Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सम्बन्ध जोड्दै होइन, तोड्दै छ फेसबुक

लण्डन, सोसल नेटवर्किङ साइटको सुरुवात एक राम्रो उद्देश्यका साथ गरिएको थियो । यसको मुख्य उद्देश्य मानिसहरु बिच राम्रो सम्बन्ध स्थापित गरेर एक अर्काको अनुभव र जानकारीहरुलाई साझा गर्नु थियो । तर अब सोसल नेटवर्किङ सम्बन्ध बिच्छेदको सबैभन्दा ठूलो कारणको रुपमा खडा भएको छ । हरेक सातमध्ये एक सम्बन्धविच्छेदको कारण सोसल नेटवर्किङ साइटः ब्रिटेनमा निकै अचम्मित गरिदिने आँकडा सार्वजनिक भएको छ । यो आँकडा अनुसार सम्बन्धविच्छेद गर्ने हरेक सातौँ सदस्यको सम्बन्धबिच्छेदको कारण सोसल नेटवर्किङ साइट हुने गर्दछ । ब्रिटेनको एक शीर्ष कम्पनीका कानूनी सल्लाहकारले आँकडालाई सार्वजनिक गर्दै आफ्नो पार्टनरको सोसल नेटवर्किङ साइटमा अत्यधिक समय बिताउने बानीसँग दिक्क भएर सम्बन्धविच्छेद गर्ने मानिसको संख्यामा तेज रुपमा वृद्धि भइरहेको बताएका छन् । फेसबुक सम्बन्धलाई बिगार्नमा सबैभन्दा अगाडिः ‘स्लेटर एण्ड गार्डन लोयर्स’ द्वारा गरिएको एक अध्ययनका अनुसार संसारको सबैभन्दा चर्चित सोसल नेटवर्किङ साइट फेसबुक वैवाहिक सम्बन्ध बिगार्नमा सबैभन्दा अगाडि छ । स्लेटर एण्ड गार्डनको परिवार कानूनका अध्यक्ष एन्ड्रु न्यूबरीले अनलाइनमार्फत एक बयान जारी गदैउ पाँच वर्ष पहिले विवाह सम्बन्ध बिग्रनुमा फेसबुकको कुरा शायद कहिले पनि आएको थिएन तर अब मानिसहरु सोसल मिडियालाई सम्बन्धबिच्छेदको प्रमुख कारण मान्न थालेका छन् । हरेक पाँच मध्ये एक साथी फेसबुकका कारण तनावमा हुन्छन्ः न्यूबरीका अनुसार सोसल मिडिया विवाह सम्बन्धका लागि नयाँ खतरा बनिसकेको छ । अध्ययनका अनुसार फेसबुक चलाउने आधाजति मानिसहरु आफ्नो साथीको फेसबुक गतिविधिहरुलाई गोप्य रुपमा निगरानी गरिरहेको पाइयो जबकी हरेक पाँचमध्ये एक व्यक्तिको फेसबुकसँग सम्बन्धित केहि विषयमा आफ्नो साथीसँग मनमुटाव हुने गर्दछ । २५ प्रतिशत मानिसहरुका बिच सोसल मिडियाको विषयमा हरेक हप्ता झगडा हुने गर्दछः वेभसाइट ‘गीकवायर डट कम’ का अनुसार अध्ययनमा करिब २५ प्रतिशत मानिसहरुले सोसल मिठियाको प्रयोगको विषयमा हप्तामा कम्तिमा एक पटक झगडा हुने बताएका छन् । करिब १७ प्रतिशत मानिसहरुले आफ्नो साथीको बारेमा सोसल मिडियामा पाएको कुनै न कुनै विषयमा उनीहरुबिच दैनिक झगडा हुने गरेको बताए । ५८ प्रतिशत मानिसहरुलाई आफ्नो पार्टनरको पासवर्ड थाहा हुन्छ: अध्ययनकर्ताहरुका अनुसार ५८ प्रतिशत मानिसहरुलाई आफ्नो साथीको फेसबुक लगइन र पासवर्डको जानकारी हुन्छ । मानिसहरुमा एक–अर्काप्रति विश्वास कम भइरहेका  कारण फेसबुकमा साथीको जासुसी भइरहेको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies