Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विप्लव लागे बारपाकबाट खोप्लाङतिर

काठमाडौं, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भूकम्प पीडितका लागि खाद्यान्न र लत्ताकपडासहित गोरखाको बारपाक पुगेका छन् । महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेतृ उमा भुजेलसहितको टोली शुक्रबार काठमाडौंबाट बारपाकतर्फ हिँडेको हो । महासविच विप्लव नेतृत्वको टोलीले भूकम्पको केन्द्रविन्दु बारपाकका पीडितका लागि १ सय ५० क्विन्टल चामल, लत्ताकपडा लिएर गएको छ । उक्त टोलीले शुक्रबार अबेर बारपाक पुगेपछि शनिबार बिहानैदेखि प्रभावित क्षेत्रको निरीक्षण गर्दै राहत वितरण कार्य सुरु गरेको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीले बारपाकबाट खबरडबलीलाई बताएअनुसार ११ जना केन्द्रीय सदस्यसहित ६६ जनाको टोलीले शनिबार बिहान महाभूकम्पको केन्द्रबिन्दु बारपाकमा राहत वितरण गर्नुका साथै ३ घन्टा निरीक्षण गर्यो । टोलीले बारपाकमा १ सय ६ बोरा चामल, २५ वटा टेन्ट, ३४ वटा कम्बल, चिउरालगायतका खाद्यसामग्री वितरण गरेको लोहनीले बताए । \"biplab_barpak\"अबका केही दिन बारपाकमै बसेर घरबारविहीन भएकाहरुलाई अस्थायी घरटहरा बनाउन सहयोग गर्नेगरी केन्द्रीय सदस्य सावित्री दुराको नेतृत्वमा ५० जना युवाहरुको टोलीलाई बारपाकमा छाडेर महासचिव, प्रवक्ता र केही केन्द्रीय सदस्यहरुको टोली शनिबार अपराह्न बाबुराम भट्टराईको जन्मस्थल खोप्लाङतर्फ लागेको नेता लोहनीले बताए । ‘हामीसँग रहेका राहत सामग्री बाँड्छौं अनि अस्थायी बसोबासका लागि बासस्थान बनाउन सहयोग गछौं’– प्रवक्ता प्रकाण्डले भने । माओवादीले प्रवक्ता प्रकाण्डकै नेतृत्वमा केन्द्रीय कमान्ड खडा गरेर भूकम्पपीडितका लागि काम गर्दै आइरहेको छ । नेकपा माओवादीले बिहीबार मात्रै भूकम्प प्रभावित १२ जिल्लामा २ सय युवाका २० वटा टोलीहरु खटाएको थियो । अतिप्रभावित जिल्लामा २ वटा र तुलनात्मक रुपले कम प्रभावित जिल्लामा १ टोलीको दरले खटिएको युवादस्ताले भूकम्पपीडित बस्ने अस्थायी घर निर्माणमा सहयोग गरिरहेका छन् । यसअघि विप्लव आफैं काठमाडौंका विभिन्न अस्थायी क्याम्पको सरसफाईमा खटेका थिए र उनले टोलीसहित आफैंले समेत रक्तदान पनि गरेका थिए । नेकपा माओवादीले यसअघि नै केन्द्रीय सदस्यको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा अर्को टोली पनि खटाइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy