Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

राहत सामग्री वितरणमा दोहोरोपन

बनेपा,काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपीडितलाई वितरण हुने त्रिपालको अभाव भइरहेका बेला राहत सामग्री वितरणमा दोहोरोपना देखिएको छ । केही सङ्घसंस्थाले जिल्लामा समन्वय नगरी राहत सामग्री वितरण गरेकाले दोहोरोपना देखिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए ।  उनले त्यस्ता गाविस निश्चित नभए पनि केही गाविसमा त्यस्तो समस्या आएको र पीडितले सबैभन्दा बढी त्रिपालकै माग गरेकाले मागबमोजिम आपूर्ति हुन नसकेको उल्लेख गर्दै जिल्लाका लागि झन्डै ५० हजार त्रिपाल आवश्यक हुने बताए । दैवीप्रकोप राहत उद्धार कोषबाट एक हजार त्रिपाल आएको जानकारी दिँदै  तिम्सिनाले काभ्रेपलाञ्चोकमा विभिन्न सङ्घसंस्थाबाट प्राप्तसहित अहिलेसम्म १० हजार त्रिपाल वितरण गरिएको जानकारी दिए । \'थोरै थोरै पुग्ने गरी सबै गाविसमा पुर्याइसकेका छौँ \'–उनले भने । जिल्लाको महाभारत शृङ्खलाको डाँडापारिका अधिकांश गाविसमा अहिलेसम्म पनि राहत सामग्री नपुगेकाले हेलिकोप्टरबाट पुर्याउने कार्य जारी रहेको  तिम्सिनाले बताए । जिल्लामा करिब ३० हजार घर पूर्ण रुपमा क्षति भएको र १८ हजार ५०० घर आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । यहाँ अहिलेसम्म ३१८ को मृत्यु भएको तथा करिब ९०० को हाराहारीमा घाइते भएका छन् । यसैबीच काभ्रेपलाञ्चोकमा मृतकका परिवारलाई आर्थिक सहयोगस्वरुप एक करोड २२ लाख ८० हजार वितरण भएको छ । जिल्लामा ३०७ परिवारलाई ४० हजारका दरले पाँच नगरपालिका र अन्य केही गाविसमा सो रकम वितरण भएको सहायक प्रजिअ अर्जुन गुरागाईँले बताए  । \'अन्य गाविसमा पनि पुर्याउन प्रयास भइरहेको छ\'–उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE