Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राहत सामग्री वितरणमा दोहोरोपन

बनेपा,काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपीडितलाई वितरण हुने त्रिपालको अभाव भइरहेका बेला राहत सामग्री वितरणमा दोहोरोपना देखिएको छ । केही सङ्घसंस्थाले जिल्लामा समन्वय नगरी राहत सामग्री वितरण गरेकाले दोहोरोपना देखिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताए ।  उनले त्यस्ता गाविस निश्चित नभए पनि केही गाविसमा त्यस्तो समस्या आएको र पीडितले सबैभन्दा बढी त्रिपालकै माग गरेकाले मागबमोजिम आपूर्ति हुन नसकेको उल्लेख गर्दै जिल्लाका लागि झन्डै ५० हजार त्रिपाल आवश्यक हुने बताए । दैवीप्रकोप राहत उद्धार कोषबाट एक हजार त्रिपाल आएको जानकारी दिँदै  तिम्सिनाले काभ्रेपलाञ्चोकमा विभिन्न सङ्घसंस्थाबाट प्राप्तसहित अहिलेसम्म १० हजार त्रिपाल वितरण गरिएको जानकारी दिए । \'थोरै थोरै पुग्ने गरी सबै गाविसमा पुर्याइसकेका छौँ \'–उनले भने । जिल्लाको महाभारत शृङ्खलाको डाँडापारिका अधिकांश गाविसमा अहिलेसम्म पनि राहत सामग्री नपुगेकाले हेलिकोप्टरबाट पुर्याउने कार्य जारी रहेको  तिम्सिनाले बताए । जिल्लामा करिब ३० हजार घर पूर्ण रुपमा क्षति भएको र १८ हजार ५०० घर आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । यहाँ अहिलेसम्म ३१८ को मृत्यु भएको तथा करिब ९०० को हाराहारीमा घाइते भएका छन् । यसैबीच काभ्रेपलाञ्चोकमा मृतकका परिवारलाई आर्थिक सहयोगस्वरुप एक करोड २२ लाख ८० हजार वितरण भएको छ । जिल्लामा ३०७ परिवारलाई ४० हजारका दरले पाँच नगरपालिका र अन्य केही गाविसमा सो रकम वितरण भएको सहायक प्रजिअ अर्जुन गुरागाईँले बताए  । \'अन्य गाविसमा पनि पुर्याउन प्रयास भइरहेको छ\'–उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy