Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

आज नेपाल भर्सेज जिम्बाब्बे भिड्दैः अाउला त 'सरप्राइज रिजल्ट'

[caption id=\"attachment_175178\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । आजदेखि नेपालले क्रिकेट विश्वकप छनौट खेल खेल्दैछ । यो छनौट खेलमा राम्रो प्रदर्शन गर्न सके एक दिवसीय क्रिकेटको मान्यतासमेत पाउने सम्भावना छ । त्यसैले अब केही दिन नेपाली क्रिकेटका लागि अत्याधिक महत्वपूर्ण हुनेछन् । यसपटकको अवसरमा राम्रो प्रदेर्शन गर्न नसकेमा भने अर्को एउटा सुवर्ण अवसर खेर जानेछ । नेपालले विश्वकप छनोट चार वर्षअघि पनि खेलेको हो । त्यसैले यहाँ पुग्नु नै नयाँ इतिहास होइन । तर, सुपर सिक्समा पुगेर नयाँ इचिहास रच्ने अवसर छ । तर, यसका लागि नेपालले आफ्नो उच्चतम क्षमतामा प्रदर्शन गर्नैपर्छ । नेपालले पहिलो खेल आज टेस्ट मान्यताप्राप्त तथा लगातार पछिल्ला ९ विश्वकपमा सहभागीता जनाएको जिम्बाब्वेविरुद्ध उसकै भूमिमा खेल्दैछ । कुनै पनि टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी २० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । डिभिजन २ मा गरेको प्रदर्शन र अभ्यास म्याचमा यूएईविरुद्धको जितले नेपाली टिम उच्च मनोबलमा छ । डिभिजन२ का खेलहरुमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट जित निकाल्न सफल भएको थियो । त्यसले नेपाली खेलाडीमा बलियो आत्मविश्वास जगाएको छ । नेपाली ब्याटिङमा सिनियर र जुनियर ब्याट्सम्यानहरुको गजब संयोजन छ । त्यसो त प्रतियोगितामा सबैभन्दा भविश्यवाणी गर्न नसकिने ब्याटिङ लाइनअप नेपालकै देखिन्छ । टिममा पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लको खेलाडीहरुको त्रिशक्ति छ । उनीहरुमध्ये भरलाग्दा ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लको पछिल्लो खराब र्फम नेपालका लागि चिन्ताको विषय बनेको छ । नेपाली ब्याटिङका एक खम्बा मानिएका उनले राम्रो सुरुवात दिलाउन नसके नेपाली टिम चाँडै दवावमा पर्नेछ । त्यसैले उनी र्फममा फर्किनु नेपालका लागि अति महत्वपूर्ण हुन्छ । अर्कोतर्फ कप्तान पारस खड्का लयमा छन् । उनी डिभिजन २ प्रतियोगिताभरी सबैभन्दा बढि रन बटुल्ने र सबैभन्दा बढि छक्का हान्ने ब्याट्सम्यान थिए । फाइनलमा यूएईविरुद्ध उनले उत्कृष्ट शतक हानेका थिए, तर त्यो नेपाललाई जिताउन पर्याप्त भएन । अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर पछिल्लो केही समययता स्थिर प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा उनी वरिपरी युवा खेलाडीहरु छन् । त्यसैले उनले सम्हालिएर ब्याटिङ गर्दै युवा ब्याट्सम्यानहरुलाई आफ्नो सट खेल्न चान्स दिनुपर्नेछ । दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, दिलिप नाथ जस्ता युवा खेलाडीहरु छन् । उनीहरुमध्ये दिपेन्द्र सिंह ऐरीबाट नेपालले ठूलो आशा लिएको छ । डिभिजन २ प्रतियोगितामा उनी खासै लयमा देखिएनन् । तर, यूएईविरुद्धको अभ्यास म्याचमा ४१ रन हानेर उनले आफ्नो र्फम फर्काउन खोजेका छन् । तल्लो मध्यक्रममा ब्याटिङ गर्ने आरिफ र रोहित पौडेलले डिभिजन २ प्रतियोगितामा नेपाललाई ठूलो शक्ति प्रदान गरेका थिए । नेपाल उनीहरुको यही र्फमको निरन्तरता चाहन्छ । १५ वषिर्य रोहितले गजबको परिपक्वता देखाएका छन् र उनलाई भविष्यका ब्याटिङ स्टारका रुपमा हेर्न थालिएको छ । नेपाली टिम सम्भावित ओपनिङ ब्याट्सम्यान दिलिप नाथले आक्कलझुक्कल आफ्नो क्षमता देखाए पनि आफूलाई प्रमाणित गर्न अझै सकेका छैनन् । तर विकेटकिपर पनि भएको हिसाबले नेपालसामु उनीबाट ओपनिङ गराउनुको विकल्प छैन । नेपाली टिमको सबैभन्दा कमजोर कडी यतिबेला देखिएको छ फास्ट बलिङ । डिभिजन २ मा सोमपाल कामी र करण केसीलाई नेपालले स्ट्राइकिङ फास्ट बलरका रुपमा उतारेको थियो । तर, उनीहरुमध्ये करण केसीको बलिङ पुरै फ्लप रह्यो । उनले न विकेट लिन सके, न रन रोक्न । बरु ब्याटिङको बलमा उनले क्यानाविरुद्धको निर्णायक म्याच जिताए । अर्का फास्ट बलर सोमपाल कामीमा विकेट लिने क्षमता भए पनि उनको प्रदर्शनमा एकरुपता देखिएको छैन । कतिपय अवस्थामा उनी निकै खर्चिला सावित हुन सक्छन् र नेपाललाई चाहिएको बेला उनीबाट विकेट ननिस्कन सक्छ । नेपालका तेस्रो फास्ट बलरको रुपमा कप्तान पारस खड्काले खेल्ने छन् । तर ब्याटिङमा जस्तो बलिङमा उनको भर गर्न सकिँदैन । यद्यपि उनी प्राय किफायति रहन्छन् । यो प्रतियोगितामा नेपालले सोचेजस्तो नतिजा निकाल्नका लागि नेपालको सबैभन्दा ठुलो हतियार भनेको स्पिन बलिङ नै हो । त्यसो त जिम्वाबेको पिच सामान्यतया फास्ट बलिङ फ्रेन्ड्ली हुन्छ । तर, आईसीसीका अनुसार यो प्रतियोगितामा ‘स्पिन’ ठूलो फ्याक्टर हुन सक्छ । नेपालका बसन्त रेग्मी र सन्दिप लामिछाने प्रतियोगिताकै सम्भावित उत्कृष्ट स्पिन जोडी हुन् । सन्दिपको विषयमा धेरै भन्नै पर्दैन, जसले पछिल्लो समय आइपीएल र क्यारेबियन लीगमा समेत स्थान बनाएर विश्व क्रिकेटको ध्यानआकृष्ट गरेका छन् । अर्कोतर्फ बसन्त अनुभव र क्षमताका खानी हुन् । जस्तोसुकै पिचमा पनि यी दुईविरुद्ध विपक्षी ब्याट्सम्यानहरुले खुलेर खेल्न कठिन हुनेछ । नेपालसँग अनुभवि स्पिनर शक्ति गौचन पनि छन् । तर उनले डिभिजन २ प्रतियोगितामा एउटा म्याच पनि पाएनन् । यस प्रतियोगितामा पीचको अवस्था हेरेर तीन जना स्पिनर खेलाइए उनले मौका पाउन सक्छन्, अन्यथा बेन्चमै बसेर रमाउनुपर्नेछ । चौंथो स्पिनरका रुपमा लिइएका ललित राजभण्डारीले मौका पाउन झन् कठिन छ । जिम्बाबेको कुरा गर्दा विश्व क्रिकेटको एउटा शक्ति राष्ट्र नै थियो, जसले पछिल्लो समय आफ्नो पुरानो साख बचाउन सकेको छैन । एक दिवसीय मान्यता प्राप्त १२ राष्ट्रहरुको सूचीमा अहिले यो ११ स्थानमा छ । जिम्बाबेभन्दा पछाडि आयरल्यान्ड मात्र छ । हालै मात्र यूएईमा अफगानिस्तानविरुद्ध खेलेको ५ म्याचको श्रृंखला जिम्बाव्वेले १–४ ले सुम्पेको थियो । शारजहाँमा भएको अन्तिम खेलमा जिम्बाबे ३३ ओभरभित्र ९५ रनमा अलआउट भएको थियो । जिम्बाब्वेको ब्याटिङका प्रमुख हतियार मध्यक्रमका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलर हुन् । उनी वर्ल्ड क्लास ब्याट्सम्यान मानिन्छन् । उनले विश्वका शक्तिशाली टिमहरुविरुद्ध पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । टेलर केही समय टिमबाट बाहिर थिए तर, पुनरागमनपछि उनले राम्रो लय समातेको देखिन्छ । गत जनवरीमा उनले श्रीलंकाविरुद्ध अर्द्धशतक हानेका थिए भने अफगानिस्तानविरुद्ध १२५ रन हान्दै शारजाहमा जिम्बाबेलाई सिरिजको एक मात्र म्याच जिताएका थिए । उनले अहिलेसम्म ९ सतक हानिसकेका छन् । नेपाल सतर्क हुनुपर्ने अन्य ब्याट्सम्यानहरुमा ओपनर हेमिल्टन मासाकाद्जा र अलराउन्डर सिकन्दर राजा हुन् । मासाकाद्जाले ओडीआईमा पाँच शतक र ३२ अर्द्धशतक हानेका छन् । पपुवा न्यूगिनीविरुद्ध अभ्यास म्याचमा उनले अर्द्धशतक हानेका थिए । यसैगरी पाकिस्तानी मुलका ब्याटिङ अलराउन्डर सिकन्दर राजाले ३ शतक र ११ अर्द्धशतक हानेका छन् । बलिङको कुरा गर्दा २७ वर्षीय तेन्दाई चतारा जिम्बाबेका प्रमुख बलर मानिन्छन । उनले अहिलेसम्म ५० ओडीआई खेलेर ६८ विकेट लिएका छन् । अर्का घातक बलर हुन् कप्तान ग्रेम क्रिमर । ३१ वर्षीय क्रिमर लेगब्रेक फाल्छन् । उनले अहिलेसम्म ९० ओडीआई खेलेर एक सय ९ विकेट लिएका छन् । आईसीसीले म्याच प्रिभ्यूमा हिजो लेखेको थियो, ‘भोलिको म्याचमा जिम्बाबे ‘फेभरेट’ हो । तर, नेपालले सरप्राइज रिजल्ट निकाल्न सक्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy