इस्पात बिक्री गर्दछन् । अमेरिकाले जति इस्पात निर्यात गर्दछ, त्यो भन्दा चार गुनाबढी आयात गर्दछ । आफ्नो राष्ट्रपतीय चुनावी अभियानका क्रममा र चुनाव जितीसकेपछि पनि राष्ट्रपति ट्रम्पले सस्तो चिनियाँ आयातले अमेरिकी उद्योगहरुलाई नोक्सान पुगिरहेको बताउँदै आएका थिए । गत वर्ष राष्ट्रपति ट्रम्पले इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको छ कि छैन भन्नेबारे अनुसन्धान गर्न वाणिज्य मन्त्री विल्बुर रसलाई आदेश दिएकाथिए । गत महिना वाणिज्य मन्त्री रसले बुझाएको एक प्रतिवेदनमा इस्पातको आयातका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको जनाएको थियो । प्रतिवेदनले इस्पातको आयातमाथि २४ प्रतिशत कर लगाउनु पर्ने लगायतका सुझावहरु पनि दिएको थियो । बिहीबार बिहान एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले अब हाम्रो मुलुक, कम्पनीहरु र कामदारहरुको अरुले लाभ उठाइरहने स्थिति बनीरहनदिनु हुँदैन भनेकाथिए । बीबीसीकी ह्वाइट हाउस संवाददाता तारा म्याक्केल्भी भन्छिन्, राष्ट्रपति ट्रम्प र उनका अन्य वरिष्ठ अधिकारीहरु व्यापार र चीनका विषयमा कडा देखिन चाहन्छन् । तर उनी भन्छिन्, ट्रम्प प्रशासनभित्रै पनि कट्टरपन्थीहरु र व्यापारको मामिलामा अरु बढी सावधानी अपनाउनु पर्छ भन्नेहरु बीच द्वन्द्व रहेको स्पष्ट देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending