Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

गुणस्तरहीन भारतीय खाद्यान्न यसरी नष्ट गरियो

काठमाडाैं, भूकम्पपीडितका लागि भारतबाट आएका राहत सामग्री गुणस्तरहीन भेटिएका छन् । परीक्षणका क्रममा भारतबाट आएका पाउरोटी, परौठा, चाउचाउलगायतका खाद्यवस्तु मिति सकिएको र ढुसी परेको अवस्थामा फेला परेका छन् । सरकारले राहत सामग्री अन्तर्राष्ट्रिय विमानस्थल, थापाथलीस्थित खाद्य संस्थानको बागमती अञ्चल कार्यालय र टेकुस्थित नेसनल ट्ेरडिङ लिमिटेडमा संकलन केन्द्र खोलेर राखेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती केन्द्रमा संकलित खाद्यजन्य राहत सामग्रीको प्रारम्भिक परीक्षण गरेपछि मात्रै वितरण गर्ने गरिएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले परीक्षण गर्ने क्रममा भारतबाट आएका एक हजार प्याकेट वैशाली ब्रान्डको पाउरोटी मिति सकिएको अवस्थामा फेला परेको बताए । नेसनल ट्ेरडिङको गोदाममा राखिएका ती पाउरोटी परीक्षणपछि नष्ट गरिएको उनले बताए । ‘वैशाख २२ गते भारतको मुजफ्फरपुरमा उत्पादित राहतका लागि ल्याइएका एक हजार प्याकेट वैशाली ब्रान्डको पाउरोटीको उपभोग्य मिति समाप्त भएकाले नष्ट गरिएको छ,’ महानिर्देशक कर्णले भने । पाउरोटीको उपभोग्य मिति बढीमा चार दिनसम्म हुन्छ । उत्पादन मिति नै उल्लेख नभएको पाउरोटी भारतबाट आउनै तीन दिन लागेका कारण गन्हाएको थियो । पाउरोटी भूकम्पपीडितलाई वितरणका लागि थप तीन–चार दिनसम्म लाग्ने हुँदा नष्ट गरिएको विभागले जनाएको छ । त्यस्तै, भारतबाट आएको परौठामा पनि ढुसी लागेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य निरीक्षण एकाइले बुधबार एक हजार किलो परौठा परीक्षणपछि नष्ट गरेको छ । परौठा परीक्षण गर्दा ढुसी परेको र लेबल नभएको भेटिएको थियो । ती परौठा गोकुल ब्रिड फाउन्डेसन दिल्लीबाट काठमाडौंको कालिकास्थानमा रहेको जनकल्याण प्रतिष्ठानले आयात गरेको थियो । ‘भूकम्पपीडितका लागि दुई संस्थानले परौठा ल्याई वितरण गर्न खोजेको देखिन्छ । तर, ढुसी परेको भेटिएपछि नष्ट गरिएको छ,’ महानिर्देशक कर्णले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE