Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

डाइबिटिज पाँच प्रकारका, उपचारविधि पनि फरक हुने

\"\"हालसम्म जम्मा दुई प्रकारको मात्र हुने भनी उपचार भइरहेको डाइबिटिज रोगको विभिन्न पाँच प्रकारले वर्गीकरण गर्न सकिने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले बताएका छन् । एक अनुसन्धान परिणामले उक्त रोगको सही निदान गर्न चिकित्सकहरूलाई सघाउ पुग्ने ठानिएको छ । साथै डाइबिटिजका कारण उत्पन्न हुने घातक जटिलताहरूको पनि ठिक ढङ्गले अनुमान गर्न सकिने आशा व्यक्त गरिएको छ । एउटा प्रतिष्ठित मेडिकल जर्नल \'द ल्यानसेट डाइबिटिज एण्ड एन्डोक्राइनोलोजी\' मा प्रकाशित अनुसन्धान नतिजाले वयस्कहरूमा हाल निदान हुने गरेका दुई प्रकारको साटो डाइबिटिज रोगको पाँच विशिष्ट प्रकार हुन सक्ने पत्ता लागेको जनाएको छ । विभिन्न पाँच फरक प्रकारका डाइबिटिजको पहिचान गरिएको बताउने स्वीडेन र फिनल्याण्डका वैज्ञानिकहरूले झण्डै १५ हजार मानिसहरूमा अध्ययन गरेका थिए। र तिनीहरुको रगतको नमुनाको विस्तृत विश्लेषण गरिएको थियो । वैज्ञानिकहरूका अनुसार ती पाँच प्रकारमध्ये प्रत्येकको कारण, जटिलता र उपचार फरक फरक छ । स्क्यान्डिनेभियाका बासिन्दाहरूमा गरिएको उक्त अनुसन्धानले डाइबिटिजबाट पीडित बिरामीहरूलाई तिनीहरुको व्यक्तिगत आवश्यकता र समस्या अनुरूपकै उपचार पद्धति विकास गर्नमा सघाउ पुग्ने अनुसन्धानकर्ताहरूले आशा गरेका छन् । डाइबिटिजका कारण मानिसको शरीरमा रहेको रगतमा चिनीको मात्रा अनियन्त्रतित बन्न पुग्छ । टाइप वान डाइबिटिजलाई अटोइम्युन रोग भनिन्छ भने टाइप टु डाइबिटिज मानिसको खराब जीवनशैलीसँग सम्बन्धित छ । तर यो पछिल्लो अनुसन्धान गरेका वैज्ञानिकहरू भन्छन् डाइबिटिज रोगको अवस्था बारेको चित्र झन् जटिल छ । संसारमा ११ जनामध्ये एकजना वयस्कमा डाइबिटिज रोग देखिएको छ । लण्डनस्थित इम्पिरिअल कलेजमा वरिष्ठ चिकित्सा अनुसन्धान फेलोका रूपमा कार्यरत डा. भिक्टोरिया सलेम भन्छिन् - स्क्यान्डिनेभियाका बिरामीहरूमा गरिएको अनुसन्धानको नतिजा अन्यत्रका विरामीसँग पनि मिल्छ कि मिल्दैन भन्ने स्पष्ट भएको छैन । \"उदाहरणका लागि दक्षिण एशियालीहरूको हकमा त्यस्तो नतिजा मिल्दैन। त्यसैले अबको कदम भनेको अन्य जातीयता भएका मानिसहरूमा यस्तो प्रकारको अनुसन्धान हुनुपर्छ,\" उनी भन्छिन् । अन्तर्राष्ट्रिय डाइबिटिज महासङ्घका अनुसार हाल संसारमा ४२ करोड मानिसहरू डाइबिटिजबाट पीडित रहेको र सन् २०४५ सम्ममा त्यो संख्याले ६२ करोड नाघ्ने अनुमान छ । टाइप वान डाइबिटिज बालककालमा नै निदान हुने गर्छ जसमा मानिसको शरीरले रगतमा चिनीको मात्रा नियमित तुल्याउने हर्मोन इन्सुलिन निर्माण गर्नै सक्दैन । टाइप टु डाइबिटिज भएका विरामीहरुको शरीरले इन्सुलिन उत्पादन त गर्छ तर पर्याप्त मात्रामा होइन। त्यसो हुँदा रगतमा ग्लुकोजको मात्रा बाँकी नै रहन्छ । यस्तो प्रकारको डाइबिटिजको सम्बन्ध चर्को मोटोपनासँग हुन्छ र समयक्रममा त्यसबाट अन्धोपन, मृगौलामा खराबी, मुटु रोग र मस्तिष्काघात समेत हुनपुग्छ । जटिल अवस्थामा बिरामीहरूको हातखुट्टा समेत काट्नु पर्ने हुन सक्छ ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending