राष्ट्रपतीय चुनावमा अपेक्षित जित हासिल गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई अर्को ६ वर्ष नेतृत्व गर्ने भएका छन्।
अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई चुनावमा उठ्न रोक लगाइएको थियो। चुनावको प्रारम्भिक नतिजा घोषणा गरिएपछि मस्कोमा एउटा र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले \'विगत केही वर्षयताका उपलब्धिलाई मतदाताहरूले अनुमोदन गरेको\' बताए। फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासा सुनेर पुटिन हाँसे। उनले भने, \"तपाईँहरूले जे भनिरहनुभएको छ त्यो अलिकति ठट्टा भयो। के तपाईँहरूलाई लाग्छ सय वर्षको नहुञ्जेल म पदमै रहिरहन्छु?\" अनि प्रतिप्रश्नको जवाफ उनी आफैँले दिए, \"त्यस्तो होइन।\" जित पहिल्यैदेखि अपेक्षित भए पनि सन् २०१२ मा पुटिनले ल्याएको मतभन्दा अहिले बढी पाएका छन्। त्यतिबेला उनले ६४ प्रतिशत मत ल्याएका थिए। निर्वाचन आयोगका अनुसार पुटिनका निकटतम प्रतिद्वन्द्वी पावल ग्रुडीनिनले अहिलेसम्म करिब १२ प्रतिशत मत ल्याएका छन्। क्रेम्लिनले अपेक्षा गरेको भन्दा कम अर्थात् ६४ प्रतिशत मात्रै मत खसेको थियो। पुटिनको चुनावी अभियान टोलीले उनको जितलाई \'अविश्वसनीय\' भनेको छ। अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने, \"उहाँले प्राप्त गरेको मत प्रतिशत आफैँ बोल्छ। यो जनादेश हो जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई चाहिन्छ र उनले थुप्रै निर्णयहरू गर्नुपर्नेछ ।\"बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: