फाल्गुन २३ गते, २०७४ बुधवार 7th March, 2018 Wed१०:०८:४२ मा प्रकाशित
शाकाहारी भोजन सबैभन्दा स्वस्थकर भोजन मानिन्छ । किनकि, शाकाहारी खानामा निकै कम मात्र नकारात्मक तत्व हुन्छन् । फलफूल भन्नुस् या सागसब्जी, रोटी, दाल भन्नुस् या दूध–दही, यी सबै खाद्यपदार्थ अति स्वस्थकर मानिन्छ । तर, यससम्बन्धी भ्रम पनि त्यत्तिकै छन् । धेरैले भन्छन् कि शाकाहारी भोजनमा प्रोटिन र भिटामिनको कमी हुन्छ । जसले मानिसलाई थुप्रै समस्या सिर्जना गर्छ । एजेन्सीको सहयोगमा तयार पारिएको यसबारे भ्रम र यथार्थ ।
१. शाकाहारी खाद्यपदार्थमा प्रोटिनको कमी हुन्छ
तपाईंलाई लाग्न सक्छ, खानामा अन्डा समावेश नगर्दा शरीरमा प्रोटिनको कमी हुन थाल्छ । सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ । टोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपुर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ । खाँदा पनि निकै स्वादिला हुन्छन् यस्ता खाद्यपदार्थ ।
२. शाकाहारी खानामा आइरनको कमी हुन्छ
हरेक मानिसको शरीर फरक–फरक प्रकृतिको हुन्छ । यदि तपाईंमा कुनै समस्या आएमा मात्र फुड ह्याबिटलाई जिम्मेवार ठहर्याउनु सही हुँदैन । पालक, बिन्स र टोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ । तर, मासु खाने मानिसको शरीरमा आइरनको कमी हुने सम्भावना हुन्छ ।
३. शाहाकारी खानाले शारीरिक व्यायाममा समस्या सिर्जना गर्छ
कुनै शाकाहारी मानिसले वा शाकाहारी बन्न चाहनेले यस्तो सोच्नु निकै गलत हुन्छ । शाकाहारी डाइटबाट पनि कुशलतापूर्वक शारीरिक व्यायाम गर्न सकिन्छ । तर, पौष्टिक तत्वयुक्त शाकाहारी भोजनबारे जानकारी हुनचाहिँ जरुरी हुन्छ ।
४. इनर्जी कम हुन्छ
कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२ को कमीले हो । यी दुई पौष्टिक तत्व पूरा गर्न सबैभन्दा उत्तम भनेकै भेजिटेरियन सोर्स हो । पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।
५. शाकाहारी भोजन खाएपछि भोक छिटो लाग्ने समस्या हुन्छ
रिसर्चले भनेको छ कि शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले मानिसको पेट भरिराख्न सहयोग पुर्याउँछ । यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ । त्यसैले तथ्यलाई विचार नगरी यस्ता कुरामा विश्वास गर्नु हुँदैन ।
६. बोसोको कमी हुन्छ
धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानाबाट बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ । यसमा पनि कुनै सत्यता छैन । तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा पनि हो । यो तथ्य कसैबाट छिपेको पनि छैन ।
७. सबै शाकाहारी मानिसले सधैँ एकै प्रकारका खाद्यपदार्थ खाने गर्छन्
तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंसँग प्रशस्त छनोटको छुट छ । तर, यसका लागि शाकाहारी खानेकुरासम्बन्धी ज्ञान हुनचाहिँ जरुरी छ । संसारमा भेजिटेरियन खानामा जस्तो भेराइटी ननभेजिटेरियनमा सायदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: